अाफ्नाे जन्मदिनमा उप–प्रमुख रेणुका काउचा मगरद्धारा मानव सेवा आश्रमलाई अर्थिक सहयोग
पाण्डबखानी अनलाइन खबर
गलकाेट,१४ असार
गलकोट नगरपालिकाका उप–प्रमुख रेणुका काउचा मगरले बागलुङ सदरमुकाममा रहेको मानव सेवा आश्रमलाई अर्थिक सहयोग गरेकी छन । काउचाले आफ्नो जन्मदिनको अवसरमा आश्रमका लागि नगद १० हजार रुपैयाँ सहयोग गरेकी हुन ।
उनले नेपाल निजामती कर्मचारी युनियन बागलुङका उपाध्यक्ष एवं धौलागिरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मि देवप्रकाश घिमिरे मार्फत आश्रमका लागि सहयोग पठाएकी थिईन । आफ्नो व्ययस्तताका कारण सहयोगका लागि आश्रममा उपस्थित हुन नसकेका कारण घिमिरे मार्फत सहयोग पठाएको काउचाले बताईन । काउचाले पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौ खर्च गरेर अनावश्यक खर्च बढाउने क्रम बढेको भन्दै यस्ता प्रबृतिको रोक्नका निम्ती पनि आफुले आश्रमलाई सहयोग गरेको बताईन । हामी जन्मदिन मनाउने नाममा हजारौ खर्च गर्न पनि पछि पर्दैनौ काउचाले भनिन–“तर गरिब दिन दुःखीलाई विहान बेलुका छाक टार्न पनि मुस्की परेको छ भने आश्रमको व्यवस्थापनमा पनि उत्तिकै कठिनाई छ । यो अवस्थामा आश्रममा आश्रितको थप व्यवस्थापनका निम्ती केही सहयोग पुगोस भन्ने उद्देश्यले सानो रकम सहयोग गरेकी हुँ ।”
उनले आफुले सडकमा व्यसहाराको व्यवस्थापन र सडक मानव मुक्त बनाउने अभियानमा आश्रमलाई सधै साथ गर्ने बताईन । तिन वर्ष अघि स्थानिय समाजसेवी र युवाहरुको सक्रियतामा बागलुङ सदमुकाममा आश्रम संचालन गरिएको छ । आश्रममा बृद्ध, अशक्त अपांग र सडकमा अलपत्र परेका व्यक्तिहरु आश्रीत रहेको आश्रमको अभियान्ता एवं संचालक सुमिरा लामाले बताईन ।
No comments:
Post a Comment