Monday, June 8, 2020

विभिन्न टाेल-टाेलमा स्वास्थ्यकर्मी

विभिन्न टाेल-टाेलमा स्वास्थ्यकर्मी
सुरेश छन्त्याल
गलकाेट,२६ जेठ
विश्व माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (covid -19) चिनको वुवान प्रान्तबाट फैलिरहेको भाइरसले विश्व नै आक्रान्त भएको अवस्थामा गलकोट नगरपालिका १० पाण्डबखानीमा पायक पर्ने विभिन्न टोल–टोलमा स्वास्थकर्मीको टोलि पुगी अन्तरक्रिया कार्यक्रम भैरहेको छ । गलकोट नगरपालिकाको आयोजना र पाण्डबखानी स्वास्थ चौकीको समन्यमा भहैरहेको कार्यक्रम मध्य हिजो ३ टोलका समुदाय र आज ४ टोलका समुदाय बिच अन्तरक्रिया गरिएको स्वास्थ चौकीकी इन्र्चाज रत्ना सुनारले जानकारी गराउनुभयो । कार्यक्रममा कोरोना भाइरस भनेको के हो, कसरी सर्छ, यसको लक्षण के हो, र यसबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा समुदाय विच स्वास्थ चौकीकी अनमी झरना सुनार, मनिसा श्रीस थापाले सहजिकरण गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष तिलक घर्ति, धनबहादुर सुनार, राधिका पुन, पत्रकार सुरेश छन्त्यालको विशेष सहभागिता रहेको थियो, भने समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष तिलक घर्ति मगरले यस कार्यक्रममा स्वास्थकर्मीहरुले भनेका र सिकाइएका कुराहरु हामीले पालना गयांै भने हामी र हाम्रो घरपरिवार, समुदमय र समाज कोरोना भाइरसबाट बच्न र बचाउन सफल हुने छौं, भन्दै सिकाइएका कुराहरु व्यवहारमा लिन सबैलाई आग्रह गर्नुभएको थियो । उतm कार्यक्रम भोलि रमुवा र २९ गते काफ्रेमा हुने जानकारी प्राप्त भएको छ।

No comments:

Post a Comment