Thursday, March 26, 2020

पाण्डबखानीमा कोरोना सम्बन्धि माइकिङ्ग कार्यक्रम

पाण्डबखानीमा कोरोना सम्बन्धि माइकिङ्ग कार्यक्रम
गलकोट, १३ चैत्र
सुरेश छन्त्याल
गलकोट नगरपालिका १० पाण्डबखानीमा कोरोना सम्बन्धि माइकिङ्ग कार्यक्रम सम्पन्न भएको छ । हाल विश्वव्यापी रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस अर्थात कोभिड–१९ बारे सचेतना जगाउन गलकोट नगरपालिका १० वडा कार्यालय पाण्डबखानी र पाण्डबखानी अनलाइन खबरले माईकिङ कार्यक्रम सञ्चालन गरेको छ । बिभिन्न मिडिया तथा सञ्चार माध्यमहरु बाट सूचनाहरु प्रकाशित एवं प्रशारण भइरहेता पनि यसलाई प्रभावकारी बनाउन माईकिङनै गर्नुपर्ने अवस्था रहेको वडा अध्यक्ष तिलक घर्ती बताउनु भयो । नोबेल कोरोना भाईरस तथा कोभिड–१९ को बिषयमा आम नागरिकहरुलाई सचेतना जगाउन वडा कार्यालय र पाण्डबखानी अनलाइन खबरले आम सर्बसाधरण माझमा माईकिङ कार्यक्रम सञ्चालन गरेको छ । 
उक्त माइकिङ कार्यक्रम पाण्डबखानीको बजार गैराभाटीदेखि बगर,काफ्रे, बाईगाउ, लेङ्गुरे, ज्याथर, सुनपानी, हुँदै सोरमने सिद्धथान सम्म माइकिङ गरिएको थियो।

No comments:

Post a Comment