Tuesday, March 24, 2020

पाण्डबखानीमा पनि लकडाउन गरियो ।

पाण्डबखानीमा पनि लकडाउन गरियो । 
गलकोट, ११ चैत
सुरेश छन्त्याल
बागलुङको गलकोट नगरपालिका १० पाण्डबखानीमा पनि लकडाउन गरिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (Covid 19) रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार, प्रदेश सरकार र गलकोट नगरपालिकाले समेत विभिन्न कार्यक्रम घोषणा गरी कार्यान्वयन गदै आईरहेको छ । यसै सन्दर्भमा गलकोट नगरपालिका १० पाण्डबखानी स्वास्थ चौकीेको आयोजनामा पूर्व सभासद निरज पुनको विशेष सहभागितामा बैठक बसि विभिन्न शिर्षकहरु निर्णय भएको छ । 
१. प्रत्येक टोल –टोलमा ५ जनाको समिति गठन
२. न्यून परिवारलाई साबुन वितरण गरि हात दुने तरीका सिकाउने
३. परिवारमा बाहिरबाट आएमा ११ दिनसम्म क्वारेन्टाइन राख्ने 
जस्ता निर्णय भएको छ । कार्यक्रम वडा अध्यक्ष तिलक घर्तिको अक्षयतामा सम्पन्न भएको छ । 
कोरोना भाइरस (Covid 19) रोकथाम तथा नियन्त्रणका लागि पाण्डबखानीमा रहेको विभिन्न कार्यालय, पसल, उद्ययोग पनिर्चर, अन्य कामकार्यहरु पनि बन्द भएको छ । साथै गाउघर छोडेर बाहिर गएका मानिहरु प्नि गाउघर आइपुगेका छन् ।
त्यस्तै विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (Covid 19) रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार, प्रदेश सरकार र गलकोट नगरपालिकाले समेत विभिन्न कार्यक्रम घोषणा गरी कार्यान्वयन गदै आईरहेको छ । यसै सन्दर्भमा गलकोट नगरपालिकाको निर्णय अनुसार नगर क्षेत्रभित्र अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको छ । तथापी गलकोट नगरपालिका विशेष गरी हटिया बजार क्षेत्रमा मानिसहरुको आवागमन नियन्त्रण भएको नदेखिएकोले सार्वजनिक स्थल र बजार क्षेत्रमा मानिसहरुको भिडभाड नियन्त्रण गरी महामारीको नियन्त्रण गर्ने कार्यमा थप कदम चाल्नुपर्ने अवस्थामा सृजना भएको महसुस गरी नगरपालिका भित्र जीप,ट्याक्सी एवंम पिकअप लगाएतका सवारी साधनहरुको संञ्चालनमा मिति २०७६÷चैत ११ देखि लागु हुनेगरी पूर्णरुपमा रोक लगाएको छ । यस नियमको उलंघन गरेको पाईएमा नियमानुसार कडा कारबाहि गरिने छ । नगरपालिकाको यस अभियानमा सम्पूर्ण यात्रु महानुभाव तथा व्यवसायिहरुमा अनुरोध छ । साथै अति आवश्यक बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गदै विशेष काम परेमा पैदल यात्रा वा अन्य भिडभाड नहुने साधनको प्रयोग समेत गर्न अनुरोध छ । यस्तै गलकोट नगरपालिकाको निर्णय अनुरुप विभिन्न वडा कार्यालयबाट अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द भएको छ । जस्तै दैनिक रुपमा सम्पादन हुदै आइरहेका सिफारीस, सम्पति तथा मालपोत कर, पंजीकरण लगायतका सम्पुर्ण सेवा प्रवाहका सबै कार्यहरु स्थागित भएको छ ।

No comments:

Post a Comment