Wednesday, June 3, 2020

जातीय भेदभाव तथा छुवाछुत मुक्त दिवसको अबसरमा गलकोट बिशेष कार्यक्रम सम्पन्न

जातीय भेदभाव तथा छुवाछुत मुक्त दिवसको अबसरमा गलकोट बिशेष कार्यक्रम सम्पन्न
पाण्डबखानी अनलाइन खबर
गलकाेट,२१ जेठ
जातिय भेदभाव तथा छुवाछुत मुक्त दिवसको अबसरमा गलकोट श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । 

श्रद्धाञ्जली सभामाको अबसरमा पश्चिम रुकुमको सोतिमा भएको घटनामा ज्यान गुमाएका नवराज बिक, टिकाराम सुनार, लोकेन्द्र सुनार, सन्दीप बिक गणेश बुढा, गोबिन्द साहीको फोटोमा माल्यापण गर्द मृतक प्रति श्रद्धासुमन ब्यक्त गदैं परिवार जनमा समवेदना ब्यत्त गरिएको  थियो । 

श्रद्धान्जली पछि बोल्दै कानुनि रुपमा समाबेशी समानताको अधिकारको ब्यबस्था भएपनि ब्याबहारीक रुपमा परिर्वतन हुन नसेकेको बताउनुभयो । उहाँले सरकारले दलित समुदायको मुद्धा स्थापित गर्न कानुनमा सबैधानिक अधिकारको रुपमा लिपिबघ गरेको भएपनि समाज रुपान्तरण गर्न समय लागेको बताउनुभयो । 

बिकले भन्नुभयो समाज रुपान्तरण गर्ने राजनिति, प्रशासनिक तथा सामाजिक संघ सस्थाको नेतृत्वमा दलित समुदायका प्रतिनिधीहरु हुनुपर्छ । उहाँले दलित र गैरदलितको बिभेद अन्त्य गर्न पहिले दलित दलित बिचको बिभेद तथा छुवाछुत अन्त्य हुनुपर्ने बताउनुभयो । 

उहाँले आफ्नो समुदायमा देखीएका समस्या समाधान भएमा मात्रै अन्य समुदायबिच समानताको र अधिकारको लागी संर्घष गर्न सहज हुने दाबीसमेत गर्नुभयो । अधिकृत बिकले जातिय बिभेद तथा छुवाछुतको अत्य गर्ने दरिलो माध्यम क्षमता तथा सिप बिकास रहेकोले आफ्नो क्षमता र सिप बिकास गरेमा छुवाछुतको अन्त्य हुने बताउनुभयो ।

उहाँले कानुनी ब्यबस्था अनुसारको अधिकार कागजमा सिमित भएकोले व्याबहारमा लागु गर्न दलित समुदाय सचेत बन्नुपर्ने बताउनुभयो । मानव सभ्यताको कलङ्कका रुपमा रहेको जातिय छुवाछुत तथा बिभेदलाई कानुनी रुपमा अन्त्य भएको अबस्थामा यसलाई सामाजिक रुपमा अन्त्य गर्नका लागि आ–आफ्नो स्थानबाट सक्रिय रहनुपर्नमा उहाँले जोड दिनुभयो ।   

कार्यक्रममा सयुक्त दलित सञ्जाल बागलुङका अध्यक्ष धन बहादुर बिश्वकर्मा धिरेन, घुम्टे दलित सञ्जालका अध्यक्ष ओम सुनार, दलित अधिकार मञ्ज गलकोटका अध्यक्ष भक्त बहादुर नेपाली, दलित मुक्ति समाजका सदस्य वीर बहादुर नेपाली, नेपाल दलित संघ गलकोट नगरका प्रतिनिधी कृष्ण नेपाली, जातिय समाता समाज गण्डकी प्रदेश सदस्य खड्क बहादुर बिश्वकर्मा, संयुक्त दलित सञ्जालका जिल्ला उपाध्यक्ष अमिन परियार, सयुक्त दलित सञ्जाल गलकोट नगरपालिका वडा नमबर ७ का अध्यक्ष ललित मरासिनी, सयुक्त दलित सञ्जाल बागलुङका सदस्य चिन्ता नेपाली, गलकोट नगरपालिका वडा नमबर ३ का दलित महिला सदस्य तुलसी परियार, नमुना युवा क्ल्ब गलकोट नगरपालिका वडा नम्वर २ का सचिब भक्त बिश्वकर्मा लगाएतले  जतिय भेदभाव तथा छुवाछुत मुक्त दिवसको अबसरमा शुभकामना तथा जातिय बिभेदको कारण पश्चिम रुकुमको सोतिमा भएको घटनामा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली समेत ब्यक्त गरेका थिए । 

कार्यक्रम सयुक्त दलित सञ्जाल गलकोट नगरका अध्यक्ष कबिराज नेपालीको अध्यक्षता, उपाध्यक्ष बालसिंह परियारको स्वागत तथा सदस्य चन्द्रकला सुनारको सञ्चालनमा सम्पन्न भएको थियो । 

No comments:

Post a Comment