Monday, March 2, 2020

बडिगाडको टुनिबोटमा पहिलो पटक बस पुग्यो, स्थानीयमा खुशीयाली

बडिगाडको टुनिबोटमा पहिलो पटक बस पुग्यो, स्थानीयमा खुशीयाली
गलकाेट,फागुन१९
पाण्डबखानी अनलाइन खबर
बागलुङको बडिगाड गाउँपालिका वडा.न.७ टुनिवोटमा पहिलो पटक बस पुगेपछि स्थानीयबासीहरु खुशी भएका छन्।आइतवार बसको उद्घाटन गदै प्रमुख अतिथि बडिगाड गाउँपालिका वडा नं. ७ का वडाअध्यक्ष कृष्ण गुरुङले यस क्षेत्रका स्थानयबासीहरुलाई विभिन्न स्थानमा यातायात मार्फत आवत जावतमा सहयोग पुग्ने बताए ।साथै अध्यक्ष गुरुङ्गले यातायातको विकासले यस ठाउँमा थप इटा थपेको भन्दै बस उद्घाटनले मात्र नहुने हुदा निरन्तर बस सेवा सञ्चालन गर्न सबैले साथ र सहयोग आवाश्यक हुनु पर्ने बताए ।सोही अवसरमा जनक आधारभूत विद्यालयका अध्यक्ष दुर्गाराज पाईजा, गाडी सह–चालक हरि पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।बस उद्घाटनमा जनप्रतिनिधि,पश्चिम नेपाल बस व्यवसायी समिति प्रालिका कर्मचारी,धौलागीरी बस व्यवसायी समितिका कर्मचारी,युरो डिलक्स बस समितिका कर्मचारी,बस मालिक, बस चालक, सह–चालक, लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।बस उद्घाटनमा गाडी चालक र सह–चालकलाई पैसाको मालाले सम्मान गर्दै गरिएको थियो । बडिगाड गाँउपालिका ७ को टुनिबोट देखि बुटवल सम्मका लागि निरन्तर बस सेवा सुचारु गर्न पश्चिम नेपाल बस व्यवसायी समितिका कर्मचारी बुद्ध रायमाझीले बिल र चलानी किताव टिकट काउन्टरका चन्द्र गुरुङ्गलाई हस्तान्तरण गरेका थिए ।साथै अव केही समयपछि बडिगाड गाँउपालिका ७ को टुनिबोट देखि काठमाडौंको लागि पहल भइरहेको छ । अव बुटवललाई दिवा सेवाको लागि बिहान ७ः०० बजे र रात्री सेवाको लागि दिउँसो ३ः०० बजे गाडी छुट्ने जनाइएको छ । उद्घाटन कार्यक्रममा बाजागाजा सहित भव्य बस उद्घाटन गरिएको थियो ।कार्यक्रम समाजसेवी एवं ज्येष्ठ सदस्य पञ्चवीर पाईजाको अध्यक्षता तथा बडिगाड गाउँपालिका ७ का वडा अध्यक्ष कृष्ण गुरुङ्गको प्रमुख आतिथ्यता र समाजसेवी मन प्रसाद घर्तिको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन द न्यु डिभाईस क्लबका अध्यक्ष दिल गुरुङ्गले गरेका थिए ।

1 comment:

  1. According to Stanford Medical, It is really the ONLY reason this country's women get to live 10 years longer and weigh an average of 42 pounds less than we do.

    (And realistically, it has absolutely NOTHING to do with genetics or some secret-exercise and really, EVERYTHING about "how" they are eating.)

    BTW, What I said is "HOW", and not "what"...

    Tap this link to see if this little questionnaire can help you unlock your real weight loss possibility

    ReplyDelete