गजल
गलकाेट, ७ असार
हाम्रो लिपुलेक पारी लिम्पियाधुरा झरौँ न नेपाली
हातमा हात समाई त्यो कालापानी तरौँ न नेपाली
दुश्मन आई बस्यो हाम्रो छातीमा काँडेतार राखेर,
मुटुको पीडा सकिँदैन भो खप्न केही गरौँ न नेपाली
हाम्रा पुर्खाले लडे नालापानीमा अनि वीरता देखाए,
पुर्खाको गौरव गुमाउनु भन्दा त सँगै मरौँ न नेपाली
सुस्ता अनि हाम्रो कालापानी दुख्छ सहेर के बस्नु ,
यो हाम्रो मातृभूमिको घाउमा मलम भरौँ न नेपाली
को हिमाली, को पहाडीया, को बासिन्दा मधेशका,
आऊ! तिमी र हामी मिलेर सुवास छरौँ न नेपाली
सोम रामजाली मगर
बागलुङ ।
No comments:
Post a Comment