Monday, March 30, 2020

लकडाउन २५ गते मध्यरातिसम्म गर्ने सरकारको निर्णय

लकडाउन २५ गते मध्यरातिसम्म गर्ने सरकारको निर्णय
गलकोट,१७ चैत
पाण्डबखानी अनलाईन खबर
सरकारले सीमा नाकाबाट आवागमन रोक्ने र लकडाउन २५ गते मध्यरातिसम्म गर्ने भएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले देशव्यापी लकडाउनको अवधि ८ दिन बढाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचनाप्रविधि मन्त्री युवराज खतिवडा जानकारी दिए । यसअघि सरकारले चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो। तर, कोरोना भाइरस ९कोभिड १९० संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउनको अवधि थपेको हो। यस्तै बैठकले ज्यालादारी मजदुरी गर्ने निम्न आए भएका नागरिकका लागि राहतको प्याकेज पनि पारित गरेको छ। कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार अपराह्न बसेको बैठकले लकडाउनको अवधि बढाउन सरकारलाई सिफारिस गरेको थियो। औपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरुको पारिश्रमिक रोजगारदाताले नै उपलब्ध गराउनु पर्ने निर्णय पनि बैठकले गरेको छ। पूर्णरुपमा बन्द भएका पर्यटन क्षेत्रसँग सम्बन्धित प्रतिष्ठानले आफ्नो दैनिक वा महिनावारी ज्यालादारीमा कार्यरत क्षेत्रले आफ्नो दैनिक ०७६ चैत्र महिनासम्मको भुक्तानी दिनुपर्ने पनि बैठकले निर्णय गरेको प्रवक्ता खतिवडाले जानकारी दिए।

No comments:

Post a Comment