प्रहरी टाेलि सहित जनप्रतिनिधि घर दैलाे कार्यक्रम ।
गलकाेट, १४ चैत
सुरेश छन्त्याल
गलकाेट नगरपालिका १० पाण्डबखानीमा प्रहरी टाेलि सहित जनप्रतिनिधि घर दैलाे कार्यक्रमा इलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरी बलबहादुर थापा सहित जनप्रतिनिधि गलकाेट नगर सभाका सदस्य राधिका पुन, वडा सदस्य धनबहादुर सुनार, रामप्रसाद वि.क ,पत्रकार सुरेश छन्त्याल काे टाेलिले घर दैलाे कार्यक्रम गरि समुदायमा जनचेतना सहित जानकारी गराएका छन् । हाल विश्वव्यापी रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस अर्थात कोभिड–१९ बारे सचेतना जगाउन घर दैलाे कार्यक्रममा काेहिपनि बाहिर ननिस्कन अनुराेध गर्दै यदि अावश्यक काम परे मात्र निस्कन, अावश्यक खाद्यान्न सामाग्री चाहेमा प्रहरीलाई जानकारी गराइ सामान लिन र दिन अनुराेध समेत गरिएको थियाे। अन्य स्थान र बजारमा भन्दा पाण्डबखानीमा निकै सुनसान भएको प्रहरीले जानकारी दिएकाे छ।
No comments:
Post a Comment