Monday, March 30, 2020
लकडाउन अवधिभर इन्टरनेटमा २५ प्रतिशत छुट दिन सरकारको निर्देशन
गलकोट,१७ चैत
पाण्डबखानी अनलाईन खबर
लकडाउन अवधिभर इन्टरनेट र भ्वाइस सेवामा २५ प्रतिशत छुट दिन सरकारले टेलिकम सेवा प्रदायकलाई निर्देशन दिएको छ । यस्तै निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले पनि यस्तो छुट सुविधा दिनुपर्ने सरकारका प्रवक्ता तथा अर्थ मन्त्री युवराज खतिवडाले जानकारी दिए । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
लकडाउन २५ गते मध्यरातिसम्म गर्ने सरकारको निर्णय
गलकोट,१७ चैत
पाण्डबखानी अनलाईन खबर
सरकारले सीमा नाकाबाट आवागमन रोक्ने र लकडाउन २५ गते मध्यरातिसम्म गर्ने भएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले देशव्यापी लकडाउनको अवधि ८ दिन बढाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचनाप्रविधि मन्त्री युवराज खतिवडा जानकारी दिए । यसअघि सरकारले चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो। तर, कोरोना भाइरस ९कोभिड १९० संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउनको अवधि थपेको हो। यस्तै बैठकले ज्यालादारी मजदुरी गर्ने निम्न आए भएका नागरिकका लागि राहतको प्याकेज पनि पारित गरेको छ। कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार अपराह्न बसेको बैठकले लकडाउनको अवधि बढाउन सरकारलाई सिफारिस गरेको थियो। औपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरुको पारिश्रमिक रोजगारदाताले नै उपलब्ध गराउनु पर्ने निर्णय पनि बैठकले गरेको छ। पूर्णरुपमा बन्द भएका पर्यटन क्षेत्रसँग सम्बन्धित प्रतिष्ठानले आफ्नो दैनिक वा महिनावारी ज्यालादारीमा कार्यरत क्षेत्रले आफ्नो दैनिक ०७६ चैत्र महिनासम्मको भुक्तानी दिनुपर्ने पनि बैठकले निर्णय गरेको प्रवक्ता खतिवडाले जानकारी दिए।
Sunday, March 29, 2020
विभिन्न स्थानमा नाका बन्द,अनआवश्यक बाहेक बाहिर ननिस्कन...वडा अध्यक्ष घर्ति को अनुरोध
Saturday, March 28, 2020
विदेशबाट आउने गल्कोटबासीको विवरण संकलन : कडा निगरानीमा राख्न जरुरी !
गलकाेट,१५ चैत
पाण्डबखानी अनलाइन खबर
कोरोनाको सम्भावित जोखिमलाई ध्यानमा राखी गल्कोट नगरपालिकाले विदेशबाट आएका नागारिकहरुको विवरण संकलन गरेको छ । गल्कोट नगरपालिकाका जनप्रतिनिधीहरु, नगरपालिका भित्ररहेका सम्पूर्ण स्वास्थ्य चौकीहरुमा कार्यरत ५० जना स्वास्थ्यकर्मीहरु, १२७ जना महिला स्वयं सेविकाहरुको अथक प्रयासबाट गल्कोट नगरपालिका भित्र आएका व्यक्तिहरुको विवरण संकलन गरिएको हो ।
नगरपालिकाका प्रत्यक वडाहरुमा विदेशबाट आएका नागरिकहरुको पहिचान सहितको तथ्यांक संकलन गरिएको उपप्रमुख रेणुका काउचा मगरले ईबागलुङलाई जानकारी दिईन् । उपप्रमुख काउचामगरका अनुसार विश्वमा कोरोना भाईरसको संक्रमण बढ्दै गएपछी रोजगारीका लागी गल्कोट नगरपालिकाबाट भारत लगायत विभिन्न मुलुकहरुमा गएका १२८ जना गल्कोटबासीहरु घरमा फर्किएका छन् । उनले भनिन्, एक डेढ हप्ता यता गल्कोटमा आउनेमा भारतबाट सर्वाधिक ९२ जना, जापानबाट १९, कतारबाट ३ दुबईबाट ९, डेनमार्क, साउदी अरब, थाईल्याण्ड, हङकङ अमेरिकाबाट एकएक जना गल्कोट नगरपालिकामा आएको तथ्यांकले देखाएको छ ।
यसरी घर फर्किएकाहरुमा कोरोना संक्रमणको उच्च जोखिम रहेकाले अनिर्वार्यरुमा १५ दिन होम क्वारेन्टाईनमा बस्न भनिएको स्वाथ्य शाखाको प्रमुख मीनराज गैरेले बताए ।
विदेशबाट फर्किएकाहरुको स्वास्थ्य अवस्थाबारे निरन्तर सूचना संकलन भैरहेको ५, कतिपय व्यक्तिहरु सेल्फ क्वारेन्टाईनमा नबसी निर्बाध घुमफिर भेटघाट गर्दै हिँड्ने गरेकाले उनिहरुको कडाईका साथ निगरानी गर्नु पर्ने अवस्था आएको शाखा प्रमुख गैरेले ईबागलुङलाई बताए।
कोरोना संक्रमण पुष्टि भएकी युवती घरमै
गलकाेट, १५ चैत
पाण्डबखानी अनलाइन खबर
बेल्जियमबाट बागलुङ आएकी कोरोना पुष्टि भएकी युवती घरमै रहेकी छिन ।उनी बागलुङ नगरपालिका वडा नं ४ कुँडुले छाप गाउँमा आफनै घर रहेकी छिन । बेल्जियमबाट चैत्र ४ गते कतार एयरवेजको क्युआर ६५२ विमानबाट युवती नेपाल आएकी थिइन ।१९ वर्षिय युवतीको धौलागिरी अंचल अस्पतालमा नमुना संकलन गरिएको थियो ।
नमुना संकलनपछि उनीमा कारोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।उनीलाई उपचारको लागि कहाँ लैजाने भन्ने े विषयमा बागलुङको प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा आकस्मिक बैठक बसि रहेको छ ।
Friday, March 27, 2020
प्रहरी टाेलि सहित जनप्रतिनिधि घर दैलाे कार्यक्रम ।
Thursday, March 26, 2020
उल्का खसेको ? केहि समय अगाडीको दृश्य आकाशमा
पाण्डबखानीमा कोरोना सम्बन्धि माइकिङ्ग कार्यक्रम
गलकोट, १३ चैत्र
सुरेश छन्त्याल
गलकोट नगरपालिका १० पाण्डबखानीमा कोरोना सम्बन्धि माइकिङ्ग कार्यक्रम सम्पन्न भएको छ । हाल विश्वव्यापी रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस अर्थात कोभिड–१९ बारे सचेतना जगाउन गलकोट नगरपालिका १० वडा कार्यालय पाण्डबखानी र पाण्डबखानी अनलाइन खबरले माईकिङ कार्यक्रम सञ्चालन गरेको छ । बिभिन्न मिडिया तथा सञ्चार माध्यमहरु बाट सूचनाहरु प्रकाशित एवं प्रशारण भइरहेता पनि यसलाई प्रभावकारी बनाउन माईकिङनै गर्नुपर्ने अवस्था रहेको वडा अध्यक्ष तिलक घर्ती बताउनु भयो । नोबेल कोरोना भाईरस तथा कोभिड–१९ को बिषयमा आम नागरिकहरुलाई सचेतना जगाउन वडा कार्यालय र पाण्डबखानी अनलाइन खबरले आम सर्बसाधरण माझमा माईकिङ कार्यक्रम सञ्चालन गरेको छ ।
Wednesday, March 25, 2020
विदेशबाट आएकाहरु गाउँ घर तिर निर्बाध घुमडुल गर्न थालेपछि स्थानीय आतंकित:
Tuesday, March 24, 2020
पाण्डबखानीमा पनि लकडाउन गरियो ।
Monday, March 23, 2020
कोरोना भाइरसको प्रभाव गलकोटमा पनि
फ्रान्सबाट नेपाल आएकी युवतीमा कोरोना देखियो
बागलुङ, १० चैत
पाण्डबखानी अनलाइन खबर
फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएका एक जनामा कोरोना देखिएको छ। स्वास्थ्य मन्त्रालयले आकस्मिकरुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना देखिएको बताए। १९ वर्षिय ति युवतीको नाम गोप्य राखिएको छ। उनको टेकु अस्पतालमा उपचार भइरहेको छ। यस अघि चीनबाट नेपाल आएका एक युवामा कोरना देखिएको थियो। उनी निको भएर घर फर्किसकेका छन्। कोरोना संक्रमित ति युवतिको अवस्था समान्य रहेको टेकु अस्पतालका निर्देशक डा. सागरराज शर्माले बताए। उनीसँग नेपाल आएकाहरु को को थिए स्वस्थ्य मन्त्रालयले खोजि सुरु गरेको छ।
Saturday, March 21, 2020
यी हुन् नेपाल टेलिकमको नम्बरमा सम्पर्क गर्दा कोरोना सम्बन्धि सूचना दिने महिला
यी हुन् नेपाल टेलिकमको नम्बरमा सम्पर्क गर्दा कोरोना सम्बन्धि सूचना दिने महिला
बागलुङ,९ चैत
सुरेश छन्त्याल
नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमणको सतर्कताका लागि रिंगब्याक टोनमा सचेतना सन्देश दिन थालेको छ ।
कुनै पनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्ने सहितको सन्देश दिन थालिएको हो ।
पटक–पटक सावुनपानीले हात धुन, व्यक्तिहरुसँग सामाजिक दूरी कायम गर्न सन्देशमा भनिएको छ ।
टेलिकमले कोरोनाबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका जानकारीसहितको रिंगब्याक टोन राखेको हो ।
फोन नउठ्दासम्म यस्तो सन्देशसहितको सचेतना ब्याक टोन बज्छ ।
सन्देशमा नेपाल टेलिभिजनमा कार्यरत पत्रकार अनिता बिन्दुले टेलिकमको सचेतनामूलक सन्देशमा आवाज दिएकी छिन् ।
प्रत्येक पटक फोन गर्दा कोरोनाबाट बच्ने उपाय सम्झाउने अभियानमा जोडिन पाउँदा उनले खुसी प्रकट गरिन् । टेलिकमको यो अभियान अहिले निकै प्रभावकारी मानिएको छ ।
यद्यपी टेलिकमको यो सन्देशमा स्वास्थ्य मन्त्रालयले थप अद्यावधिक गर्नुपर्ने देखिएको स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् ।
कोरोना सर्तकताको लागि गलकोट नगरपालिकामा आकस्मीक बैठक सम्पन्न
कोरोना सर्तकताको लागि गलकोट नगरपालिकामा आकस्मीक बैठक सम्पन्न
बैठकको अबसरमा बोल्दै गलकोट नगरपालिकाका नगर प्रमुख भरतशर्मा गैरेले नेपाल सरकारको निणय लाई पुर्ण कार्यान्वयन गर्नु स्थानिय सरकारको महत्वपुर्ण जिम्मेबारी रहेको बताउदैं कोरोनाको जोखिम कम गर्नको लागी जनचेतना फैलाउने कार्यक्रममा कर्मचारी जनप्रतिपनिधीहरुले आजदेखी नै पुर्ण कार्यान्वयन गनुपर्ने बताउनुभयो ।
आकस्मीक बैठकले गलकोट नगरपािलकाकाका ३ ओटा स्थान प्राथमिक स्वास्थ्य केन्द्र हरिचौर, हटिया जिपपार्क र नगरपालिका कार्यालयमा हेल्थ डेक्स स्वास्थ्य परामर्श कक्षको स्थापना गर्ने निणय गरेको गलकोट नगरपालकाका प्रमुख प्रसासकिय अधिकृत शिशिर पौडेलले बताउनुभयो । बंठकले गलकोट नगरपालिकाको बजार क्षेत्र सहित वडा तथा गाँउटोलमा अत्यावश्यक नभइ घरबाहिर नजान र १० जनाभन्दा धेरै भेला नहुन आग्रह गरेको हो ।
त्यस्तै बजार क्षेत्र, आमा समुह, क्लब, लगाएतका बिभिन्न संघ समितिको बैठक, भेला, छलफल, तथा कार्यक्रमहरु नगर्न आग्रह गदैं भिड हुन नदिने निर्णय गरेको हो ।
बैठकले सगलकोट नगरपालिकाको मुख्य मुख्य प्रवेशस्थलहरु र गलकोट नगरपालिकामा सिमा जोडिएका छिमेकी पालिकाहर काठेखोला, ताराखोला, बडिगाढ, बरेङ र मुसीकोटा नगरपालिकाका सिमा प्रबेश क्षेत्रमा सामान्य स्वस्थ्य परिक्षणको लागी आवश्यक सबै उपकरणहरु ब्यबस्थापन गर्ने, गलकोट क्षेत्रमा रहेका स्वास्थ्य सस्थामा कोरोना परिक्षणको लागी आवश्यक सुरक्षित सामाग्रीहरु प्रदेश सरकार, केन्द्र सरकारसंग माग गर्ने र अन्य तयारी पुरा गर्ने संचार माध्ययम, यायातयातका साधान लगाएतबाट कोरोनाको लक्षण तथा रोकथामका उपायहरु बारे जनचेतना फैलाउने, स्वास्थ्य सस्थाहरुलाई समयानुकुल सुरक्षित र ब्यबस्थीत गर्ने निणय गरेको सुचना अधिकारी तुल बहादुर बिकको भनाई छ ।
गलकोट प्राथमिक स्वास्थ्य केन्द्रको प्रमुख डाक्टर अरुण गौतमको सयोजकत्वमा र्यापिड रेस्पोन्स टिमको समेत गठन गरिएको छ । उत्त समितिमा मिनराज गैरे, जिवन नेपाली, बिष्णु काउचा, दुर्गा थापा, मनोज पुन र चित्र बहादुर श्रीस रहनुभएको छ । आकस्मीक बैठकमा बजार अनुगमन, कालोबजारी नियन्त्रण जस्ता बिषयमा गलकोट उद्योग बाणिज्य संग संग सहकार्य गदैं पअनुगमनलाई प्रभाबकारी बनाउने, सम्भाबित जोखिम देखीएको अबस्थामा तत्कालै आईसोलेशन कक्षको स्थापना गर्ने समेत निणय गरेको अधिकृत बिकले जनाकारि दिनुभयो ।
सरकारले १ सय डिग्रि फरेनहाईट भन्दा बढि ज्योरो आउने, स्वास फेर्न गाह्रो हुनु र खोकी लाग्ने जस्ता लक्षण देखीएमा नोवेल कोरोना भाईरस कोभिड १९ संक्रमण हुने भएकोले नियमित रुपमा साबुन पानीले हात धुने, खोक्दा हाच्छुय् गर्दा नाक र मुख छोप्ने, ज्वरो सहितको खोकीको लक्षण देखीएमा स्वास्थ्य कर्मी संग परामर्श लिने, जोकोहीको सम्पर्कबाट टाढा रहने, जंगलि तथा घरपालुवा पशुपक्षिको असुरक्षित सम्पर्कबाट टारा रहने, माछा मासु तथा अण्डा राम्रो संग पकाएर खाने गरेमा कोरोनाको संक्रमणबाट बच्न सकिने भएकोले गलकोट नगरपािलकाका सबै नगरबासिले स्वस्थ रहने उपाय अपनाउन आग्रह गनेृ निणय गरेको हो । बैठकमा कोरोना रोगको संक्रमण रोकथामको लागी गलकोट नगरपालिकाको तयारी, स्वास्थ्य सस्थाको अबस्था, प्रदेश र केन्द्र सरकारको आग्रह बारे स्वास्थ्य सयोजक मिनराज गैरेले जनकारि गराउनुभएको थियो ।
कार्यपालिका सदस्यहरु, उद्योग बाणिज्य संघ, समाजिक सघ सस्थाका प्रमुख तथा प्रतिनिधी, नगरपालिकाका बिभिन्न शाखाका प्रमुख तथा प्रतिनधी तथा पत्रकार लगाएतको सहभागितामा सञ्चालन गरिएको आकस्मीक बैठक गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
पाण्डबखानीमा १० दिने उद्यमशीलता विकास तालिम सम्पन्न ।
गलकाेट, ८ चैत
सुरेश छन्त्याल
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा १० दिने उद्यमशीलता विकास तालिम अाज सम्पन्न भएको छ । घरेलु तथा साना उद्याेग कार्यालय बागलुङको अायाेजनामा भएको तालिममा स्थानीय स्तरमा रहेका कच्चापदार्थकाे सदुपयोग गरि आत्मनिर्भर हुन, म काे हु भनी आत्म विश्लेषण गरि अात्मा विकास गर्न, अाफु श्रृजनसिल हुने विषयबस्तुमा प्रकास पारिएकाे थियाे। तालिम १० दिन भनिए पनि काेराना भाइरसका कारण ७ दिनमा नै सबै विषयबस्तु सकिएकाे सहजकर्ता हेमा थापाले जानकारी दिनुभएको थियाे। तालिम समापन कार्यक्रममा वडा अध्यक्ष तिलक घर्ती गलकाेट नगरपालिका नगर सभा सदस्य राधिका पुन, वडा सदस्य रामप्रसाद वि.क लगाएतकाे सहभागीता रहेकाे थियाे।
Friday, March 20, 2020
घुयुप द्वारा विपन्न १२ घर परिवारलाई विद्युत मिटर बक्स उपलब्ध ।
Thursday, March 19, 2020
नेपाल टेलिकमको रिङ्ग–ब्याक टोनमा कोरोना रोकथामको सन्देश !
बागलुङ, ६ चैत
सुरेश छन्त्याल
नेपाल टेलिकमले रिङ्ग–ब्याक टोनमा कोरोना भाइरस (काेभिड–१९) रोकथामको सन्देश बजाउन थालेको छ । नेपाल टेलिकमका प्रिपेड, पोस्ट पेड र ल्याण्डलाइनमा फोन गर्दा कोरोना भाइरसको लक्षण, रोकथाम र पूर्वतयारीबारे जानकारी सुन्न सकिन्छ । सामाजिक उत्तरदायित्व अनुसार कोरोनाको सङ्क्रमणबाट बच्न रिङ्ग–ब्याक टोनमार्फत जनचेतना फैलाइएको टेलिकमले जनाएको छ । याे सन्देश सुन्नका लागि ३२१०० मा निःशुल्क फाेन गर्न सकिन्छ ।
Wednesday, March 18, 2020
एसईई परीक्षा स्थगित
बागलुङ, ५ चैत फागुन
सुरेश छन्त्याल
चैत ६ गते देखि सन्चालन हुन गैरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ । आजै अपरान्ह बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले एसई परीक्षा स्थगित नगर्ने निर्णय गरेको थियो भने सबै परीक्षा केन्द्रहरुमा हेल्थ डेस्क राख्ने बताएको थियो । तर त्यस्को लगत्तै परीक्षा स्थगित गर्ने सरकारले निर्णय गरेको हो ।
भोलि देखी सन्चालन हुने एसईई परीक्षामा मुलुकभर ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी हुदै थिए भने बागलुङ जिल्लाबाट माध्यमिक शिक्षा परीक्षामा निजी तथा सामुदायिक बिद्यालयका ५ हजार १ सय ७८ परीक्षार्थीले परीक्षा दिदै थिए । स्थगित परीक्षा अब कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन ।
Tuesday, March 17, 2020
रिघामा अपांगता भएका व्याक्तिहरुकाे सञ्जाल गठन
गलकाेट, ४ चैत
सुरेश छन्त्याल
बागलुङको गलकाेट नगरपालिका ११ रिघा वडा कार्यालयमा अपांगता भएका व्यक्तिहरुकाे सञ्जाल गठन गरिएको छ। नरबहादुर सुनारकाे अध्यक्षतामा अपांगता सञ्जाल गलकाेट नगरका प्रधिनिति सुरेश छन्त्याल, गलकाेट नगरपालिका ११ रिघा का वडा डम्बर श्रीस र वडा सचिव दिलबहादुर श्रीसकाे विशेष उपस्थितिमा समिति गठन गरिएको हाे । जसमा अध्यक्ष नरबहादुर सुनार, उपाध्यक्ष कृष्ण बहादुर थापा, सचिव रामबहादुर राना, काेषाध्यक्ष बेलमाया राना, सदस्य तिलबहादुर पुन गरि ९ कार्य समिति गठन भएको छ। उक्त गठन पछि अपांग सञ्जाल गलकाेट नगरका प्रधिनिति सुरेश छन्त्यालले अपांग भएका व्याक्तिलाइ समाजले हेर्ने दृष्टिकोण फरक भएको भन्दै अपांगता भनेकाे के हाे हुनि कस्ताखालका व्याक्तिलाइ अपांगता भनिन्छ, उनिहरुकाे हुन भन्ने विषयमा प्रकाश पार्नुभएकाे थियाे। नया कार्यसमितिकाे पहिलो बैठन यहि चैत १५ गते बस्ने निर्णय भएको छ।
Sunday, March 15, 2020
आइतबार राति कास्कीमा भूकम्प गयाे।
बागलुङ ,२ चैत
पाण्डबखानी अनलाइन खबर
आइतबार राति ८: ४५ बजे कास्कीकाे लुम्ले क्षेत्रमा केन्द्रविन्दू भएर भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ। केन्द्रका अनुसार ५ म्याग्नि-च्युडको भूकम्प गएकाे हाे।
कास्कीमा भूकम्प जाँदा त्यसकाे धक्का काठमाडाैँमा पनि महसुस गरिएकाे थियाे।
कास्कीमा भूकम्प जाँदा पोखराका स्थानीय घरघर निस्केका थिए। लुम्ले केन्द्रबिन्दु भएको हुँदा सो क्षेत्रका स्थानीयले ठूलो धम्का महसुस भएको र घर हल्लिएको बताएका छन्।
भूकम्पको केन्द्रविन्दू रहेको भनिएको लुम्ले क्षेत्रमा हालसम्म कुनै क्षति भएको विवरण छैन।
यसअघि गत पुस १७ गते कास्कीको घाचोकलाई केन्द्रबिन्दु बनाएर ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो ।
यश वर्षकाे एसइई परीक्षा सर्न सक्ने
यश वर्षकाे एसइई परीक्षा सर्न सक्ने
यस वर्षको कक्षा १० को एसइई परीक्षा सर्न सक्ने भएको छ। चैत ६ गतेबाट सुरु हुने भनिएको परीक्षा कोरोनाभाइरस संक्रमण जोखिमका कारण सर्न सक्ने भएको हो।
आइतबार राष्ट्रिय सभामा बोल्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाभाइरस संक्रमणको जोखिमका कारण परीक्षा सर्न सक्ने बताएका हुन्। ‘दुईतीन दिन महामारीको अवस्था हेरेर नयाँ तालिका बनाउनेरनबनाउने कुरा टुंगो लाग्छ,’ उनले भने।
कोरोनाभाइरसको संक्रमण देखिए परीक्षा नै स्थगित गर्नुपर्ने भन्दै मन्त्री ढकालले तर त्यसको लागि समय हेरेर निर्णय लिनुपर्ने भएको बताए।
उनले अहिले १ सय ७० वटा आइसियू सञ्चालनमा रहेकोमा काठमाडौंभित्र १ सय २० र बाहिर १ सय १५ वटा आइसियू विस्तार गर्न सरकार जुटेको जनाए।
उनले सरकारले आयोजना गर्न लागेको सगरमाथा संवाद पनि स्थगित भएको भन्दै सकेसम्म धेरै भीडभाड हुने कार्यक्रममा सहभागी नहुन आग्रह गरेका छन्।
अब सिमकार्ड बिनै मोबाइलबाट फोन गर्न सकिने
अब सिमकार्ड बिनै मोबाइलबाट फोन गर्न सकिने
अब मोबाइल फोनका कुरा गर्न सिम कार्डको आवश्यकता नपर्ने भएको छ। किनभने अब यस्तो प्रविधिको विकास हुँदैछ, जसको प्रयोगबाट मोबाइल फोनमा कुरा गर्न सिम कार्डको आवश्यकता पर्दैन।यो प्रविधिको इन्टरनेट टेलिफोनी हो। इन्टरनेट टेलिफोनी प्रविधिमार्फत इन्टरनेट प्रयोग गर्दै कलिङ एपबाट सिधा कल गर्न सकिने छ। यसरी फोन गर्दा मोबाइलमा कुनै सिमकार्डको आवश्यकता पर्दैन।
नत सिग्नलको नै आवश्यकता पर्छ। यो भारतको समाचार हो।टेलिकम रेगुलेटर ट्राईले सरकारसँग इन्टरनेट टेलिफोनी प्रविधिलाई सहमति दिन सिफारिस गरेको छ। सरकारकातर्फबाट सहमति दिने वित्तिकै कलिङ एपमार्फत वाइफाइको सहयोगमा मोबाइल या ल्याण्डलाइन नम्बरमा फोन गर्न सकिन्छ। उदाहारणकालागि तपाइँसँग एउटा मोबाइल फोन छ।
त्यो फोनमा सिम कार्ड छैन तर तपाइँलाई फोन गर्नुपर्ने आवश्यकता छ भने वाइफाइको सहयोगमा कुनै पनि कम्पनीको कलिङ एप डाउनलोड गरेर कुनै पनि मोबाइल वा ल्याण्डलाइनमा फोन गर्न सक्नुहुन्छ।यदि तपाइँको घरमा मोबाइलको संकेत आउँदैन । तर तपाइँको घरका वायरलेस ब्राण्डब्याण्ड डिभाइस छ भने तपाइँ कलिङ एपमार्फत वायस कल गर्न सक्नुहुन्छ। जियसनेपाल न्युज बाट ।
यो पनि पढ्नुहोस प्रत्येक व्यक्तिको जीवन केही न केही समस्याले घेरिएको हुन्छ । यही समस्याका कारण धेरै मानिसहरुमा निराशा र छटपटी चलिरहेको हुन्छ । बिस्तारै यी समस्याहरुलाई चिरेर अघि बढ्छ मान्छे । कोही मान्छेहरु मानसिक रुपमा आइपरेका समस्याहरुमाथि प्रभुत्व जमाएर अघिबढ्छ भने त्यो मान्छे सफलताको बाटोमा लाग्छ ।
जसले ती समस्याहरुलाई जित्न सक्दैनन् ती व्यक्तिहरु डिप्रेसनमा जान्छन् । डिप्रेसनमा जाने समस्याको एउटा प्रमुख उचार योग एवं अध्यात्म हो भन्छन् ओशो तपोवनका प्रमुख आनन्द अरुण । उनी डिप्रेसनबाट मुक्त गराउनको लागि विभिन्न किसिमका ध्यानहरु सहायक सिद्ध हुने बताउाछन् । उनका अनुसार शारीरिक उपचार जस्तै समय समयमा
मानसिक उपचार पनि नगर्ने हो भने यसले गम्भीर मानसिक समस्या निम्त्याउन सक्ने भन्दै निरन्तर सरल किसिमका योगहरु पनि मानसिक स्वास्थ्य शुद्धिको लागि अनिवार्य रहेको बताउाछन् । मानिसहरुमा सधैंभरी तनावको अवस्था जारी रहन्छ । यस्तो अवस्था सधैंभरी जारी रहन्छ । सुरुमा, व्यक्तिलाई थाहा हुादैन कि ऊ उदासिनताको पासोमा झेलिएको छ ।
एक्कासी अन्तिम समयमा पुगेपछि मात्रै उसलाई आफू तनाव र उदासिनताको भूमरीमा रहेको बोध हुन्छ। यस्ता लक्षणहरू डिप्रेसनको सुरुवाती लक्षणहरु हुन् । यस्ता समस्याहरुले व्यक्तिमा धेरै भिन्नता देखाउने गर्छ । चिडचिडाहट, रिस आदि जस्ता भावनाहरू यसमा आउन थाल्छन् । उसले आफूलाई मानिसहरूबाट टाढा राख्न मद्दत गर्छ ।
मानिसहरूसाग कुरा गर्न हिचकिचाउने, एकै समयमा निराशा र अशान्तिको वातावरण महसुस गर्ने जस्ता समस्याहरु हुन्छ । खुशी, शान्ति, सफलता आदि पनि उनीहरुलाई गलत लाग्न थाल्छ । अत्यधिक तनाव व्यक्तिहरु माथि व्याप्त छ । तर, योगबाट मात्रै उदासीनता हटाउन सकिन्छ भन्ने मान्यता छ ।
Saturday, March 14, 2020
पाण्डबखानीमा १० घर अनुगमन
गलकाेट, १ चैत
सुरेश छन्त्याल
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा घर अनुगमन गरिएको छ। सहरी विकास तथा भवन कार्यालय बागलुङ मार्फत लक्षित वर्गकाे जनता अावास कार्यक्रमकाे माग बमोजिम गलकाेट नगरपालिका १० पाण्डबखानीमा खटिएका अतिकृत बद्रिनाथ गाैतम टाेलि लगाएत जनप्रतिनिधी हरुले लक्षित बर्गको (दलित,सिमान्तकृत,अल्पसंख्यक ) १० घर अनुगमन गरिएको छ।उक्त कार्यक्रम लक्षित बर्गको अबस्था हेरि कार्यलय मर्फत छनोत हुने गौतमले जानकारी दिनु भयो।
Friday, March 13, 2020
गायनसँगै व्यवसायमा फड्को मार्दै जूना श्रीष
सिसाखानीको बिद्यालयमा कक्षा कोठाको अभावः शैक्षिक सामाग्री भुइमा लथालिङ्ग
नव ज्याति प्राविकाे भेला सम्पन्न ।
गलकाेट,३० फागुन
सुरेश छन्त्याल
गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे नव ज्याेति प्राथमिक विद्यालयमा पुर्ण व्यवस्थापन समिति तथा अभिभावक समिति गठन गरिएकाे छ। व्यवस्थापन समितिका अध्यक्ष कमला थापाकाे अध्यक्षतामा वडा अध्यक्ष तिलक घर्ती, बरिस्ठ समाजसेवी मानसिंह छन्त्याल, वडा सदस्य धनबहादुर सुनार, अभिभावक लगाएतकाे सहभागीता रहेकाे थियाे। कार्यक्रममा पाण्डबखानी माविबाट अभ्यास शिक्षणमा अाएका ६ जना विद्यार्थीहरुलाइ विदाइ गरिएको छ। साेहि अवसरमा बरिस्ठ समाजसेवी मानसिह छन्त्यालले बाल कक्षामा अध्यान गर्ने विद्यार्थीहरुलाइ अागामि शैक्षिकसत्र देखि रु.पन्ध्र हजार बराबरको खाजा व्यवस्थापन गर्ने जानकारी गराउनुभयाे। कार्यक्रममा नया समिति गठन, अभिभावक गठन गरिएको छ। शिक्षक सुमन काउचाकाे स्वागतबाट सुरुभएकाे कार्यक्रमकाे संञ्चालन संगै प्रतिवेदन विद्यालयका प्र.ह अासा श्रीसले गर्नु भएको थियाे।
Tuesday, March 10, 2020
डरद्रास भएमा उज्ज्वल भविष्य निमार्ण हुने वडा अध्यक्ष घर्ति.....
गलकाेट,२७ फागुन
सुरेश छन्त्याल
विदाइ तथा शुभकामना अादानप्रदान कार्यक्रममा बाेल्दै प्रमुख अतिथि हुनु भएका गलकाेट नगरपालिका १० पाण्डबखानीका अध्यक्ष तिलक घर्ती मगरले विद्यार्थी,शिक्षक,पेशाकर्मी जाे सुकै भएपनि सबैभन्दा पहिला म काे हु मैले के गरिएको छु, मेराे अासा के डरद्रास भएमा मात्र उज्ज्वल भविष्य निर्माण हने भन्दै विद्यार्थीहरुलाइ सफलताको शुभकामना व्याक्त गर्नु भएको थियाे। गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे श्री पाण्डबखानी माध्यमिक विद्यालयमा कक्षा १० का विद्यार्थीहरुलाई शुभकामना संगै कक्षा १२ का विद्यार्थीहरुलाइ विदाई कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थी हाेमप्रसाद वि.क काे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा १२ का विद्यार्थी भुपाल श्रीसकाे सभापतित्याे, वडा अध्यक्ष तिलक घर्ती मगरकाे प्रमुख अाथितियता,
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिंह छन्त्यालकाे विशिष्ट अाथितियता रहेकाे थियाे। प्रध्यानापक नवीन सुनार, कक्षा १२ का सुदिक्षा श्रीस, कक्षा १० का विपिन दर्जी, बाल क्लबका अध्यक्ष मुस्कान पुनले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको छ, भने कार्यक्रमकाे संचालन शिक्षिका पवित्रा दर्जिले गर्नु भएको थियाे ।
Sunday, March 8, 2020
दुइ विद्यालयमा अध्यक्ष र प्रध्यानापक महिला
गलकाेट, २५ फागुन
सुरेश छन्त्याल
गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे पाण्डबखानी फुर्से प्राथमिक विद्यालयमा अनुगमन भएको छ। वडा अध्यक्ष तिलक घर्ती , सदस्य धनबहादुर सुनार र पत्रकार सुरेश छन्त्यालकाे टाेलिले विद्यालयकाे अनुगमन गरेका छन् । अनुगमन गर्ने क्रममा प्राय जसाे विद्यालयहरुमा धेरै शिक्षक देखिन्छन् तर यश विद्यालयमा भने प्रध्यानापक संगै सम्पूर्ण शिक्षक र व्यवस्थापन समितिमा महिलाहरु नै अग्रसर भएर प्रध्यानापक देउमाया काउचा र व्यवस्थापन समितिका अध्यक्ष थममाया काउचाकाे नेतृत्वमा विद्यालय चलाएकाछन् । त्यस्तै नव ज्याेति प्राथमिक विद्यालयमा पनि प्रध्यानापक अासा श्रीस र व्यवस्थापन समितिका अध्यक्ष कमला थापाले विद्यायल चलाएका छन् । निजि स्राेत व्यवस्थापन गर्ने, मन्टेशनरी व्यवस्थापन गर्ने संगै बाल कक्षा पनि आवश्यक रहेकाे भन्दै विद्यालय कस्ताे बनाउने भन्ने कुरामा प्रध्यानापककाे जिम्मेवारी रहने अध्यक्ष घर्तिले बताउनु भयाे । फुर्से प्राथमिक विद्यालयमा ३३ जना विद्यार्थी र नव ज्याेति प्राथमिक विद्यालयमा ३५ विद्यार्थी रहेका छन्।
Monday, March 2, 2020
बडिगाडको खारमा जिप र मोटरसाइकल बीच ठक्कर, खौलारमा पनि दु*र्घटना !!
गलकाेट,फागुन१९
पाण्डबखानी अनलाइन खबर
बाग्लुङको बडीगाड गाउँपालिकामा जिप र मोटरसाईकल एक आपसमा ठोक्किँदा एक जना घाईते भएका छन । बडीगाड गाउँपालिका ५ खारमा बुर्तिबाङ देखि रिघा जाँदै गरेको लु ४३ प १४६४ नंको मोटरसाईकल र बाग्लुङदेखि बुर्तिबाङतर्फ जाँदै गरेको बा २१ च् ७७६ नं को बोलेरो जीप एक आपसमा ठोक्किएका हुन् ।
दु*र्घटनामा परि बाग्लुङको निशिखोला गाउँपालिका ६ भल्कोटका ३१ वर्षीय भक्तबहादुर विश्वकर्मा घाईते भएको प्रहरीचौकी खारले जानकारी दिएको छ । दु*र्घटनामा परि उनको हात खुट्टामा चो*ट लागेको र अहिले बडीगाड पोलिक्लिनिकमा उपचार भईरहेको तथा स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरी ईन्चार्ज राजेन्द्र बहादुर भुजेलले जानकारी दिनुभयो । दु*र्घटना के कारणले भएको हो भन्नेबारे भने अनुसन्धान भईरहेको उहाँले बताउनुभयो । जीप चालक भने प्रहरी नियन्त्रणमा रहेको बताईएको छ । यसैबीच सोही गाउँपालिकाको खौलारमा पनि एक सवारी दु*र्घटनाका घटना भएको छ । ट्याक्सीले बालिकालाई ठक्कर दिँदा बालक सामान्य घा*ईते भएका छन। उनको अवस्था भने सामान्य रहेको बताईएको छ ।
बडिगाडको टुनिबोटमा पहिलो पटक बस पुग्यो, स्थानीयमा खुशीयाली
गलकाेट,फागुन१९
पाण्डबखानी अनलाइन खबर
बागलुङको बडिगाड गाउँपालिका वडा.न.७ टुनिवोटमा पहिलो पटक बस पुगेपछि स्थानीयबासीहरु खुशी भएका छन्।आइतवार बसको उद्घाटन गदै प्रमुख अतिथि बडिगाड गाउँपालिका वडा नं. ७ का वडाअध्यक्ष कृष्ण गुरुङले यस क्षेत्रका स्थानयबासीहरुलाई विभिन्न स्थानमा यातायात मार्फत आवत जावतमा सहयोग पुग्ने बताए ।साथै अध्यक्ष गुरुङ्गले यातायातको विकासले यस ठाउँमा थप इटा थपेको भन्दै बस उद्घाटनले मात्र नहुने हुदा निरन्तर बस सेवा सञ्चालन गर्न सबैले साथ र सहयोग आवाश्यक हुनु पर्ने बताए ।सोही अवसरमा जनक आधारभूत विद्यालयका अध्यक्ष दुर्गाराज पाईजा, गाडी सह–चालक हरि पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।बस उद्घाटनमा जनप्रतिनिधि,पश्चिम नेपाल बस व्यवसायी समिति प्रालिका कर्मचारी,धौलागीरी बस व्यवसायी समितिका कर्मचारी,युरो डिलक्स बस समितिका कर्मचारी,बस मालिक, बस चालक, सह–चालक, लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।बस उद्घाटनमा गाडी चालक र सह–चालकलाई पैसाको मालाले सम्मान गर्दै गरिएको थियो । बडिगाड गाँउपालिका ७ को टुनिबोट देखि बुटवल सम्मका लागि निरन्तर बस सेवा सुचारु गर्न पश्चिम नेपाल बस व्यवसायी समितिका कर्मचारी बुद्ध रायमाझीले बिल र चलानी किताव टिकट काउन्टरका चन्द्र गुरुङ्गलाई हस्तान्तरण गरेका थिए ।साथै अव केही समयपछि बडिगाड गाँउपालिका ७ को टुनिबोट देखि काठमाडौंको लागि पहल भइरहेको छ । अव बुटवललाई दिवा सेवाको लागि बिहान ७ः०० बजे र रात्री सेवाको लागि दिउँसो ३ः०० बजे गाडी छुट्ने जनाइएको छ । उद्घाटन कार्यक्रममा बाजागाजा सहित भव्य बस उद्घाटन गरिएको थियो ।कार्यक्रम समाजसेवी एवं ज्येष्ठ सदस्य पञ्चवीर पाईजाको अध्यक्षता तथा बडिगाड गाउँपालिका ७ का वडा अध्यक्ष कृष्ण गुरुङ्गको प्रमुख आतिथ्यता र समाजसेवी मन प्रसाद घर्तिको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन द न्यु डिभाईस क्लबका अध्यक्ष दिल गुरुङ्गले गरेका थिए ।
Sunday, March 1, 2020
सभागृहमा नेकपा अध्यक्ष दाहालमाथि जुत्ता प्रहार
बागलुङ,फागुन१८
नेकपाका अध्यक्ष तथापूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'माथि राष्ट्रिय सभागृहमा जुत्ता प्रहार भएको छ । आइतबार दिउँसो प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभागृहमा प्रचण्डमाथि जुत्ता प्रहार भएको हो । प्रहार गरेको जुत्ता प्रचण्डलाई भने लागेकाे थिएन । भरतमोहन अधिकारी स्मृति फाउन्डेसन नेपालद्वारा राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारी प्रथम स्मृति सभामा सहभागी हुनुभएका दाहालमाथि सभामा सम्बाेधन गरेर आसनमा फर्कने क्रममा जुत्ता प्रहार गरिएकाे हाे । प्रहरीले जुत्ता प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको छ । जुत्ता प्रहार गर्ने युवक जुम्ला जिल्लाकाे सिञ्जाका रतन तिरुवा रहेकाे प्रहरीले जनाएको छ । उनले भाषणका क्रममा वर्ग संघर्षको कुरा चित्त नबुझेपछि आवेशमा आएर जुत्ता प्रहार गरेको प्रहरीलाई बयान दिएका छन् ।