अन्तर्राष्ट्रिय कुरास खेलको नेपाली टोलीमा दुईजना छन्त्यालहरु सहभागी हुने।
अन्तर्राष्ट्रिय स्तरको कुरास खेलको नेपाली राष्ट्रिय टोलीमा दुईजना प्रतिभाशाली छन्त्यालहरु छनौट भएका छन् । दीपक छन्त्याल र अस्मिला छन्त्याल तुर्कमेनिस्तानको अस्गाबातमा हुने पाँचौ एशियन इन्डोर एण्ड मार्शल आर्टस गेम्समा सहभागी हुनेछन् । एशियन ओलम्पिक कमिटिको आयोजना सेप्टेम्बर १७ देखि २७ तारिखसम्म प्रतियोगिता सम्पन्न हुनेछ । नेपाल कुरास संघले नेपाली राष्ट्रिय टोलीमा छनौट भएका खेलाडीहरुलाई विदाइ कार्यक्रम सम्पन्न गरेको छ । यसैगरी छन्त्यालद्वयलाई नेपाल छन्त्याल संघले एक कार्यक्रम आयोजना गरी बधाई तथा शुभकामना दिएको छ । संघको भवन मनमैजुमा आयोजित कार्यक्रम मनमोहन छन्त्यालको अध्यक्षता र बलमान छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो । मनमाया छन्त्यालले स्वागत गरेकी थिइन् । खेलाडीहरुलाई सफलताको शुभकामनासहित विदाई गरिएको थियो । छन्त्यालद्वयलाई हाम्रो पनि शुभकामना !
Sunday, September 17, 2017
अन्तर्राष्ट्रिय कुरास खेलको नेपाली टोलीमा दुईजना छन्त्यालहरु सहभागी हुने।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment