बागलुङमा भारतबाट आएका थप १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
पाण्डबखानी अनलाइन खबर
गलकाेट,२२ जेठ
भारतबाट आएर जिल्लाका विभिन्न क्वारेन्टिनमा बसेका १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।
पोखराको स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा बडिगाड गाउँपालिकाका ४ जना, निसीखोला गाउँपालिकाका ३ जना र गल्कोट नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा बडिगाड गाउँपालिकाका १६, २०, २१ र २५ वर्षीय पुरुष, निसीखोला गाउँपालिकाका ३३ वर्षीया महिला, २२ र २९ वर्षीय पुरुष र गलकोट नगरपालिकाका २०, २२ र २३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । योसँगै बागलुङका कोरोना संक्रमितको संख्या १८ पुगेको छ । दुई जना निको भएर घर फर्किएका छन् ।
No comments:
Post a Comment