विभिन्न स्थानमा नाका बन्द,अनआवश्यक बाहेक बाहिर ननिस्कन...वडा अध्यक्ष घर्ति को अनुरोध
गलकोट,१६ चैत
सुरेश छन्त्याल
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (Covid 19) रोकथाम तथा नियन्त्रण गर्नका लागि गलकोट नगरपालिका १० पाण्डबखानी र गलकोट नगरपालिका ७ मल्म जोड्ने नाका होङहोङ्गे खोलामा र रमुवादेखि रणसिंह जोड्ने बाटो पूर्णरुपमा बन्द गरिएको छ । विशेषगरी वैदेशीक रोजगारबाट गाउ फर्कने र बजारबाट गाउ आउने क्रम तिब्र गतिमा बढेको कारण बाटो बन्द गरी निकरानी राख्न युवाहरु सक्रिय रुपमा लागि परेको स्थानीय विष्णु काउचाले जानकारी गराउनुभयो । पछिल्लो क्रममा बागलुङमै कोरोना भाइरस संक्रमित देखा परेपछि गाउमा पनि यस्तो कदम अपानाएको हो । त्यस्तै कसैको मृत्यु भएमा मलामी आवश्यक भन्दा वढी नजाने, पुजापात गदै नगर्ने, अनआवश्यक बाहेक बाहिर ननिस्कनु परेमा मास्कको प्रयोग गर्ने समेत वडा अध्यक्ष तिलक घर्तिले बताउनुभयो ।
No comments:
Post a Comment