Monday, June 15, 2020

केन्द्रीय लाइनकाे सपना पाण्डबखानीलाई

केन्द्रीय लाइनकाे सपना पाण्डबखानीलाई
गलकाेट, १ असार

सुरेश छन्त्याल
गलकाेट नगरपालिका १० पाण्डबखानीमा इन्टरनेट सेवा अवरुद्ध भए संगै पुन: संञ्चालनमा अाएकाे छ। बागलुङ बजारदेखि संञ्चालन हुँदै अाइरएकाे गलकाेट G ling.com ईन्टरनेट गलकाेट नगरपालिका ७ काे टाेकरी र खाल्तेपानी भन्ने ठाउँमा अवरुद्ध हुदा पाण्डबखानी अाउने लाइनमा समस्या देखिएको थियाे, गलकाेटबाट प्राविधिक अाई बनाए पछि इन्टरनेट सेवा सुचारु भएको छ । ईन्टरनेट नहुदा बैंकिङ काराेवार,मालपोत कर, सुचना अादानप्रदान लगाएत ईन्टरनेट मार्फत हुने सबै कामहरु थप्प भएका थिए।
त्यस्तै पाण्डबखानीबासीहरु केन्द्रीय लाईनकाे पर्खाइमा छन् । पाण्डबखानीकाे लागि केन्द्रीय लाइन माग भएको करिव ५ वर्ष भैसक्दा पनि अझै सम्म लाईन बल्ल सकिरहेकाे छैना, पाण्डबखानीमा केन्द्रीय लाइनकाे माग भएको धेरै वर्ष भयाे अहिलेसम्म किन र कस्काे कारण विधुत बल्न सकेकाे छैना कालिका स्पाेर्ट युथ कल्बका अध्यक्ष दिप घर्तिले बताउछन्। स्थानीय विधुत त छ तर विधुत अवरुद्घ हुन साथ समान बनाउन बुटवल लैजानुपर्छ बुटवल लैजान र अाउदा करिब ७ दिन अध्यारोमा बस्नुपर्ने, ठुला तथन साना फनिचर, बैंकिङ काराेबार, लगाएतमा समस्या झेल्दै अाउन बाध्यता हुन्छ छिटोभन्दा छिटाे केन्द्रीय लाइन बाल्न अनुरोध गर्दै स्थानीय दिपक घर्तिले बताउनु भयाे। यता स्थानीय विधुतका समितिहरुले क्षतिपूर्ति नदिए सम्म हाम्रै स्थानीय लाइन बाल्ने समितिले जनाएको छ।

No comments:

Post a Comment