पाण्डबखानीमा विपन्न घरपरिवारलाई राहत वितरण गर्ने तयारी वडा कार्यलय
गलकोट,२७ चैत
सुरेश छन्त्याल
गलकोट नगरपालिका १० पाण्डबखानीमा बसेको भेलाले विश्वव्यापी माहामारीरुपमा फैलिरहेको कोरोना भाईरस कोविड १९ कारण लकडाउन भएको अवस्थामा विपतमा परेको आपतकालिन कोष स्थापना गर्ने, पाण्डबखानीमा रहेको सप्तरङ्गी बचत तथा श्रृण सहकारीमा खाता संचालन गर्ने, विपन्न परिवारलाई राहत वितरण गर्ने साथमा राहत वितरण गर्नका दार्ता संकलन कार्य आज सम्पन्न भएको छ । राहत वडा कार्यालय मार्फत वितरण गर्ने वडा अध्यक्ष तिलक घर्तिले जानकारी दिनुभयो । त्यस्तै पाण्डबखानी बहिरबाट आएका १० घरपरिवार क्वारेन्टनमा बसेका छन् । भने विशेषगरी स्वास्थकर्मीहरुलाई जोखिमपूर्ण हुने भएकोले स्वास्थ चौकी आउदा साबुन पानीले राम्री हात दुने व्यवस्था रहेको छ । जुनसुकै विरामी आएपनि चेकजार्च गरेका छौ स्वास्थ चौकीका ईन्चार्ज रत्ना सुनारले जानकारी दिनुभयो । साहि कार्यक्रममा पूर्व सभासद निरज पुन, वडा अध्यक्ष तिलक घर्ति, वडा सदस्य, समाजसेवी मानसिह छन्त्याल, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
No comments:
Post a Comment