एक नाल भरुवा बन्दुक सहित बडीगाड-७ माझखर्कबाट एक जना पक्राउ !
सिदार्थ राना
गलकाेट, १३, असार
बागलुङ जिल्लाका विभिन्न पालिकाहरुमा अझैपनि बिना ईजाजत लुकाई छिपाई राखिएका हातहतियार खरखजानाहरु प्रहरीले बरामद गरी अवैधरुपमा हातहतियार राख्नेहरुलाई कानूनी दायरामा ल्याईरहेको छ ।

गत जेठ महिनाको अन्तिम सातामा जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरी टोलीले ताराखोला गाउपालिका १ दरौँदीबाट
५ नाल भरुवा बन्दुक बरामद गरी ६ जनालाई नियन्त्रण लिएको थियो भने त्यस्को दुई हप्ता पछी आज प्रहरीले बडीगाड गाउपालिका ७ माझखर्क बस्ने वर्ष ५५ को दलबहादुर बुढालाई एक नाल भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख, प्रहरी उपरीक्षक शारदा प्रसाद चौधरीले जानकारी दिए । ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख, प्रहरी निरीक्षक प्रकाश सिँह भण्डारीको कमाण्डमा गएको प्रहरी टोलीले आज विहान भरुवा बन्दुक सहित त्यस्मा प्रयोग हुने कच्चा पदार्थ बारुद सिसाका छर्राहरुपनि बरामद गरेको हो ।
No comments:
Post a Comment