टोल –टोलमा जनप्रतिनिधी कार्यक्रम सम्पन्न ।
सुरेश छन्त्याल
गलकोट, २३ जेठ
समुदाय, नागरिकको सहभागिता विना कल्पना सम्म पनि गर्न सकिदैन भन्ने उदेश्यले नागरिक सचेत रहे समाज र समुदाय सचेत रहन सक्दछ भन्दै गलकोट नगरपालिका १० वडा कार्यालय पाण्डबखानीले सचेत वर्ग सुदाय–समुदाय मिलेर उज्यालो भबिष्य भएको देशको परिकल्पना गर्न सकिने रहेछ, यो आजको आवश्यता हो र समुदाय र व्यक्तिगत (सामुयिक) हितको लागि जनप्रतिनिधी सहित स्वास्थकर्मी, शिक्षक, सहकारीकर्मी, पत्रकार, स्थानीय क्लब, आमा समुहको सहभागितामा प्रत्येक टोल टोलमा पुगि नागरिक स्वास्थ, शिक्षा, वित्तिय व्यवस्थापन(बचत), विकृति निवारण विषयमा छलफल गरि समुदायको माग अनुसार दुरी कायम गरी सुझाव संकलन सम्पन्न भएको छ । कोरोना भाइरस बारेमा कसरी व्यवस्थापन संगै रोगथाम न्युनिकरण गर्ने, सामाजिक बिकृति, कृषि व्यपवार, पासलाई व्यवस्थित, केन्द्रिय लाईनको माग, खेल मैदान, रहेक विकासमा प्रत्येक टोल संग समन्य गर्ने माग राखेका थिए । त्यस्तै पाण्डबखानीमा अत्ति आवस्यक आयात गर्ने, आयात गर्दा निच्क्षित सवारी मार्फत चालकले सुक्षित पिपिको प्रयोगगरी सान प्रयोग गर्ने, सम्पूर्ण पसलवालाले म्याद गुज्रिएको सामान बिग्री विरण नगर्ने, उच्ति मुल्यमा विक्री गर्ने, पाण्डबखानीमा रहेको होटेल तथा व्यवसायहरुले बेलुकी ५ देखि ८ बजेसम्म मदिरा तथा रक्सी जन्य प्रर्दाथ विक्री गर्ने, सामाजिक दुरी कायम गरी सुरक्षित तरीकाले सामान विक्री वितरण गर्ने लगाएतका निर्णय भएको र यस निर्णयलाइ पालना गरी सभ्य नागरीकको परिचय दिनहुन वडा अध्यक्ष तिलक घर्तिले बताउनु भयो ।
No comments:
Post a Comment