सिसाखानीको बिद्यालयमा कक्षा कोठाको अभावः शैक्षिक सामाग्री भुइमा लथालिङ्ग
बागलुङ, १ चैत
पाण्डबखानी अनलाइन खबर
बागलुङको बडिगाड गाउँपालिका ३ सिसाखानी स्थित कञ्चनापुर आधारभुत बिद्यालयमा कक्षाकोठा अभाव हुँदा शैक्षिक ब्यबस्थापन तथा पठनपाठनमा समस्या देखिएको छ । बि।स। २०३६ सालमा स्थापना भएको उक्त बिद्यालयले २०७५ सालदेखि कक्षा ६ र चालु बर्ष २०७६ देखि कक्षा ७ को पठनपाठन सञ्चलान गरिरहेको छ । आगामी शैक्षिकसत्र देखि बिद्यालयले कक्षा ८ सञ्चालन गर्नुपर्ने छ । तर बिद्यालयमा एउटा पनि कोठा खाली नभएको बिद्यालयका प्रद्यानाध्यापक पुनराम गिरीले जानकारी दिनुभयो । बिद्यालयलाइ तत्कालै दुई वटा कोठा चाहिएको प्र।अ गिरीले बताउनुभयो । “बिद्यालयकै एउटा कोठामा बालशिक्षा सञ्चालित छ, हामीसँग अब एउटा पनि कोठा छैन, प्रध्यानाध्यापक गिरीले भन्नुभयो, आउने शैक्षिकसत्र देखि त भुँइमै राखेर पढाउनु बाहेक बिकल्प छैन ।” सिकाइमैत्री कक्षाकोठा नहुँदा विद्यार्थीको पढाइ पनि प्रभावित हुने गरेको उहाँको भनाइ छ । बिद्यालयमा १ सय ४२ जना बिद्यार्थीले पढ्छन् । चालु आर्थिक बर्षमा शिक्षा तथा समन्वय इकाइ र गाउँपालिकाको सहयोगमा ४ कोठे भवन सम्पन्न भएको छ । अहिले बिद्यालयमा ८ वटा मात्र कक्षाकोठा छन् । कक्षा कोठा थप गर्नका लागि स्थानिय पालिका, प्रदेश सरकार र संघिय सरकार समक्ष माग गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनप्रसाद शेरचनले बताउनुभयो । “भौतिक संरचना उदेग लाग्दो छ, अध्यक्ष शेरचनले भन्नुभयो, शैक्षिक सामाग्री भुइमा राख्न बाध्य छौँ । ”यस सम्बन्धमा सोही वडाका वडा अध्यक्ष खडक पुन सँग जिज्ञासा राख्दा सोे क्षेत्रको शैक्षिक बिकासका लागि आफुले कुनै कसर बाँकी नराखेको बताउनुभयो । साबिक सिसाखानी गा।बि।स को वडा नं ७, ८ र ९ मा पर्ने सो क्षेत्रमा दलित समुदायको बाहुल्यता रहेकाले त्यहाँको चेतनास्तर बृद्धिका लागि पनि शैक्षिक बिकास गर्न जरुरी रहेको उहाँको भनाइ छ । उक्त विद्यालयको पूर्वाधार निर्माणमा सहयोग र समन्वय गरिने गाउँपालिकाले समेत जनाएको छ । कक्षाकोठा अभावमा बालबालिकाको पढाइ प्रभावित हुन नहुने अभिभावक बताउँछन् ।
No comments:
Post a Comment