Saturday, March 28, 2020

कोरोना संक्रमण पुष्टि भएकी युवती घरमै

कोरोना संक्रमण पुष्टि भएकी युवती घरमै
गलकाेट, १५ चैत
पाण्डबखानी अनलाइन खबर
बेल्जियमबाट बागलुङ आएकी कोरोना पुष्टि भएकी युवती घरमै रहेकी छिन ।उनी बागलुङ नगरपालिका वडा नं ४ कुँडुले छाप गाउँमा आफनै घर रहेकी छिन । बेल्जियमबाट चैत्र ४ गते कतार एयरवेजको क्युआर ६५२ विमानबाट युवती नेपाल आएकी थिइन ।१९ वर्षिय युवतीको धौलागिरी अंचल अस्पतालमा नमुना संकलन गरिएको थियो ।
नमुना संकलनपछि उनीमा कारोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।उनीलाई उपचारको लागि कहाँ लैजाने भन्ने े विषयमा बागलुङको प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा आकस्मिक बैठक बसि रहेको छ ।

No comments:

Post a Comment