गलकोट नगरपालिकाले राहातको समिक्षा गर्यो
गलकोट नगरपालिका नगरकार्यपालिकाको बैठक सम्पन्न भएको छ ।

बैठकले गलकोट नगरपालिकाका विभिन्न वडामा वितरण गरेको राहातको समिक्षा गरेको छ । हाल सम्म गलकोट नगरपालिकाबाट वडा नं १ मा ७५, वडा नं २ मा ९४, वडा नं ३ मा ३ सय ३०, वडा नं ४ मा ९६, वडा नं ५ मा १ सय ५०, वडा नं ६ मा १ सय ४१ वडा नं ७ मा १ सय ७४, वडा नं ८ मा १ सय २०, वडा नं ९ मा १ सय ७१, वडा नं १० मा १ सय ४०, वडा नं ११ मा १ सय ५० विपन्न परिवारलाई राहात वितरण गरिसकेको जानकारी गराइएको थियो ।
गलकोट नगरपालिकामा १ सय २८ जनामा यापिड टेस्ट गरिएकोमा सम्पुर्ण रिर्पोट नेगेटिभ आएकोले नआतिई स्वास्थ्य सेवालाई थप व्यवस्थित बनाउने निर्णय गरिएको छ । गलकोट नगरपालिकामा अहिले सम्म २३ शैयाको विभिन्न ठाँउमा क्वारेन्टाइन निर्माण गरिएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो ।
बैठकले कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनलाई प्रभावकारी बनाउने, गलकोटमा समेत कोरोना भाइरसको उच्च जोखिम भएकोले गलकोट नगरपालिका छिर्ने मुख्य नाका गलकोट नगरपालिका वडा नं १ को चौराहामा हेल्थ डेक्स स्थापना गरि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी परिचालन गर्ने, स्वास्थ्य संग सम्बन्धित मार्गनिर्देशिका तयार गर्ने, गलकोट नगरपालिका वडा नं ८ र मुसिकोट नगरपालिकाको सिमाना काँडेबासमा चेकपोष्ट सञ्चालन गर्ने लगायतका निर्णय गरेको नगरप्रमुख गैरेको भनाई छ । नगरपालिकाले एकद्धार प्रणाली मार्फत राहात वितरण गर्दै गर्दा विभिन्न सामाजिक संस्थाले राहात सहयोग तथा सहजीकरण गरेकोले सबै संघ संस्था प्रति आभार व्यक्त गर्ने निर्णय गरेको गलकोट नगरपालिकाका प्रशासकिय अधिकृत तुल बहादुर बि.कले जानकारी दिनुभयो ।
नगरपालिकाले कोरोना भाइरस रोकथामका लागि सञ्चालनमा ल्याएको नगरप्रमुख दैवी प्रकोप राहात कोषमा सहयोग गर्ने गलकोट बहुउदेश्यि सहकारी संस्था, सयपत्रि बहुउदेश्यि सहकारी संस्था र गलकोट नगरपालिका वडा नं ९ का वडा अध्यक्ष तेज बहादुर थापालाई हार्दिक आभार व्यक्त गर्दै नगरपालिकाको दैवी प्रकोप राहात कोषमा सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको गलकोट नगरपालिकाका नगरउपप्रमुख रेनुका काउचाले जानकारी दिनुभयो ।
नगरपालिकाले कोरोना भाइरस कोभिड १९ बाट बच्न सचेत रहि घरमै बस्न आग्रह गरेको छ । नगरपालिकाले घरमा बस्दै गर्दा स्वास्थ्यमा सामान्य समस्या आएमा गलकोट नरपालिकाले सञ्चालन गरेको हेलो डाक्टर कार्यक्रममा सहभागि हुन आग्रह समेत गरेको छ ।
बैठक गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षता र प्रमुख प्रशासकिय अधिकृत शिशिर पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
No comments:
Post a Comment