Monday, June 29, 2020

देखियो बागलुङमा सलह

देखियो बागलुङमा सलह
गलकोट, १५ असार
सुरेश छन्त्याल
सोमबार बिहान बागलुङको बडिगाड गाउँपालिकाको ग्वालिचौर खार बजारमामा फाट्टफुट्ट रुपमा सलह देखिन थालेका छन् । पत्रकार कमल पौडेलले ति सलह गुल्मी हुँदै ग्वालिचौर आईपुगेको हुन सक्ने बताउनु भयो ।
बुटवलदेखि पाल्पापुगेको सलहको एक झुण्ड गुल्मीमा आईपुगेको र त्यो फाट्टफुट्ट रुपमा ग्वालिचारैमा देखिएको स्थानीयले बताएका छन् । जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुषालले आफ्नो फेसबुक पेजमा ‘बडिगाड गाउँपालिकको खार बजारमा पनि सलह देखियो’ ९फोटो राखेर० लेखेर सलह देखिएको पुष्टि गर्नु भएको छ । गुल्मीदेखि जम्मा ५ किलोमिटरको दुरीमा रहेको ग्वालिचौरमा सलह देखिन थालेपछि कृषकहरु चिन्तित बन्न थालेका छन् । ठूलो संख्यामा उड्ने र बाली खाने भएकाले त्यसले कृषिमा ठूलो क्षति पुर्याउने भन्दै कृषकहरु चिन्तित बनेका छन् । सलहको एक झुण्ड पाल्पा हुँदै गुल्मीको मुुसिकोट नगरपालिकाको वडा न। ५ मा माहुरीको बथान जस्तै झण्डै आधाघण्टा जति उडेको स्थानीयलाई उदृत गर्दै पत्रकार पौडेलले बताउनु भयो । ति सलहको झुण्ड मुसिकोटमै रहेको मालारानी जङ्गल तर्फ गएको समेत बताईएको छ । त्यही झुण्डबाट छुटिएर केही सलह ग्वालिचौरमा आईपुगेको हुन सक्ने बताईएको छ । यसले बागलुङमा सलहको जोखिमलाई बढाएको छ । ग्वालिचौरमा सलह देखिन थालेपछि गाउँपालिकाको कृषि शाखाले कृषकलाई सचेत रहन अनुरोध गर्दै रेडियो मार्फत सूचना जारी गरेको छ । सलहको बथाननै आईहालेको खण्डमा त्यसबाट हुने क्षति जोगाउन जाली प्रयोग, थाली ठटाउने, धुवाँ निकाल्ने र तिनीहरुलाई बस्न नदिने वातावरण गराउन कृषकलाई अनुरोध गर्दैै सूचना जारी गरिएको छ ।

No comments:

Post a Comment