नव ज्याति प्राविकाे भेला सम्पन्न ।
गलकाेट,३० फागुन
सुरेश छन्त्याल
गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे नव ज्याेति प्राथमिक विद्यालयमा पुर्ण व्यवस्थापन समिति तथा अभिभावक समिति गठन गरिएकाे छ। व्यवस्थापन समितिका अध्यक्ष कमला थापाकाे अध्यक्षतामा वडा अध्यक्ष तिलक घर्ती, बरिस्ठ समाजसेवी मानसिंह छन्त्याल, वडा सदस्य धनबहादुर सुनार, अभिभावक लगाएतकाे सहभागीता रहेकाे थियाे। कार्यक्रममा पाण्डबखानी माविबाट अभ्यास शिक्षणमा अाएका ६ जना विद्यार्थीहरुलाइ विदाइ गरिएको छ। साेहि अवसरमा बरिस्ठ समाजसेवी मानसिह छन्त्यालले बाल कक्षामा अध्यान गर्ने विद्यार्थीहरुलाइ अागामि शैक्षिकसत्र देखि रु.पन्ध्र हजार बराबरको खाजा व्यवस्थापन गर्ने जानकारी गराउनुभयाे। कार्यक्रममा नया समिति गठन, अभिभावक गठन गरिएको छ। शिक्षक सुमन काउचाकाे स्वागतबाट सुरुभएकाे कार्यक्रमकाे संञ्चालन संगै प्रतिवेदन विद्यालयका प्र.ह अासा श्रीसले गर्नु भएको थियाे।
No comments:
Post a Comment