६ वर्षदेखि कोमामै
‘सरकारले जिम्मा लिनु पर्दैन
सुरेश छन्त्याल/बागलुङ
ललितपुरको ग्वार्कोस्थित अर्थोप्लास्ट रिहाब सेन्टरमा कोमामा रहेका
३४ वर्षीय गिरीबहादुर विककाे साथमा उनकी श्रीमतीकृष्णाकुमारी । विक ६ वर्षदेखि कोमामा छन् । कृष्णाकुमारी विकलाई रातमात्रै परिदिओस् जस्तो लाग्छ । रात परेपछि अर्थोप्लास्ट रिहाब सेन्टरको बिलको चिन्ता लिनु पर्दैन । कृष्णकुमारी बागलुङको गलकाेट नगरपालिका १० साविक बाट बागलुङको हरिचाैर मा विवाह भएको थियाे। ९३ हजार रुपैयाँको बिललाई सम्हालेर राखेकी छन् । यो सेन्टरको पछिल्लो बिल श्रीमान् गिरीबहादुर विकलाई उपचार गरेबापतको हो । जसको भुक्तानी गर्न उनले सकेकी छैनन् ।गिरी ७ वर्षदेखि कोमामा छन् । उनी सन् २०११ डिसेम्बर २ तारिख कतारको सडक दुर्घटनामा परेका थिए । हमाद अस्पतालले गिरीलाई त बचायो तर पहिलेजस्तो अवस्थामा ल्याउन सकेन । गिरीलाई गत भदौ १० मा काठमाडौं ल्याइएको थियो । सास रहेसम्म आस रहन्छ भन्छन् । ३४ वर्षीया कृष्णाकुमारीलाई आशा लाग्यो । गाउँ लैजाने आँट आएन ।
थप उपचारका लागि काठमाडौंको अस्पतालमा राखिन् । गिरीलाई
ल्याएका चिकित्सको टोलीले बयोधा अस्पतालको जिम्मा
लगाएर फर्के । बयोधामा ४२ दिन राखे । उनले खर्च धान्न सकिनन्
। ४२ दिन राख्दा झन्डै ६ लाख सकियो । सामान्य
फिजियोथेरापी गर्नका लागि गिरीलाई ग्वार्कोस्थित
अर्थोप्लास्ट अस्पतालमा ल्याएर राखियो । अर्थोप्लास्टमा फिजियोथेरापी हुन्छ । यसमा राखेबापत बेडको एक हजार तिर्नुपर्दथ्यो । ‘धेरै लामो समय राखेपछि मेरो अनुरोधमा बेडको शुल्क आधा भयो । तर औषधि र घाउको ड्रेसिङ गर्दा दिनमा हजार रुपैयाँ त नाघिहाल्छ,’ उनले भनिन्, ‘मैले आफ्नो क्षमताले सकेसम्म गरें । उताबाट क्षतिपूर्ति आएको थियो । त्यसबाटै उपचार भयो । त्यो रकम उपचारमै सकियो । अब थप उपचार खर्च धान्न मुस्किल पर्ने भयो ।’गिरीले हमाद अस्पतालबाट गुणस्तरीय
स्वास्थ्य सेवा पाएका थिए । उनलाई हेरविचार गर्ने छुट्टै नर्स थिइन्
। नर्सले हरेक दिनको रिपोर्ट तयार परेर डाक्टरलाई
बुझाएकी हुन्थिन् । गुणस्तर खाना खुवाइन्थ्यो । एउटा
विशेष कोठामा राखिएको थियो । यी विषयमा
कृष्णाकुमारी जानकार थिइन् । अस्पतालमा भेट्न गइरहने
आफन्त, गाउँले दाजुभाइले हप्तापिच्छे नै गिरीको खबर
दिइरहेका हुन्थे । उनीहरूको सल्लाह हुन्थ्यो, ‘नेपाल
लगे यहाँको जस्तो उपचार पाइँदैन । तिमीले अस्पतालको
खर्च धान्न सक्दिनौं । यतै राम्रो छ । ल्याउने कुरा नगर ।’
उनलाई श्रीमान् भेट्ने इच्छा थियो । बारीमा
उब्जेको अन्नपातले ६ महिना पुग्थ्यो । नेपालमा ल्याएर उपचार गर्न
सकिने अवस्था नभएपछि उनले पनि जोड गरिनन् । हमाद
अस्पतालले बिरामीको जिम्मा लिन नेपाल सरकारलाई अनुरोध
गर्यो । सरकार आफैंले बिरामीको जिम्मा लिएन । सरकारले
विदेशमा कोमामा परेका बिरामीलाई ल्याएर उपचार गर्ने
व्यवस्था पनि मिलाएको थिएन । सरकारले पनि जिम्मेवारी
लिन पन्छिएपछि हमाद अस्पतालले दिनहुँ कृष्णालाई फोन गर्यो ।
कतारस्थित नेपाली दूतावासले आफूले मात्रै फोन गरेन कि
बागलुङ सेवा समाजका अगुवाहरूलाई पनि सम्झाउन दबाब बढायो ।
‘हमाद अस्पतालले बिरामीलाई नबुझ्ने हो भने
क्षतिपूर्तिबाट आएको रकम महिनाको तीन लाख काटदै जाने
बताउन थाल्यो । दूतावासका सर/म्याडमले पनि गिरीलाई
बुझ्नुबाहेक अर्को विकल्प नभएको बताउन थाले,’ कृष्णाले भनिन्,
‘केही विकल्प नभएपछि नेपालमा ल्याएर उपचार गर्न
राजी भएँ ।’कृष्णाले कैयौं पटक दूतावासलाई भनेकी थिइन्, ‘कतारलेत्यत्रो वर्ष उपचारको जिम्मा लियो । नेपालमा ल्याएपछि हाम्रो सरकारले उपचारको व्यवस्था मिलाइदिनुपर्छ । तर दूतावासले त्यसको व्यवस्था नमिलाई बिरामी पठाइदिए ।’
दूतावास र हमाद अस्पतालले जबर्जस्ती जिम्मा लगाउँदा
गिरी परिवारको हाल के भयो ? अर्थोप्लास्ट अस्पतालमा
गएर हेर्दा कसैको मन थामिँदैन । गिरीका बाबु डलबहादुर ६३ वर्षका भए । उनका तीन छोरा र दुई छोरी छन् । एउटा
छोरी सुस्तमनस्थितिकी छिन् । ३५ वर्षको उमेरमा श्रीमतीको मृत्यु भए पनि उनले दोस्रो विवाह गरेनन् । बच्चाहरूलाई हुर्काएर बसे । गिरी उनका कान्छा छोरा हुन् । गिरीको अवस्था देखेपछि डलबहादुरको मनमा चैन छैन । धेरै तनाव भएपछि उनी पनि गएको
फागुनमा प्यारालाइसिस भए । ‘ससुरा र छोरालाई एकै ठाउँमा राखेर उपचार भइरहेको छ,’ कृष्णाले भनिन्, ‘दुवै जना अलग–अलग कोठामा छन् । ससुराको अवस्था सुधारोन्मुख छ ।’
डलबहादुरलाई एक्लै कोठामा बस्न गाह्रो हुन्छ । छोराको अनुहार
हेर्न लठ्ठी टेक्दै घरीघरी कोठा पुग्छन् । ‘बरु म पहिले मरेको भए मेरो मन त शान्त हुन्थ्यो,’ भन्छन्, ‘म निकै अभागी बाबु रहेछु ।’
कतारबाट ल्याउँदा गिरीको टाउकोमा चोट लागेको दागमात्रै थियो
। मोटोघाटो थिए । अरू घाउखटिरा केही थिएन ।
Sunday, September 17, 2017
६ वर्षदेखि कोमामै ‘सरकारले जिम्मा लिनु पर्दैन
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment