मंगलबारदेखि दशैंको
अग्रीम टिकट बुकिङ
खुल्ने
भाडादर बढाउने प्रक्रिया अघि बढ्ने
२४ भदौ, काठमाडौं । भदौको २७ गते अर्थात अागामी
मंगलबारदेखि दशैंको अग्रीम टिकट बुकिङ खुल्ने भएको छ ।
आज यातायातमन्त्री वीरबहादुर बलायरको उपस्थितिमा
भएको सरोकारवालाको बैठकमा यातायात व्यवसायी
अग्रीम टिकट बुकिङ खोल्न सहमत भएका हुन् ।
यसअघि सरकारले भदौ २२ गते बुकिङ खोल्ने निर्णय गरेपनि
विभिन्न माग तेर्स्याएर व्यवसायीले बुकिङ खोलेका थिएनन् ।
आजको बैठकमा पनि व्यवसायीले भाडा समायोजन
प्रक्रिया अघि नबढे बुकिङ नखोल्ने बताएका थिए ।
Advertisment
मन्त्रालयले सार्वजनिक सवारीको वैज्ञानिक भाडादर
समायोजनको प्रक्रिया अघि बढाउने आश्वासन दिएपछि
व्यवसायी बुकिङ खोल्न सहमत भएका हुन् ।
अब २७ गतेबाट नयाँबसपार्क, गौशाला, बालाजु, कोटेश्वर,
कलंकी लगायतका स्थानबाट अग्रमी बुकिङ खुला हुने
यातायात विभागका प्रवक्ता डा. टोकराज पाण्डेले
अनलाइनखबरलाई बताए ।
‘दशैंमा यात्रुलाई सुरक्षित र सहज तवरले घर पुर्याउन सरकार
प्रतिवद्ध छ । यातायात व्यवसायीले पनि यसमा सहयोग
गर्नुहुनेछ’ प्रवक्ता पाण्डेले भने ।
काठमाडौं उपत्यकाबाट दशैं मान्न झण्डै २० देखि २५ लाख
यात्रु बाहिरिने अनुमान छ । व्यवसायीले यसपटक सडकको
अवस्था खबराव रहेको, छतमा सामान हाल्न नदिने
अव्यवहारिक व्यवस्था गरेको, भाडादर समायोजनामा चासो
नदिएको लगायतमा कारण देखाउँदै बुकिङ खोल्न आनाकानी
गरेका थिए ।
तर, मन्त्री बलायरले व्यवसायीको मागमा विषयमा सरकार
गम्भिर रहेको भन्द्यै दशैंमा यात्रुलाई सहज रुपमा घर जाने
वातावरण बनाउन अनुरोध गरेका थिए । त्यसैका आधारमा आज
व्यवसायीले बुकिङ खोल्ने विषयमा सहमति जनाएका हुन् ।
Saturday, September 9, 2017
मंगलबारदेखि दशैंको अग्रीम टिकट बुकिङ खुल्ने भाडादर बढाउने प्रक्रिया अघि बढ्ने
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment