दशैंको टीकाको
साइत ११:५५ मा
१४असोज, काठमाडौं । यस वर्षको बडादशैंको टीकाको
उत्तम साइत ११ बजेर ५५ मिनेटमा परेको छ । यस वर्षको बडादशैं
आज(असोज १४ गते) हो ।
विजया दशमी पनि भनिने दशैंमा मान्यजनहरुबाट टीका जमरा
थापेर आशिर्वाद लिने चलन छ ।
दशैंको टीकाको दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन
गर्ने शुभ साइत छ । देवी विसर्जन गरिसकेपछि बिहान ११ बजेर
५५ मिनेटको साइतमा टीका लगाउन उत्तम हुने नेपाल
पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र
गौतमले जानकारी दिए ।
टीका र जमरालाई दूर्गादेवीको प्रसादको रुपमा लगाउने
प्रचलन छ । कसैकसैले टीकाको दिनदेखि कोजाग्रत
पूर्णिमासम्म र कसैले विजया दशमीको दिनमात्र टीका
लगाउने गर्दछन् ।
असोज १९ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन
महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैं औपचारिक रुपमा
सम्पन्न हुन्छ ।
Friday, September 29, 2017
दशैंको टीकाको साइत ११:५५ मा
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment