Sunday, March 15, 2020

अब सिमकार्ड बिनै मोबाइलबाट फोन गर्न सकिने

अब सिमकार्ड बिनै मोबाइलबाट फोन गर्न सकिने

अब मोबाइल फोनका कुरा गर्न सिम कार्डको आवश्यकता नपर्ने भएको छ। किनभने अब यस्तो प्रविधिको विकास हुँदैछ, जसको प्रयोगबाट मोबाइल फोनमा कुरा गर्न सिम कार्डको आवश्यकता पर्दैन।यो प्रविधिको इन्टरनेट टेलिफोनी हो। इन्टरनेट टेलिफोनी प्रविधिमार्फत इन्टरनेट प्रयोग गर्दै कलिङ एपबाट सिधा कल गर्न सकिने छ। यसरी फोन गर्दा मोबाइलमा कुनै सिमकार्डको आवश्यकता पर्दैन।

नत सिग्नलको नै आवश्यकता पर्छ। यो भारतको समाचार हो।टेलिकम रेगुलेटर ट्राईले सरकारसँग इन्टरनेट टेलिफोनी प्रविधिलाई सहमति दिन सिफारिस गरेको छ। सरकारकातर्फबाट सहमति दिने वित्तिकै कलिङ एपमार्फत वाइफाइको सहयोगमा मोबाइल या ल्याण्डलाइन नम्बरमा फोन गर्न सकिन्छ। उदाहारणकालागि तपाइँसँग एउटा मोबाइल फोन छ।

त्यो फोनमा सिम कार्ड छैन तर तपाइँलाई फोन गर्नुपर्ने आवश्यकता छ भने वाइफाइको सहयोगमा कुनै पनि कम्पनीको कलिङ एप डाउनलोड गरेर कुनै पनि मोबाइल वा ल्याण्डलाइनमा फोन गर्न सक्नुहुन्छ।यदि तपाइँको घरमा मोबाइलको संकेत आउँदैन । तर तपाइँको घरका वायरलेस ब्राण्डब्याण्ड डिभाइस छ भने तपाइँ कलिङ एपमार्फत वायस कल गर्न सक्नुहुन्छ। जियसनेपाल न्युज बाट ।

यो पनि पढ्नुहोस प्रत्येक व्यक्तिको जीवन केही न केही समस्याले घेरिएको हुन्छ । यही समस्याका कारण धेरै मानिसहरुमा निराशा र छटपटी चलिरहेको हुन्छ । बिस्तारै यी समस्याहरुलाई चिरेर अघि बढ्छ मान्छे । कोही मान्छेहरु मानसिक रुपमा आइपरेका समस्याहरुमाथि प्रभुत्व जमाएर अघिबढ्छ भने त्यो मान्छे सफलताको बाटोमा लाग्छ ।

जसले ती समस्याहरुलाई जित्न सक्दैनन् ती व्यक्तिहरु डिप्रेसनमा जान्छन् । डिप्रेसनमा जाने समस्याको एउटा प्रमुख उचार योग एवं अध्यात्म हो भन्छन् ओशो तपोवनका प्रमुख आनन्द अरुण । उनी डिप्रेसनबाट मुक्त गराउनको लागि विभिन्न किसिमका ध्यानहरु सहायक सिद्ध हुने बताउाछन् । उनका अनुसार शारीरिक उपचार जस्तै समय समयमा

मानसिक उपचार पनि नगर्ने हो भने यसले गम्भीर मानसिक समस्या निम्त्याउन सक्ने भन्दै निरन्तर सरल किसिमका योगहरु पनि मानसिक स्वास्थ्य शुद्धिको लागि अनिवार्य रहेको बताउाछन् । मानिसहरुमा सधैंभरी तनावको अवस्था जारी रहन्छ । यस्तो अवस्था सधैंभरी जारी रहन्छ । सुरुमा, व्यक्तिलाई थाहा हुादैन कि ऊ उदासिनताको पासोमा झेलिएको छ ।

एक्कासी अन्तिम समयमा पुगेपछि मात्रै उसलाई आफू तनाव र उदासिनताको भूमरीमा रहेको बोध हुन्छ। यस्ता लक्षणहरू डिप्रेसनको सुरुवाती लक्षणहरु हुन् । यस्ता समस्याहरुले व्यक्तिमा धेरै भिन्नता देखाउने गर्छ । चिडचिडाहट, रिस आदि जस्ता भावनाहरू यसमा आउन थाल्छन् । उसले आफूलाई मानिसहरूबाट टाढा राख्न मद्दत गर्छ ।

मानिसहरूसाग कुरा गर्न हिचकिचाउने, एकै समयमा निराशा र अशान्तिको वातावरण महसुस गर्ने जस्ता समस्याहरु हुन्छ । खुशी, शान्ति, सफलता आदि पनि उनीहरुलाई गलत लाग्न थाल्छ । अत्यधिक तनाव व्यक्तिहरु माथि व्याप्त छ । तर, योगबाट मात्रै उदासीनता हटाउन सकिन्छ भन्ने मान्यता छ ।

No comments:

Post a Comment