Monday, June 29, 2020
पाण्डबखानीमा देखियो हजारौ सख्यामा सलह
सुरेश छन्त्याल
गलकाेट,१५ असार
सोमबार दिउँसो साडे ४ बजे तिर गलकोट नगरपालिका १० पाण्डबखानीमा पनि दिउसै देखि ५० र ६० हजारको हुलमा सलह देखिन थालेका छन् । पत्रकार देवराज पुनका अनुसार ति बुटवल, पाल्पा, खर्वाङ हुँदै खोलै खेल पाण्डबखानी आएको हुनसक्ने पुनले बताउनुभयो । सलह ८ र १० वटा उड्न नसकेर झरेको र त्यसलाई छोपेर राखेको स्थानीय मनिसा थापाले जानकारी गराउनु भयो। ठूलो संख्यामा उड्ने र बाली खाने भएकाले त्यसले कृषिमा ठूलो क्षति पुर्याउने भन्दै कृषकहरु चिन्तित बनेका छन् । सलहको एक झुण्ड ज्याथर हुँदै बाईगाउ, सुनपानी, लगाएत का स्थानमा माहुरीको बथान जस्तै झण्डै आधाघण्टा जति उडेको स्थानीय दिप घर्तिले बताउनु भयो । यसले बागलुङमा सलहको जोखिमलाई बढाएको गिरिप्रसाद घर्तिले चिन्तित हुँदै जानकारी दिनुभयो।
देखियो बागलुङमा सलह
Sunday, June 28, 2020
अाफ्नाे जन्मदिनमा उप–प्रमुख रेणुका काउचा मगरद्धारा मानव सेवा आश्रमलाई अर्थिक सहयोग
पाण्डबखानी अनलाइन खबर
गलकाेट,१४ असार
गलकोट नगरपालिकाका उप–प्रमुख रेणुका काउचा मगरले बागलुङ सदरमुकाममा रहेको मानव सेवा आश्रमलाई अर्थिक सहयोग गरेकी छन । काउचाले आफ्नो जन्मदिनको अवसरमा आश्रमका लागि नगद १० हजार रुपैयाँ सहयोग गरेकी हुन ।
उनले नेपाल निजामती कर्मचारी युनियन बागलुङका उपाध्यक्ष एवं धौलागिरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मि देवप्रकाश घिमिरे मार्फत आश्रमका लागि सहयोग पठाएकी थिईन । आफ्नो व्ययस्तताका कारण सहयोगका लागि आश्रममा उपस्थित हुन नसकेका कारण घिमिरे मार्फत सहयोग पठाएको काउचाले बताईन । काउचाले पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौ खर्च गरेर अनावश्यक खर्च बढाउने क्रम बढेको भन्दै यस्ता प्रबृतिको रोक्नका निम्ती पनि आफुले आश्रमलाई सहयोग गरेको बताईन । हामी जन्मदिन मनाउने नाममा हजारौ खर्च गर्न पनि पछि पर्दैनौ काउचाले भनिन–“तर गरिब दिन दुःखीलाई विहान बेलुका छाक टार्न पनि मुस्की परेको छ भने आश्रमको व्यवस्थापनमा पनि उत्तिकै कठिनाई छ । यो अवस्थामा आश्रममा आश्रितको थप व्यवस्थापनका निम्ती केही सहयोग पुगोस भन्ने उद्देश्यले सानो रकम सहयोग गरेकी हुँ ।”
उनले आफुले सडकमा व्यसहाराको व्यवस्थापन र सडक मानव मुक्त बनाउने अभियानमा आश्रमलाई सधै साथ गर्ने बताईन । तिन वर्ष अघि स्थानिय समाजसेवी र युवाहरुको सक्रियतामा बागलुङ सदमुकाममा आश्रम संचालन गरिएको छ । आश्रममा बृद्ध, अशक्त अपांग र सडकमा अलपत्र परेका व्यक्तिहरु आश्रीत रहेको आश्रमको अभियान्ता एवं संचालक सुमिरा लामाले बताईन ।
सिमकार्ड वितरणको दुई दशक पुरानो व्यवस्था, अनि फेरियो
पाण्डबखानी अनलाइन खबर
गलकाेट,१४ असार
गत माघको अन्तिमसाता नेपाल दूरसञ्चार प्राधिकरणमा रमेश गौतम (नाम परिवर्तन)ले अनौंठो उजुरी गरे । जसमा उल्लेख थियो- ‘मैले चलाइरहेको सिमकार्ड हिजो अटोमेटिक निष्कृय भयो र अरूले नै मेरो नम्बरको सिमकार्ड निकालेर व्यक्तिगत सूचनाहरूमा पहुँच बनाउँदै दुरुपयोग गरिरहेका छन् ।’
विगतमा नयाँ सिम लिएर दुरुपयोग गरेको घटनाहरू भइरहेकै थिए । त्यसपटक भने प्राधिकरणलाई रमेशको उजुरीले झस्कायो । कारण, रमेशको सिम एकाएक डिएक्टिभ गरेर सोही नम्बरबाट कसैले भाइबरलगायतका एपहरू चलाउँदै गरेको प्रमाण फेला परेको थियो ।
Saturday, June 27, 2020
एक नाल भरुवा बन्दुक सहित बडीगाड-७ माझखर्कबाट एक जना पक्राउ !
एक नाल भरुवा बन्दुक सहित बडीगाड-७ माझखर्कबाट एक जना पक्राउ !
सिदार्थ राना
गलकाेट, १३, असार
बागलुङ जिल्लाका विभिन्न पालिकाहरुमा अझैपनि बिना ईजाजत लुकाई छिपाई राखिएका हातहतियार खरखजानाहरु प्रहरीले बरामद गरी अवैधरुपमा हातहतियार राख्नेहरुलाई कानूनी दायरामा ल्याईरहेको छ ।

Friday, June 26, 2020
असार २२ र २३ गते बालबालिकालाई भिटामिन ए खुवाइँदै
गलकाेट,१२ असार
पाण्डबखानी अनलाइन खबर
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को कारणले स्थगित ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ ।
यही असार २२ र २३ गते सो कार्यक्रम पुनः सञ्चालन हुने स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिए । कोरोना भाइरसको महामारीका कारण गत वैशाख ६ र ७ गते तय गरिएको सो कार्यक्रम मन्त्रालयले गत चैत २१ गते स्थगन गरेको थियो ।
राष्ट्रिय भिटामिन ए’ कार्यक्रमसँगै जुकाको औषधि र बालभिटा पनि खुवाउने गरिन्छ । छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिट ए खुवाउँदै आइरहेको छ ।
Thursday, June 25, 2020
युवाहरुको सक्रियता रहन जरुरी छ –पूर्व सांसद पुन
#नाटक_मञ्चन
Wednesday, June 24, 2020
४७ सन्तानकी आमा जुनुको आग्रहमा हङकङ बस्ने चित्र पुनको नेतृत्वमा तिरिदिए २ लाख स्कूलको फीसिद्धार्थ राना
सिद्धार्थ राना
गलकोट,१० असार
एकीकृत सिर्जनशील समाज नेपालमा आश्रित बालबालिकाको पालनपोषणका लागि सहयोगी दाताहरुको महत्वपूर्ण भूमिका रहँदै आएको छ ।
कोरोना भाइरसको महामारीले गर्दा सबै समस्यामा परेका छन् । अहिले लकडाउन केही खुकुलो भएपनि जनजीवन भने सामान्य भइसकेको छैन । यस्तो स्थितिमा समाजमा आश्रित बालबालिकाहरु बढी समस्यामा परेका छन् । अन्य समस्या त छँदैछ, उनीहरुले अध्ययन गर्ने विद्यालयको शुल्क बुझाउन समेत समाजलाई समस्या परेको थियो । यस्तो समस्या भोगिरहेका समाजका बालबालिकाको फीका लागि आमा जुनुको आग्रहमा हङकङमा बस्ने चित्र पुनको नेतृत्वमा २ लाख ३१ हजार फी तिर्नका लागि रकम प्राप्त भएको जुनुले बताइन् । सो रकम एकीकृत सिर्जनशील समाजका अध्यक्ष जयप्रकाश बुढामगर, उपाध्यक्ष भिमकुमार रोकामगर र कोषाध्यक्ष जुनु पुनमगरको उपस्थितिमा सुरेश पाइजाले बालबालिकालाई हस्तान्तरण गरेका थिए । आज नै विद्यार्थी पढ्ने ओडिसी इन्टरनेशनल एकेडेमीमा २ लाख रुपैयाँ बुझाएको छ । स्कूलमा अझै ४ लाख ३० हजार फी तिर्न बाँकी रहेको कोषाध्यक्ष समेत रहेका जुनुले नागरिकखबरलाई बताए । सहयोगी सहृदयी सबैमा जुनुलाई आभार व्यक्त गर्दै धन्यवाद दिएकी छन् ।
गलकोट नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक स् स्वास्थ्य, शिक्षा र कृषिमा प्राथमिकता
Tuesday, June 23, 2020
गण्डकीमा एकविहानै थपिए ३२ जना कोरोना संक्रमित
गलकाेट, १० असार
गण्डकी प्रदेशमा बुधवार विहानै ३२ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा ९ जना संक्रमित थपिएका छन् । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा जैमिनी नगरपालिकाका १ जना र बरेङ गाउँपालिकाका ८ जनालाई संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, कास्कीको पोखरा महानगरपालिकामा २ महिला र १ पुरुष सहित ३ जना, मादी गाउँपालिकामा १ महिला र १ पुरुष, गोरखाको गण्डकी गाउँपालिकामा १ पुरुष, तनँहुको देवघाट गाउँपालिकामा १ पुरुष, पर्वतमा १ महिला, स्याङजाको वालिङ नगरपालिकामा ३ पुरुष र आधिखोला गाउँपालिकामा १ पुरुषसहित ४ जना, नवलपुरको गैडाकोट नगरपालिकामा ३ जना महिलामा कोरोना पुष्टि भएको छ ।
Sunday, June 21, 2020
दुश्मन आई बस्यो हाम्रो छातीमा काँडेतार राखेर,
Wednesday, June 17, 2020
विपद राहत काेषमा घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चद्वारा रु.२५ हजार हस्तान्तरण
गलकाेट,३ असार
सुरेश छन्त्याल
गलकाेट नगरपालिका १० पाण्डबखानी वडा कार्यालयमा वडा कार्यालय र घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च बिच भेला सम्पन्न भएको छ । वडा अध्यक्ष तिलक घर्तिकाे अध्यक्षतामा बसेकाे भेलाले अागामि दिनमा युवा तथा खेलकुद लगायतका बिषयहरुमा अापसी समन्वय गर्दै अागामि याेजना तय गर्ने तथा कार्यनयन गर्ने, साथै खेलमैदानकाे अावश्यकता महसुस गरि अावश्यक प्रक्रियाका लागि घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चलाई जिम्मेवारी दिने निर्णय भएको छ । साेहि अवसरमा घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले पाण्डबखानीमा रहेकाे विपद राहत काेषमा रु.२५ हजार राहत काेषका संयाेजक रामप्रसाद वि.क लाइ क्लबका अध्यक्ष प्रकाश पुनले हस्तान्तरण गर्नुभएकाे छ ।
Monday, June 15, 2020
बाचे भेट होला ‘ भिडियो सार्वजनिक
गलकाेट,१ असार
पाण्डबखानी अनलाइन खबर
नेपाली गित संगीत क्षेत्र मा फेरी अर्को नौलो प्रस्तुती थपिएको छ। विभिन्न गित संगीतहरु बजार मा आउने क्रम जारी रहदा कोरोना भाइरसका कारण विश्व नै त्रसित रहेकाे समयमा यतिबेला विश्व नै लकडाउन उक्त लकडाउन को मौका छोपी बिभिन्न गितसंगीतहरु को सुटिङ्ग भैरहेका छन् भने कतिपय त सार्बजनिक पनि भैसके । त्यस्तै चर्चित गायक तथा सर्जक हेमन्त कान्छा रसाइली र गायिका निता पुन मगरको सुमधुर स्वरमा प्रतिभाशाली कलाकार काजु सेरचनको लय सिर्जनामा बहुप्रतीभाशालि गायिका निता पुनको शब्द सिर्जनामा निता पुन मगरको लोक दिहोरी एल्बम ‘ बाचे भेट होला ‘ युटुबमा सार्बजनिक भयको छ ।
उक्त गीतमा छायाकन भने सुरेश श्रेष्ठले गरेका छन् भने बिष्णु शर्मा को उत्कृष्ट सम्पादन रहेको छ र निर्देशकको नाम उल्लेख नगरिएका कारण यहा लेखियको छैन। उक्त गीतमा हेमन्त कान्छा रसाइली र निता पुन मगरको अभिनय रहेको छ। उक्त गीतलाई निता पुन / मिना गर्बुजा को आधिकारिक युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ।
केन्द्रीय लाइनकाे सपना पाण्डबखानीलाई
गलकाेट, १ असार
सुरेश छन्त्याल
गलकाेट नगरपालिका १० पाण्डबखानीमा इन्टरनेट सेवा अवरुद्ध भए संगै पुन: संञ्चालनमा अाएकाे छ। बागलुङ बजारदेखि संञ्चालन हुँदै अाइरएकाे गलकाेट G ling.com ईन्टरनेट गलकाेट नगरपालिका ७ काे टाेकरी र खाल्तेपानी भन्ने ठाउँमा अवरुद्ध हुदा पाण्डबखानी अाउने लाइनमा समस्या देखिएको थियाे, गलकाेटबाट प्राविधिक अाई बनाए पछि इन्टरनेट सेवा सुचारु भएको छ । ईन्टरनेट नहुदा बैंकिङ काराेवार,मालपोत कर, सुचना अादानप्रदान लगाएत ईन्टरनेट मार्फत हुने सबै कामहरु थप्प भएका थिए।
घुम्टे साँस्कृतिक तथा प्रकृतिक संरक्षण मञ्चकाे बैठक सम्पन्न ।
Thursday, June 11, 2020
लकडाउनमा पनि गाउँदैछिन् अञ्जु
पाण्डबखानी अनलाइन खबर
गलकाेट, ३० जेठ
सुमधुर स्वरकी धनी गायिका अञ्जु पन्त अहिलेको लकडाउनको अवधिमा समेत सामाजिक कार्यका साथै सांगीतिक गतिविधिमा समेत सक्रिय छिन् ।
आफ्नै अञ्जु पन्त फाउण्डेसनबाट संगीतकर्मीदेखि सर्वसाधारणहरुलाई समेत खाद्यान्नसहितका राहत सामग्री वितरण गरिरहेकी गायिका पन्त बेला–बेलामा स्टुडियो भित्र प्रवेश गरेर गीत रेकर्ड गर्न समेत भ्याइरहेकी छिन् । ‘लकडाउनको अवधिमा पनि झण्डै एक दर्जन गीतहरु रेकर्ड गराइसकें, गायिका पन्तले कलाकर्मीसंग भनिन्- ‘ती मध्ये कुनै आधुनिक तथा यूगल गीतहरु रेकर्ड गरें भने केही गीतहरु जनचेतनामूलक पनि छन् ।’ उनले लकडाउनमै गाएका कतिपय गीतहरु भिडियोमार्फत सार्वजनिक भैसकेका छन् भने केही सार्वजनिक हुने क्रममा छन् ।
गायिका अञ्जु पन्तसंग संगीतकार चिरञ्जिवी भण्डारी ।
पछिल्लो पटक भने उनले गायक तथा संगीतकार चिरञ्जिवी भण्डारीको संगीत निर्देशनमा एउटा यूगल गीत रेकर्ड गराएकी छिन् । गीतकार तथा समाजसेवी ईन्दिरा बोगटीको शब्दको ‘चोखो माया…’ शीर्षकको उक्त गीत केही दिनअघि मात्र रेकर्ड गरिएको हो ।
उक्त गीतमा सञ्जीव बराइलीको संगीत संयोजन छ भने यूगल गीतमा गायक दिपेन्द्र सोनामले गायिका पन्तलाई साथ दिएका छन् ।
संगीतकार भण्डारीका अनुसार उक्त गीत तीन शैलीमा सार्वजनिक गर्ने तयारी छ ।
‘गायिका अञ्जु पन्त तथा गायक दिपेन्द्र सोनामको स्वरमा यूगल गीत तथा गायक र गायिकाको स्वरमा एकल गीतको रुपमा समेत दर्शक तथा स्रोतामाझ आउने छ, संगीतकार भण्डारीका अनुसार लकडाउन खुकुलो भए लगत्तै यसको म्युजिक भिडियो निर्माण गरिने छ ।
संगीतकार भण्डारी भने आफैंमा राम्रा गायक पनि हुनु । उनको पछिल्लो गीत बिस्तारै बिस्तारै तिमी मेरी हुनु…टिकटक लोकप्रिय छ ।
उनको संगीत निर्देशनमा गायिका अञ्जु पन्त सहित शिव परियार, प्रमोद खरेल, मिलन नेवार, मेलिना राई, मनिषा पोखरेल, सुरज पौडेल गायक गायक–गायिकाले गीत गाइसकेका छन् ।
यसैबीच गायिका अञ्जु पन्तले आफ्नो फाउण्डेसनको तर्फबाट केही दिनपछि नै आफू सुकुम्बासी वस्तीमा राहत वितरण गर्न जाने कुरा बताएकी छिन् ।
Wednesday, June 10, 2020
एसईई परीक्षा नगर्ने, सरकारकाे निर्णय : आन्तरिक मूल्याङ्कनका आधारमा प्रमाणपत्र दिइने
पाण्डबखानी अनलाइन खबर
गलकाेट, २९ जेठ
मूल्याङ्कनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी निर्णय गरेको हाे ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय संसदमा पेश हुने सङ्घीयताअनुरुपको शिक्षा ऐन पारित भएपछि माध्यमिक शिक्षाको कक्षा १० अन्तिम परीक्षाका सम्बन्धमा यो यसरुपमै दीर्घकालीन रुपमा व्यवस्थापन हुने जानकारी दिनुभयो । शैक्षिक सत्र २०७६ को परीक्षा साविकबमोजिम २०७६ चैत्र ६ गतेदेखि सञ्चालन हुने गरी कार्यतालिका प्रकाशन गरी सबै तयारी पूरा भइसकेको भएता पनि कोरोना सङ्क्रमणको अवस्थालाई दृष्टिगत गरी कोरोना सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गत चैत ५ गतेको निर्णयानुसार स्थागित भएको थियो । मन्त्री पोखरेलले हाल देशभरका शिक्षण संस्थाहरू बन्द रहेका, कतिपय विद्यालयमा क्वरेन्टीन सञ्चालन गरिएको र रोगको सङ्क्रमणको जोखिमका बीच विद्यालयमा परीक्षा केन्द्र कायम गरी विगतमा झैँ परीक्षा सञ्चालन गर्न सकिने अवस्था निकट भविष्यमा नरहेको सन्दर्भमा विद्यार्थीको अध्ययन निरन्तरता तथा माथिल्लो तहमा अध्ययनको अवसर सुनिश्चितताको दायित्वबोध गरेर मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी दिनुभयो ।
कहरमै किसानलाई रोपाइँको चटारो
पाण्डबखानी अनलाइन खबर
गलकाृट,२८ जेठ
कोरोनाको कहर उस्तै छ । ७८औँ दिनदेखि बन्दाबन्दी छ । किसानलाई भने खेती नगरी सुख छैन । यतिबेला यहाँका किसान बेफुर्सदिला छन् । खेतमा रोपाइँको चटारो छ । सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ ।
मनसुनले साथ दिएपछि रोपाइँ चाँडै शुरु भएको गलकोट नगरपालिका, कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले बताउनुभयो । गलकोटको मजुवा जिल्लामै धेरै धान फल्ने फाँट हो । “मजुवा फाँटमा ७० प्रतिशत जति रोपाइँ सकिएको छ”, कृषि शाखा प्रमुख सुवेदीले भन्नुभयो, “जेठ दोस्रो सातादेखि नै यहाँ रोपाइँ शुरु हुन्छ ।” दैनिकजसो वर्षा हुन थालेपछि रोपाइँ सहज भएको किसान बताउँछन् । नेपालमा सामान्यतया अङ्ग्रेजी महिना जुन १० मा मनसुन भित्रिने गरे पनि यसपालि भने अलि छिट्टै मनसुन सक्रिय भएको छ । “किसान व्यस्त छन्, धमाधम रोपाइँ चलिरहेको छ”, गलकोट नगरपालिका–५ की इभा खत्रीले भन्नुभयो ।
१२ मुरी धान उब्जाउ हुने उहाँको खेतमा केही दिनअघि रोपाइँ भयो । तीन हल गोरु लागे । हली, खेताला, बाउसे गरी २२ जनाले एकै दिनमा रोपाइँ भ्याए । दुई बाली हुने खेतमा रोपाइँ छिटो हुने गरेको उहाँको भनाइ छ । गलकोटका मजुवालगायत फाँटखोला आसपास भएको र बाह्रैमास सिँचाइ पुग्ने हुँदा रोपाइँलाई समस्या नपर्ने कृषि शाखा प्रमुख सुवेदीको भनाइ छ । गलकोट क्षेत्र भएर बग्ने दरमखोला र गौँदीखोलाबाट आएका कुलाले त्यहाँको ठूलो उब्जाउ भूमिलाई सिञ्चित गर्छन् ।
छिटो रोपाइँ हुनेमा जिल्लाको गलकोट, कुश्मीसेरा, खरबाङ र बुर्तिबाङलगायत क्षेत्र पर्छ । रोपाइँ हुने मुख्य महिना असार भए पनि ती ठाउँमा पहिल्यै रोपाइँ शुरु भइसक्छ । मकैबाली हुने खेतमा भने किसानले मकै झिकेपछि असार अन्तिम र साउनसम्मै रोपाइँ गर्छन् ।
असार अन्तिममा मात्र रोपाइँको वास्तविक तथ्याङ्क आउने कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाभर झण्डै १० प्रतिशत खेतमा रोपाइँ भएको अनुमान गरिएको छ । असारभित्रमा अधिकांश क्षेत्रमा रोपाइँ सकिन्छ । आकाशे पानीमा भर पर्ने खेतमा पनि दैनिकजसो परेको वर्षाले किसानलाई राहत मिलेको छ । मनसुन जति छिटो सक्रिय हुन्छ, उति नै छिटो रोपाइँ हुन्छ । जिल्लाको दक्षिण अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायत ठाउँमा भने रोपाइँ ढिलो हुन्छ । जिल्लाको कूल छ हजार १२२ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । त्यसमध्ये दुई हजार ६३५ हेक्टरमा उन्नत र तीन हजार ४८७ हेक्टरमा स्थानीय जातको धानखेती हुन्छ । पछिल्लो समय धानको उत्पादन बढाउन उन्नत जातको खेतीतर्फ किसान आकर्षित छन् ।
उन्नत धानको खेती बढाउन किसानलाई बीउ वितरण, विज वृद्धि कार्यक्रम सञ्चालन गरिँदै आएको छ । उन्नत जातको धान लगाउँदा १५ प्रतिशतसम्म उत्पादन बढाउन सकिने किसान बताउँछन् । जिल्लाको २० प्रतिशत सिञ्चित क्षेत्रमा मात्रै धान खेती हुँदै आएको छ । केही स्थानीय जातका साथै उन्नततर्फ माछापुछ्रे, छुन्दुङ, हिमाली, सावित्री, जेठो बूढो, सुख्खा १, २, ३ लगायत उन्नत धानको खेती हुँदै आएको छ ।
Monday, June 8, 2020
विभिन्न टाेल-टाेलमा स्वास्थ्यकर्मी
Friday, June 5, 2020
पाण्डबखानीकाे रमुवामा मह शिकार
सुरेश छन्त्याल
गलकोट,२४ जेठ
गलकोट नगरपालिका वडा नम्वर १० स्थित रमुवामा महभिरको मह शिकार गरिएको छ । कोरोना कहरका विच पनि जोखिम मोलेर शिकारीले मह काढेका छन् । मह शिकारमा रमुवाका अनुभवी शिकारीको संलग्न रहेको थियो । बन्दोवस्तीका सामानसहित करिव १२ जना भन्दा वढीको टोलीले सामाजिक दुरी कायम गर्दै मह शिकारमा खटिएको थियो । ज्यानकै बाजी लगाएर कहालीलाग्दो भिरमा मह शिकार गरिएको थियो । निगालाको चोया र काठ प्रयोग गरी बनाइएको भर्याङ पराङ मा झुण्डिएर शिकारीले मह काढेका थिए । परम्परागत प्रविधि अपनाएर मह काढिएको थियो । ‘हाम्रा पूर्खाले जसरी मह शिकार गर्थे, त्यही प्रविधि र सीप हामीले अपनाएको छौं,’ स्थानीय महेश बुदाले भन्नुभयो । मह शिकारमा आगो, पराङ, सुथरी, झापा, दाबिलो, डोरी, डक लगायतका सामग्री प्रयोग हुने गरेको उहाँको भनाइ छ । शिकारी टोलीले शिकारमा जाँदा आफूसँग भएका ती सामग्री साथै लिएर जाने गर्दछन् । आँट, साहस भएको र स्वस्थ व्यक्ति मात्रै शिकारका लागि छनोट हुने गरेको एक शिकारीले बताउनुभयो । जिन्दगी दाउमा राखेर शिकार गर्नुपर्छ उहाँले भन्नुभयो ‘यो निकै साहसिक र जोखिमपूर्ण काम हो । बाउबाजेका पालादेखि नै मह शिकारको चलन रहेकाले आफूहरुले पनि निरन्तरता दिएको उहाँको भनाइ छ । कोरोना महामारीको कारण ‘अहिले प्रचारात्मक हिसाबले मह शिकार नगरिएको वडा अध्यक्ष तिलक घर्तीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो उक्त भिरमा साडे एक सय भन्दा बढी घार छन् । कोरोना महामारीको कारण अहिले मह महोत्सव व्यवस्थित तरीकाले मनाउन नसकिएको र आगामि दिनमा महको संरक्षणका लागि वडाबाट विशेष पहल गरीने र यसलाई पर्यटकिय क्षेत्रसंग पनि जोड्ने वताउनुभयो । ‘बिरलै हुने गरेको मह शिकार महभिरमा गरेका छौं अध्यक्ष घर्तीले भन्नुभयो, यसले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास छ । मह शिकार साहसिक कला भएकाले पर्यटकलाई आकर्षित गर्न सकिने देखिन्छ । त्यस्तै हामीले वैसाख १५ देखि जेठको दास्रो हप्ता सम्म मह सिकार गछौं गत वर्षमा राम्रो हुन्थ्यो विभिन्न स्थानबाट मानिसहरुको झमगट हुन्थ्यो यो वर्ष भने भएना र अहिले प्रत्येक घरदुरी अनुसार यहि गाउँमै वितरण भएको स्थानीय उदिम घर्तिले जानकारी गराउनुभयो ।
टोल –टोलमा जनप्रतिनिधी कार्यक्रम सम्पन्न ।
Wednesday, June 3, 2020
बागलुङमा भारतबाट आएका थप १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
जनहित माध्यमिक विद्यालयको क्वारेन्टाइनमा मनोवैज्ञानिक परामर्श ।
जातीय भेदभाव तथा छुवाछुत मुक्त दिवसको अबसरमा गलकोट बिशेष कार्यक्रम सम्पन्न
पाण्डबखानी अनलाइन खबर
गलकाेट,२१ जेठ
जातिय भेदभाव तथा छुवाछुत मुक्त दिवसको अबसरमा गलकोट श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
श्रद्धाञ्जली सभामाको अबसरमा पश्चिम रुकुमको सोतिमा भएको घटनामा ज्यान गुमाएका नवराज बिक, टिकाराम सुनार, लोकेन्द्र सुनार, सन्दीप बिक गणेश बुढा, गोबिन्द साहीको फोटोमा माल्यापण गर्द मृतक प्रति श्रद्धासुमन ब्यक्त गदैं परिवार जनमा समवेदना ब्यत्त गरिएको थियो ।
श्रद्धान्जली पछि बोल्दै कानुनि रुपमा समाबेशी समानताको अधिकारको ब्यबस्था भएपनि ब्याबहारीक रुपमा परिर्वतन हुन नसेकेको बताउनुभयो । उहाँले सरकारले दलित समुदायको मुद्धा स्थापित गर्न कानुनमा सबैधानिक अधिकारको रुपमा लिपिबघ गरेको भएपनि समाज रुपान्तरण गर्न समय लागेको बताउनुभयो ।
बिकले भन्नुभयो समाज रुपान्तरण गर्ने राजनिति, प्रशासनिक तथा सामाजिक संघ सस्थाको नेतृत्वमा दलित समुदायका प्रतिनिधीहरु हुनुपर्छ । उहाँले दलित र गैरदलितको बिभेद अन्त्य गर्न पहिले दलित दलित बिचको बिभेद तथा छुवाछुत अन्त्य हुनुपर्ने बताउनुभयो ।
उहाँले आफ्नो समुदायमा देखीएका समस्या समाधान भएमा मात्रै अन्य समुदायबिच समानताको र अधिकारको लागी संर्घष गर्न सहज हुने दाबीसमेत गर्नुभयो । अधिकृत बिकले जातिय बिभेद तथा छुवाछुतको अत्य गर्ने दरिलो माध्यम क्षमता तथा सिप बिकास रहेकोले आफ्नो क्षमता र सिप बिकास गरेमा छुवाछुतको अन्त्य हुने बताउनुभयो ।
उहाँले कानुनी ब्यबस्था अनुसारको अधिकार कागजमा सिमित भएकोले व्याबहारमा लागु गर्न दलित समुदाय सचेत बन्नुपर्ने बताउनुभयो । मानव सभ्यताको कलङ्कका रुपमा रहेको जातिय छुवाछुत तथा बिभेदलाई कानुनी रुपमा अन्त्य भएको अबस्थामा यसलाई सामाजिक रुपमा अन्त्य गर्नका लागि आ–आफ्नो स्थानबाट सक्रिय रहनुपर्नमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा सयुक्त दलित सञ्जाल बागलुङका अध्यक्ष धन बहादुर बिश्वकर्मा धिरेन, घुम्टे दलित सञ्जालका अध्यक्ष ओम सुनार, दलित अधिकार मञ्ज गलकोटका अध्यक्ष भक्त बहादुर नेपाली, दलित मुक्ति समाजका सदस्य वीर बहादुर नेपाली, नेपाल दलित संघ गलकोट नगरका प्रतिनिधी कृष्ण नेपाली, जातिय समाता समाज गण्डकी प्रदेश सदस्य खड्क बहादुर बिश्वकर्मा, संयुक्त दलित सञ्जालका जिल्ला उपाध्यक्ष अमिन परियार, सयुक्त दलित सञ्जाल गलकोट नगरपालिका वडा नमबर ७ का अध्यक्ष ललित मरासिनी, सयुक्त दलित सञ्जाल बागलुङका सदस्य चिन्ता नेपाली, गलकोट नगरपालिका वडा नमबर ३ का दलित महिला सदस्य तुलसी परियार, नमुना युवा क्ल्ब गलकोट नगरपालिका वडा नम्वर २ का सचिब भक्त बिश्वकर्मा लगाएतले जतिय भेदभाव तथा छुवाछुत मुक्त दिवसको अबसरमा शुभकामना तथा जातिय बिभेदको कारण पश्चिम रुकुमको सोतिमा भएको घटनामा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली समेत ब्यक्त गरेका थिए ।
कार्यक्रम सयुक्त दलित सञ्जाल गलकोट नगरका अध्यक्ष कबिराज नेपालीको अध्यक्षता, उपाध्यक्ष बालसिंह परियारको स्वागत तथा सदस्य चन्द्रकला सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।
Tuesday, June 2, 2020
रुकुम घटनाका दोषिलाई कारबाहीको माग गदै मिडियाकर्मी र छानविनकर्मी माथी प्रश्न ।
रुकुम घटनाका दोषिलाई कारबाहीको माग गदै मिडियाकर्मी र छानविनकर्मी माथी प्रश्न ।
सुरेश छन्त्याल
गलकोट, २० जेठ
रुकुम घटनाका दोषिलाई कारबाहीको माग गदै गलकोट नगरपालिका १० पाण्डबखानीमा रहेको संयुक्त दलित संजाल वडा समितिले पश्चिम रुकुमको घटनाको भत्सना गर्दै दलित भएकै कारण दलित समुदायका व्यक्ति २१ औ शताब्दिमा समेत विभिन्न घटनाहरुको सिकार बन्नुपरेको भन्दै पश्चिम रुकुमको अमानविय घटनाको भत्सना गर्दै घटनाको दोषिलाई कारबाहिको माग गरेका छन् ।
घटनाको भत्सना गर्दै पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नं ९ सोती निवासी शुष्मा मल्ल सँगको अन्तरजातिय प्रेम सम्बन्धका कारण स्थानिय गाँउलेहरुको कुटाईबाट जेठ १० गते राती जाजरकोट भेरी नगरपालिका वडा नं ४ राना गाँउका नवराज बि।क, चौरजहारी वडा नं ६ का टिकाराम बि।क, र गणेश बुढा मगरको हत्या भएका एवम् भेरी नगरपालिकाका १८ वर्षिय सन्जु बि।क, १७ वर्षिय गोबिन्द शाहि र १८ वर्षिय लोकेन्द्र सुनारलाई वेपत्ता पारिएको घटनाले सिङ्गो दलित र मानव समुदायलाई आक्रोसित बनाएको छ । यो घटनाले हामी सबैलाई स्तब्ध एवम् मर्माहत बनाएको छ भने अर्को तर्फ यो घटनाले संविधान र लोकतन्त्रको उपहास गरेको छ ।
अन्तरजातिय विवाह एवं प्रेम सम्बन्ध राखेकै र दलित भएकै कारण विगतमा काभ्रेका अजित मिजार सप्तरीका शिव शंकर दास, झापाकि अस्मिता तुलुङ्गे सार्की, तनहुकी संगिता परियार , सिन्धुपालचोकको माया तिरुवा, म्याग्दीकि सविता नेपाली लगायतका दलित युवा युवतीहरुको श्रृअलाबद्ध रुप्मा हत्या भएको थियो ।
संयुक्त दलित संजाल वडा समितिका अध्यक्ष लालबहादुर सुनारको अध्यक्षतामा बसेको भेलामा गलकोट नगरपालिका १० का वडा सदस्य धनबहादुर सुनार, रामप्रसाद वि.क, कमला वि.क, नविन भावुक, लालबहादुर वि.क लगाएतले आफ्–आफ्ना धाराणा व्यक्त गरेका थिए । कृष्ण सुनारको स्वागत मन्तब्यबाट सुरुभको कार्यक्रमको संचालन पवित्रा दर्जीले गरेका थिए । भने कार्यक्रमा बोल्ने वक्ताहरुले नेपालमा ६० लाख दलितको आवाज एउटै हुनुपर्ने भन्दै राष्ट्रियरुपमै यो घटनाको आवाज नउठेको गुनासो गरेका छन् । यो एतिहासिक खेल रहेको र घटना प्रति मिडियाकर्मी र छानविनकर्मी माथी प्रश्न गदै यस्तो घटना घट्टा पनि किन चुप लागि बसेका छन् किन हाम्रो समाचार लुगाईएको छ । भन्ने प्रश्न समेत गरेका थिए ।