रिघामा भेटिएका अपरिचत व्यक्तिको उद्धार
गलकोट,६ बैशाख
पाण्डबखानी अनलाइन खबर
गलकोट नगरपालिका वडा नं ११ रिघामा अलपत्र अवस्थामा भेटिएका व्यक्तिको आज उद्धार गरिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को सक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनको समयमा भेटिएका कृष्ण कुमार पोखरेल दोलखा चरिकोट घर बताउने करिब ६०र६५ वर्षका व्यक्तिलाई आज गलकोट नगरपालिका, गलकोट उधोग वाणिज्य संघ र विभिन्न स्वास्थ्यकर्मीहरुको टोलीले उद्धार गरि धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचारको लागि पठाएको छ ।
केहि अघि गलकोट नगरपालिका वडा नं ११ रिघाको काउछे प्रतिक्षालयमा अशक्त अवस्थामा भेटिएका उनलाई स्वास्थ्यकर्मीहरुले चेकजाँच गरि बागलुङ धौलागिरी अञ्चल अस्पतालमा पठाइएको गलकोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचाले बताउनुभयो । शारिरिक अवस्था कमजोर दुवै खुट्टाको औला कुहिएर झरिसकेको र खुट्टामा घाँउ भएकोले यताउता हिडडुल गर्न नसक्ने अवस्थामा रहेको उनको स्वास्थ्यकर्मीहरुको टोलीले चेकजाँच समेत गरेको थियो ।
चेकजाँचको क्रममा उनलाई सामान्य औषधि उपचार गरि खानेकुरा खुवाई लत्ताकपडा समेत फेरेर पठाइएको गलकोट उधोग वाणिज्य संघका अध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।कोरोना भाइरस कोभिड १९ को संक्रमण बागलुङमा समेत देखा परेको अवस्थामा गाँउमा अपरिचित व्यक्ति अशक्त र अलपत्र अवस्थामा देखा पर्दा स्थानिय समेत त्रसित भएका थिए । सुरुमा गलकोट नगरपालिका वडा नं ११ कै रिघाको विभिन्न गाँउमा मागेर खाने गरेका उनलाई स्थानियले केहि दिन पछि काउछेको प्रतिक्षालयमा देखेका थिए ।
No comments:
Post a Comment