४७ सन्तानकी आमा जुनुको आग्रहमा हङकङ बस्ने चित्र पुनको नेतृत्वमा तिरिदिए २ लाख स्कूलको फी
सिद्धार्थ राना
गलकोट,१० असार
एकीकृत सिर्जनशील समाज नेपालमा आश्रित बालबालिकाको पालनपोषणका लागि सहयोगी दाताहरुको महत्वपूर्ण भूमिका रहँदै आएको छ ।
कोरोना भाइरसको महामारीले गर्दा सबै समस्यामा परेका छन् । अहिले लकडाउन केही खुकुलो भएपनि जनजीवन भने सामान्य भइसकेको छैन । यस्तो स्थितिमा समाजमा आश्रित बालबालिकाहरु बढी समस्यामा परेका छन् । अन्य समस्या त छँदैछ, उनीहरुले अध्ययन गर्ने विद्यालयको शुल्क बुझाउन समेत समाजलाई समस्या परेको थियो । यस्तो समस्या भोगिरहेका समाजका बालबालिकाको फीका लागि आमा जुनुको आग्रहमा हङकङमा बस्ने चित्र पुनको नेतृत्वमा २ लाख ३१ हजार फी तिर्नका लागि रकम प्राप्त भएको जुनुले बताइन् । सो रकम एकीकृत सिर्जनशील समाजका अध्यक्ष जयप्रकाश बुढामगर, उपाध्यक्ष भिमकुमार रोकामगर र कोषाध्यक्ष जुनु पुनमगरको उपस्थितिमा सुरेश पाइजाले बालबालिकालाई हस्तान्तरण गरेका थिए । आज नै विद्यार्थी पढ्ने ओडिसी इन्टरनेशनल एकेडेमीमा २ लाख रुपैयाँ बुझाएको छ । स्कूलमा अझै ४ लाख ३० हजार फी तिर्न बाँकी रहेको कोषाध्यक्ष समेत रहेका जुनुले नागरिकखबरलाई बताए । सहयोगी सहृदयी सबैमा जुनुलाई आभार व्यक्त गर्दै धन्यवाद दिएकी छन् ।
No comments:
Post a Comment