Monday, October 30, 2017

खर्वाङमा २२ केजी १ सय ग्राम लागु पदार्थ चरेस बरामद, एक जना अभियुक्त पक्राउ एकजना फरार !

खर्वाङमा २२ केजी १ सय ग्राम लागु पदार्थ चरेस बरामद, एक
जना अभियुक्त पक्राउ एकजना फरार !
सुरेश छन्त्याल, पाण्डबखानी२०७४ कात्तिक १३ ।
बडीगाड गाउपालिकाको खर्वाङ प्रहरी चौकीले एक जनालाई ठुलो मात्रामा लागु औषध चरेस सहित पक्राउ गरेको छ । निज संग रहेको अर्को व्यक्ति फरार रहेको प्रहरीलेबतायो । निज अभियुक्तलाई हिँजो साँझ साढे ६ बजेको समयमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बडीगाड गाउपालिका-२ खर्वाङ देखी नजिकै रहेको हाँडी खोलामा झोला बोकेका दुईजना व्यक्तिलाई शंकाष्पद अवस्थामा देखेपछी प्रहरी हवल्दार टकबहादुर प्रजाको नेतृत्वमा गस्तीमा रहेको खर्वाङ प्रहरीको टोलीले निजहरुको पिछा गर्दा उनिहरु हतार हतार दरम खोलाका पुल तरेर पारी मुसिकोट नगरपालिका ७ न्वाँर स्थित गंगा होटलमा पसेपछी उनिहरुलाई नियन्त्रणमा लिन खोज्दा एक जना भागेको र अर्को एक जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा गल्कोट नगरपालिका वडा नम्बर १० पाण्डवखानी काप्रे घर बताउने ४६ बर्षिय धन बहादुर बुढा रहेको प्रह प्रजाले बताए । अभियुक्तहरुले बोकेको झोलामा अबैध लागु औषध चरेस २२ केजी १ सय ग्राम भन्दा बढी रहेको प्रहरीले बताएकाे छ ।नियन्त्रणमा लिईएका एक जनाले आफनो नाम धनबहादुर बुढा बताएको र अर्को टेकबहादुर बुढा भएको जानकारी दिएको तर निज अभियुक्त बुढाले कुरा फेरिरहने गरेको पनि प्रहरी हवल्दार प्रजाले बताए । हामीहरुलाई कुनै एक व्यक्तिले ५ हजार रुपयाँ दिन्छु यो वामी टक्सार सम्म लगिदेउ भनेर पठाएको बताएपनि त्यस व्यक्तिलाई आफुले नचिनेको नियन्त्रणमा रहेका बुढाले बताएको प्रहरी श्रोत भन्छ । नियन्त्रणमा लिईएका बुढा र बरामद गरिएको चरेस सहित
आाईतवार रातिनै ईलाका प्रहरी कार्यालय हरिचौरबाट प्रनि अर्जुनध्वज अधिकारीको कमाण्डमा आएको प्रहरी टोलीले हरिचौर लगेको थियो । आज दिउँसो पनि प्रनि अधिकारीको टोली खर्बाङ आएर घटनास्थल अबलोकलन गरेर गएको छ । ईलाका प्रहरी हरिचौरका प्रनि अधिकारीले ईबागलुङसंग कुरा
गर्दै अभियुक्त र बरामद चरेस सहित थप कार्बाहीको लागि मंगलबार जिल्ला प्रहरी कार्यालय बागलुङमा पठाईने जानकारी
दिए ।

रणसिहकिटेनीका पुनलाइ पाण्डबखानीबाट सहयोग

णसिहकिटेनीका पुनलाइ पाण्डबखानीबाट सहयोग
पाण्डबखानी अनलाइन खबर/सम्वाददाता
गत २०७४ /४/ ९ गते बागलुङको वडिगाड गाउँपालिका रणसिंह किटेनी ८ घाेरघाेरे निवासी मन बहादुर पुनकाे पिक अप जलजलाबाट खर्वाङकाे लागि छुटेकाे ध १ ग १८४ नम्बरको पिक अप दुर्घटना हुदा ४ जनाकाे घटना स्थलमै ज्यान गएकाे थियाे,भने ६ जना घाइते भएका थिए। उनै घाटेहरुकाे उपचारकाे खर्च नपुेकाे हुदा यदिबेला सहयाेग माग्ने क्रममा गलकाेट नगरपालिका १० पाण्डबखानी साविक ७,८र ९ का बासिन्दाहरुले उनी गाडि मालिक पुनलाइ रु ३२१३५ सहयोग भएको छ।

Saturday, October 28, 2017

नेपालि काग्रेसका पुन र मल्ल गलकोटका प्रत्येक घरघरमा

नेपालि काग्रेसका पुन र मल्ल गलकोटका प्रत्येक घरघरमा
नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवारहरुले घरदैलो तथा मतदाता भेटघाटलाई तीब्र बनाएका छन् । क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार नरबहादुर पुन निरज सहितको टोलिले आज गलकोट नगरपालिका वडा नम्बर ८ मल्म र वाड नम्बर १० पाण्डवखानीमा घरदैलो अभियान सम्पन्न गरेको छ । घरदैलो अभियानमा नर बहादुर  पुन निरजले काग्रेसले गलकोटको विकास निमार्णमा महत्वपुर्ण भुमिका खेल्दै आएको बताउनुभयो । उहाँले यसअघि सांसद हुदाँ गलकोटको बिकासका लागी योगदान दिएको स्मरण गराउदै अबको निर्वाचनमा पनि बिजय बनाई अपुरा कामहरु पुरा गर्ने मौका दिन आग्रह गनुभयो । यसैबिच नेपालि काग्रेस बागलुङ क्षेत्र नम्बर २ का प्रदेश सदस्य १ का उम्मेदवार मञ्जेश बम मल्लले ताराखोलामा घरदैलो कार्यक्रम गनुभएको छ । घरदैलो अभियानमा तिलक घर्ति, प्रेमदत्त ढकाल, पवन हमाल र मुक्ति रोका सहभागी हुनुभएको छ । भेटघाट तथा घरदैलो कार्यक्रममा बोल्दै बम मल्लले गणतन्त्रको संस्थागत विकास र संविद्यान निर्माण नेपाली काँग्रेसको नेतृत्वमा भएको भन्दै संविद्यान कार्यान्वय र अवको विकासका लागि नेपाली काँग्रेसका उम्मेद्वारहरुलाई  विजयी गराउन आग्रह गनुभयो छ।

Thursday, October 26, 2017

सञ्चारकर्मी छन्त्यालकाे शब्दमा दुई गितकाे भिडियो युटुभमा

सञ्चारकर्मी छन्त्यालकाे शब्दमा दुई गितकाे भिडियो युटुभमा
पाण्डबखानी अनलाइन खबर/सम्वाददाता
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा जन्मु भएका सञ्चारकर्मी सुरेश छन्त्यालले पुरन प्रभात संग सहकार्य गरेर दुई गितकाे भिडियो सार्वजनिक गरेकाछन्।उनले गलकाटकै चर्चित गायक नवीन राना संग मिलेर दशै तिहारैमा भिडियो सार्वजनिक गरिसकेकाछन् भने अहिले गलकाेटका चर्चित गायिका देवि घर्ती र पुरन प्रभातकाे स्व�रमा रहेको पान मिठाे कि सुपारी र पाण्डबखानीनै सर्जक गायक कमल श्रीस र सृष्टि पुनकाे स्वरमा रहेको धौलागिरीकै उत्कृष्ट पन्चे बाजा माया संग घुम्टे जाने हाे भिडियो युटुभमा सार्वजनिक गरेका छन्।दवै गितमा छन्त्यालकाृ शब्द छ भने रक्षा म्युजिक प्रालिले बजारमा ल्याएकाेछ।छन्त्याल पत्रकारिता संगै साङ्गिति क्षेत्र हुमिएका छन्।

Wednesday, October 18, 2017

प्रगति वायम क्लबको१९ आैं वार्षिकोत्सब सम्पन्न।

प्रगति वायम क्लबको१९ आैं वार्षिकोत्सब सम्पन्न।
२०७४/कात्तिक /१,बुधबार
पाण्डबखानी अनलाइन खबर/
सुरेश छन्त्याल
बागलुङको गलकाेट नगरपालिका१० पाण्डबखानी �फुर्सेकाे १९ वार्षिकोत्सबकाे सम्पन्न भएको छ।क्लबका अध्यक्ष कृष्ण पौडेलकाे सभापतित्याे गलकाेट नगरपालिका नगर प्रमुख भरत गैरे शर्मामाकाे प्रमुख आथितियता गलकाेट नगरपालिका १० का वडा अध्यक्ष तिलक घर्तीकाे विषेश आथितियतामा क्लबका कृष्ण शर्मामाकाे स्वागत मन्तव्यबाट सुरुभएकाे कार्यक्रममा गलकाेट नगरपालिका३का वडा अध्यक्ष विर्जन भण्डारी,राधिका पुन बरिस्ठ समाजसेवी मानसिंह छन्त्याल लगायतले शुभ कामना मन्तव्य व्याक्त गरेका थिए।भने कार्यक्रमकाे संञ्चालन रेशम शाइले गर्नु भएको थियाे।पुरुष भलिबलतर्फ
प्रथम रमुवा
दाेस्राे ज्याथर
महिला भलिबलतर्फ
प्रथम पन्ञधारा ज्याथर
दाेस्राे नव प्रतिभा साेरमने भएका छन्।
महिला रस्साक्सामा
प्रथम ज्याथर
दाेस्राे अायाेजक
भतलमा पानी छिराउनेमा
प्रथम कालिका सुनपानी
दाेस्राे ज्याथर
तेस्राे उपल्लो फुर्से
भएका छन्।

रिघाका एक युवाले मादलकाे व्यापारबाट तीन लाखकाे अाम्दामी गर्दै।

रिघाका एक युवाले मादलकाे व्यापारबाट तीन लाखकाे अाम्दामी गर्दै।
२०७४/कात्तिक/२ विहिबार
दिवान घर्ती मगर/ रिघा
गल्काेट नगरपालिका रिघा ११ बागलुङका  ऋषि नेपालीले मादलको व्यापार गरेर मनग्य आम्दानी गरेका छन् नेपालीहरुको बढ्दो बेरोजगारीको समस्याले विदेश पलायन हुने क्रम नरोकिएको बेला उनी भने इटहरी गइ मादल बनाउने सीप सिकेर गाउँ फर्किए।चाडवाडको समय अहिले उनलाई भ्याइनभ्याई भएको छ।नयाँ मादल किन्न तथा पुराना मादल मर्मत गर्न भनी रिघा वरपर मल्म,काँडेबास्,खर्बाङ्,ग्वालीचौर ,बुर्तिबाङ् साथै गुल्मीको अर्लाङ्कोट,वामी,भुवाचिडी,मुसिकोटदेखी तम्घास सम्मका ग्राहक आउने गरेका छन् ।मादल बनाउन आवश्यक सामाग्रीहरु
इटहरी तथा काठमाडौदेखि ल्याउने गरेका उनले बताए। तिहारको समयमा करिब एक लाख लगानी गरेर तीन लाख सम्मको व्यापार भइरहेको र अन्य समयमा बाँसबाट मूणा समेत बुन्ने गरेको नेपालीले बताएका छन्।नेपाली गरेकाे सिपलाइ हामी मूल्यांकन गर्दै हाम्राे सहयाेग रहनेछ।

Tuesday, October 17, 2017

प्रगति वायम क्लबको१९ आैं वार्षिकोत्सब उट्घाटन,५ वर्ष भित्र पाण्डबखानीकाे समस्या पूरा गर्ने प्रमुख शर्मा

प्रगति वायम क्लबको१९ आैं वार्षिकोत्सब उट्घाटन,५ वर्ष भित्र पाण्डबखानीकाे समस्या पूरा गर्ने प्रमुख शर्मा
२०७४/असाेज/३१,मंगलबार
पाण्डबखानी अनलाइन खबर/
सुरेश छन्त्याल
बागलुङको गलकाेट नगरपालिका१० पाण्डबखानी �फुर्सेकाे १९ वार्षिकोत्सबकाे उट्घाटन सम्पन्न भएको छ।क्लबका अध्यक्ष कृष्ण पौडेलकाे सभापतित्याे गलकाेट नगरपालिका नगर प्रमुख भरत गैरे शर्मामाकाे प्रमुख आथितियता गलकाेट नगरपालिका १० का वडा अध्यक्ष तिलक घर्तीकाे विषेश आथितियतामा क्लबका कृष्ण शर्मामाकाे स्वागत मन्तव्यबाट सुरुभएकाे कार्यक्रममा गलकाेट नगरपालिका प्रमुख भरत गैरे शर्माले
५ वर्ष भित्र पाण्डबखानीका समस्या संगै विकासका कुरा सम्भावना रहेका र छिट्टै समाधान गर्ने  प्रमुख अथिति रहनु भएका  शर्माले प्रतिप्रथदा गर्नुभएको छ।
त्यस्तै गलकाेट नगरपालिका१० का वडा अध्यक्ष तिलक घर्तीले गलकाेट विकास हुनु पाण्डबखानीकाे विकास हुनु र समाज परिवर्तन गर्न व्याक्ति नै परिवर्तन हुन अावस्यक रहेकाे बताउनु भयाे।गलकाेट नगरपालिका३का वडा अध्यक्ष विर्जन भण्डारी,राधिका पुन बरिस्ठ समाजसेवी मानसिंह छन्त्याल लगायतले शुभ कामना मन्तव्य व्याक्त गरेका थिए।भने कार्यक्रमकाे संञ्चालन रेशम शाइ र रामप्रसाद वि.क ले गर्नु भएको थियाे।फाइनल खेल भाेलि समापन हुने।अायाेजकले बताएको छ।

Sunday, October 15, 2017

गलकोट रिघामा गाउँ टोलमै वितरण गरिँदै छ सामाजिक सुरक्षा भत्ता

गलकोट रिघामा गाउँ टोलमै वितरण गरिँदै छ सामाजिक सुरक्षा भत्ता
पाण्डबखानी अनलाइन खबर/सम्वादादता
गल्कोट नगरपालिका वडा नं. ११ मा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। जेष्ठ नागरिक, एकल महिला, अपांगता भएकाहरु र दलित बालबालिकाहरु गरि १ सय २० जनालाई आज ५ लाख वढि वितरण गरिएको वडा अध्यक्ष डम्बर श्रीसले जानकारी दिए।  वडाकार्यालयले सामाजिक सुरक्षा भत्ता वितरणलाई टोलटोलवाट गर्ने गरेको छ ।आईतबार विहान १० वजे सानो रिघा आधारभूत विद्यालयवाट, दिउसो १ वजे मनेवा आधारभूत विद्यालयवाट र दिउसो ४ वजे मनेवा पाटा वाट सुरक्षा भत्ता वितरण गरिएको छ । भने सोमबार विहान १० वजे खिरेदी धारा मन्दिरमा सामाजिक सुरक्षा भत्ता वितरण गरिने अध्यक्ष श्रीसले जानकारी दिए । सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा वडा अध्यक्ष डम्वर श्रीस, वडा सचिव कर्म प्रसाद गौतम, वडा सदस्य दल वहादुर वुढाथोकी, वडा सदस्य श्याम श्रीस तथा वडा सदस्य माया सिंजालीको सहभागिता रहेको थियो।

संसदबाट विदा हुँदै चित्रबहादुरले भने– इन्द्रेको बाउ चन्द्रे आए पनि केही लागेन

संसदबाट विदा हुँदै चित्रबहादुरले भने– इन्द्रेको बाउ चन्द्रे आए पनि केही लागेन
२०७४/अाइतबार,२८
पाण्डबखानी अनलाइन खबर/सम्वाददाता
राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलहरुले निर्णायक भूमिका खेलेकै कारण संविधान निर्माण सफल भएको बताएका छन् ।
ब्यवस्थापिका संसदबाट विदा हुँदै गर्दा शनिवार संसदमा विदाइ सम्बोधन गर्दै उनले दलहरुको निर्णायक भूमिकालाई रोक्ने तागत कसैको नभएको बताए ।‘राजनीतिक दलले निर्णायक भूमिका खेलेकै कारणले सविधान निर्माण सफल भयो’, केसीले भने, ‘इन्द्रका बाउ चन्द्र आएपनि सविधान जारी गरेरै देखाई दिए ।’पहिलो सविधानसभामा दलका नेताहरु अलग अलग हुँदा सविधान निर्माण सफल हुन नसकेको पनि उनले स्मरण गरे । सविधान निर्माणको बखत नेताहरुले एकता कायम गरेपछि मात्रै त्यो सम्भव भएको उनले बताए । यति धेरै जनप्रतिनिधिको समर्थनमा संविधान जारी भएको उदाहरण विश्वमा कतै नभएको उनले बताए ।जनमोर्चा अध्यक्ष केसीले राजनीतिक दलका नेताहरुले व्यक्तिगत स्वार्थ त्यागेर देशको स्वार्थमा एक ढिक्का भएपछि मात्र देशले निकास पाएको धारणा राखे ।

हाम्रो हात हाम्रो भविष्य : बरेङको खोल्टेपानीमा हात धुने दिवस

हाम्रो हात हाम्रो भविष्य : बरेङको खोल्टेपानीमा हात धुने दिवस
बागलुङ २०७४ असोज २९ ।
बिश्व हात धुने दिवस अक्टोवर १५, बागलुङको बरेङमा पनि बिभिन्न कार्यक्रम गरि मनाईएको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना र बरेङ गा“उपालिकाको आयोजनामा दिवस मनाईएको छ । हाम्रो हात हाम्रो भविष्य भन्ने मुल नाराका साथ खाल्टेपानी रोटेखोला खानेपानी तथा सरसफाई योजना बाटाकाचौर बरेङमा सरसफाई एवं हातधुने सिकाई कार्यक्रम गरिएको छ ।कार्यक्रममा बोल्दै बरेङ ३ का वडाअध्यक्ष पुर्णबहादुर खनालले सरसफाई मानिसको नैसर्किक अधिकार भएकोले हरेक व्यक्ति आफु र समाजलाई सरसफाई युक्त बनाउ तर्फ लाग्नुपर्ने बताए । उनले चेतना मुलक कार्यक्रमको माध्यमबाट आम नागरिकलाई सचेत बनाउनुपर्ने बताए । कार्यक्रमको सहजिकरण वास सहजकर्ता रामप्रसाद शर्मा र प्राविधिक गणेश शर्माले गरेका थिए । खाल्टेपानी रोटेखोला खानेपानी तथा सरसफाई योजना बाटाकाचौर बरेङका अध्यक्ष बलराम पौडेलको अध्यक्षता,सामाजिक परिचालक प्रेम नेपालीको स्वागत र वास कार्यक्रम संयोजक सृजना गौतमको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तिहारको मुखैमा प्रहरीले बेनीमा जुवाको खालबाट ७ जना पक्राउ गरेपछी जुवाडेहरु थर्कमान

तिहारको मुखैमा प्रहरीले बेनीमा जुवाको खालबाट ७ जना पक्राउ गरेपछी जुवाडेहरु थर्कमान
म्याग्दी, २०७४ असोज २८ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले शनिवार ७ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । उनिहरुलाई बेनी नगरपालिका- ८ पिपलचोकको एक होटेलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।प्रहरीले नियन्त्रणमा लिईएका जुवाडेहरुको नाम सार्वजनिक गरेको छैन । जुवाको खालबाट कति रकम बरामद भएको थियो त्यो विवरण पनि प्रकाशमा आएको छैन ।प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्का जिल्ला प्रहरी कार्यालय म्याग्दीमा सरुवा भएर आएपछि बेनी बजारलाई जुवा मुक्त क्षेत्र बनाउने अभियानको यो दोश्रो सफलता हो ।म्याग्दी आएको लगत्तै प्रनाउ खड्काको सक्रियतामा बेनी नगरपालिका- ७ को बैकरोड नजिकको घरबाट एक महिला सहित ८ जना जुवाडेहरु पक्राउ गरेर कार्बाही चलाईएको थियो ।पछिल्लो समय बेनी बजारमा घरको च्यानल गेटमा लाल्चा लगाएर माथि तलामा जुवाखेल हुने गरेको पाईएको छ । प्रहरीले सुराकीको आधारमा जुवाडेहरुलाई बैँक रोड नजिकको च्यानल गेट लगाएर घरको तीन तलामाथी जुवाडेहरुलार्ई पक्राउ गरेको थियो ।प्रहरीले बेनपा- ७ बाट ८ जना र ८ बाट ७ जना जुवाडेहरुलाई नियन्त्रणमा लिएर कार्बाही सुरु गरेपछी जुवाडेहरु तिहारको मौकामा थर्कमान परेका छन् ।

गलकोट साँस्कृतिक महोत्सव २ दिन लम्बियो, दर्शकको भीड बड्दै

गलकोट साँस्कृतिक महोत्सव २ दिन लम्बियो, दर्शकको भीड बड्दै
असाेज २८ गते २०७४
थम्मन थापा सन्देश/गलकोट,
समग्र विकासको लागि नयाकक परिकल्पना भन्ने मुल नाराका साथ बागलुङको गलकोटमा असोज १८ गतेदेखि सञ्चालित प्रथम गलकोट सांस्कृतिक महोत्सव २०७४ सकिनै लाग्दा दर्शकको भीड बढ्न थालेको छ । महोत्सवको १० औं दिन सम्म आईपुग्दा २० हजार भन्दा बढि दर्शकले अवलोकन गरेका आयोजकले बताएको छ ।१ करोड बढिको आर्थिक कारोबार भएको महोत्सव मुल समारोह समितिका संयोजक हर्क पाण्डेले बताए । हिमालयन म्युजिकल ईभेन्ट म्यानेजमेन्ट प्रालि पोखराले आयोजना गरेको महोत्सवमा दैनिक रुपमा दर्शकहरुको उपस्थिति बढ्दै गएपछि आयोजक उत्साहित देखिन्छन् । लामो समयपछि गलकोटमा महोत्सव आयोजना गरिएकोले दर्शकको अत्यधिक भीडभाड भएको पाण्डेको भनाई छ ।महोत्सवमा प्रत्येक दिन ख्यातीप्राप्त कलाकारहरुको सांगितिक प्रस्तुति रहेको छ । शुक्रबार चर्चित कलाकारहरु बिमलराज क्षेत्री, मनोज सिङ धामी, ईश्वर सिंह, सुनिता नेपाली, चोलेन्द्र पौडेल लगायतको सांगितिक प्रस्तुति रहेको थियो ।महोत्सवमा शनिबार चर्चित कलाकार रामजी खाँडको साँगितिक प्रस्तुति रहने आयोजकले जनाएको छ । नगद रु १ लाख २ हजार पुरस्कार राशीको खुल्ला पुरुष भलिबल सञ्चालन भए सककगै बिहानै देखि महोत्सवमा आउने दर्शकहरुको घुइँचो रहेको छ । अहिले गलकोट हटिया बजारमा चहलपहल समेत ह्वात्तै बढेको छ । महोत्सवमा अहिले सम्म करिब २० हजार दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ ।त्यसैगरी शुक्रबार मात्रै ३० लाख बढिको कारोबार भएको प्रचार प्रसार संयोजक रामप्रसाद कँडेलले बताए । शनिबार सम्म सञ्चालन गर्ने भनिएको महोत्सव समय अभाव हुने भएपछि दुई दिन थप गरिएको छ । कार्यक्रम आगामी असोज ३० गते हुने आयोजक संस्थाका सचिव मोहन केसीले बताए ।महोत्सवको १० औं दिनको कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघ गलकोट ईकाई अध्यक्ष बिरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । महोत्सवमा खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला डान्स च्याम्पियन, खुल्ला रत्यौली गीत प्रतियोगिता समेत सञ्चालन गरिएको छ । शुक्रबार सञ्चालन गरिएको खुल्ला पुरुष भलिबल प्रतियोगितामा जीवन फेसन हटिया र थ्रिबर्दश अटो वर्कसप हटिया, गलकोट मोडनाईज ऐकेडेमी हरिचौर सेमिफाईनलमा प्रवेश गरेका छन ।शनिबार मनसुन रेष्टुरेण्ट हटिया र भण्डारी अभोरसिज बिच खेल हुने आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न स्टलहरु सँगै मनोरञ्जनको लागि पिङ समेत राखिएको छ । महोत्सवले गलकोट क्षेत्रको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्दन र प्रचार प्रसारमा समेत उल्लेख्य भूमिका खेल्ने आयोजकले बताएको छ ।

Saturday, October 14, 2017

पीडामा पहिरो प्रभावित

पीडामा पहिरो प्रभावित
असाेज २ गते २०७४
पाण्डबखानी अनलाइन खबर सम्पाददाता
पहिरोको त्रासले गाउँ छाडेको १५ दिनपछि निसीखोला
गाउँपालिका–१ हुल्दीका पवन सिँजालीमगर सपरिवार घर
फर्कनुभएको छ । पहिरोबाट बच्न उहाँ लगाएत हुल्दीका दर्जनौ परिवारले नजिकको विद्यालयमा आश्रय लिएका थिए । वर्षा घटेपनि हुल्दीबासीको त्रास भने अझै महिना दिन अघिकै जस्तो छ । गत साउन २० गतेको विषण वर्षापछि आएको पहिरोले सिङ्गो गाउँलाई जाखिममा पारेको छ । ‘पानी पर्न कम भएपछि गाउँले घर फर्कदैँ छन्, कोही त अभैmलेकको खर्कमै छन्’ सिँजालीमगरले भन्नुभयो । हुल्दीको समस्या नौलो भने होइन, वर्षेनी गाउँलेहरु पहिरोको चपेटमा छन् । यो वर्ष गाउँको बीच–बीचबाट ठूला पहिरो धसिएपछि डेडसय परिवार प्रत्यक्ष प्रभावित बनेका छन् । जग्गा चिरिने, भासिने, घरगोठ चर्कने हुन थालेपछि मानिसहरु घरबासनै छोडेर सुरक्षित स्थलतर्फ लागेका थिए । घर आएपनि ढुक्क सँग बस्ने अवस्था नरहेको पहिरो प्रभावित बताउँछन् । पहिरोमा आमा र घर गुमाउनुभएका लालबहादुर सिँजालीमगर अहिले दाजुको घरमा बस्दै आउनुभएको छ ।पहिरोमा पुरिएर उहाँकी वृद्ध आमा खगिसराको ज्यान गएको थियो । ‘अहिले पनि पानी प¥यो भने रातभर जाग्रम बस्छौं, कसैका घरपनि सुरक्षित छैनन्’ सिँजालीमगरले भन्नुभयो । भिषण वर्षा र पहिरोले चर्काएका घर पानी पर्नासाथ भत्कन सक्ने उहाँको भनाइ छ । पहिरोका कारण उहाँ सहित अन्य २ परिवारको घर पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ । स्थानीय मोहन राम्जाली र मनबहादुर सिँजालीमगर घर नभएपछि अहिले छिमेकीको आश्रय लिइरहनुभएको छ । पहिरोले निसीखोला
गाउँपालिका–२ बाहुन गाउँमा पनि क्षति पु¥याएको छ । सो वार्डका वस्ती पनि उच्च जोखिममा रहेको बताइएको छ । वर्षेनी पहिरोको त्रास व्यहोर्दै आएका हुल्दीबासीले सरकारसँग सुरक्षित आवासको लागि माग गरेका छन् । उनीहरुले सिङ्गो गाउँलाई नै सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने आवाज
उठाएका छन् । आफ्ना गुनासा र मागलाई सम्बन्धित निकायमा पु¥याउमा गाउँलेले लालबहादुर सिँजालीमगरको संयोजकत्वमा पहिरो पीडित समिति पनि गठन गरेका छन् । वर्षौदेखिको समस्या समाधानका लागि राज्यपक्ष जिम्वेबार नभएको भन्दै गाउँलेहरु आक्रोशित समेत छन् । ‘वर्षेनी यो समस्या निम्तिन्छ, यसको दिर्घकालिन समाधान निकाल्नुपर्छ’ स्थानीय डम्बर बुढाले भन्नुभयो ‘पुरै गाउँ पहिरोले क्षत विक्षत छ ।’ अघिल्ला वर्षहरुको तुलनामा ठूला पहिरा
खसेपछि समस्या झन् गहिरीएको हो । मृतक र घर पूर्ण क्षति भएकाले केही सरकारी राहत पाएपनि अन्य परिवारले राहत पाउन सकेका छन् । पुर्नस्थापनाको माग गरेका उनीहरुले कसैले
समस्याको सुनुवाई नगरेको बताएका छन् । गैरसरकारी क्षेत्रबाट आउने राहत पनि दुर्गम र लेकमा वस्तीमा आउन नसकेको उनीहरुको गुनासो छ । स्थानीय जनप्रतिनिधिले पनि गाउँलेको पुर्नस्थापनाको लागि कुनै कदम नचालेको प्रभावितले आरोप लगाएका छन् । वार्ड नं. १ का अध्यक्ष इन्द्र मल्ले गाउँपालिकामार्फत् जिल्ला दैवी प्रकोप
उद्धार समितिमा पुर्नस्थापनाको लागि माग र ध्यानाकर्षण गराइएको बताउनुभयो । उहाँले गाउँलाई नयाँ सुरक्षित ठाउँमा
स्थानान्तरण गर्नुको विकल्प नरहेको बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी धु्रव गिरीले पुर्नस्थापनाको
लागि प्राविधिक अध्ययनको तयारी भइरहेको जानकारी दिनुभयो । जलउत्पन्न प्रकोप र जिल्ला भू–संरक्षण कार्यालयले
प्राविधिक अध्ययन गरेपछि आवश्यक काम अघि बढ्ने जनाइएको छ । ‘वस्ती नयाँ ठाउँमा बसाउनुपर्ने अवस्था छ, प्राविधिक अध्ययनको प्रतिवेदन आएपछि केन्द्रसँग समन्वय गरेर अघि बढ्छौं’ सहायक प्रजिअ गिरीले भन्नुभयो ।

Friday, October 13, 2017

कालीका एफ एम म्युजिक अवार्डमा देबी घर्ती मगर सर्बोत्कृष्ट

कालीका एफ एम म्युजिक अवार्डमा देबी घर्ती
मगर सर्बोत्कृष्ट
सुरेश छन्त्याल/पाण्डबखानी
शुक्रबार/असाेज २७,२०७४
कालीका एफ एम को १५औ बार्सिक उत्सबको अबसरमा आयोजित १३औ कालीका म्युजिक अवार्ड मा विभिन्न बिधा अन्तर्गत लोक दोहोरी बिधा तर्फ उहि खोलीमा पानी उहि खोलीमा माछा गीत बाट बर्ष को सर्बोत्कृष्ट गयिकाको अवार्ड देबी घर्ती मगरले हात पारेका छन्।उनी बागलुङ जिल्ला गलकाेट नगरपालिका १० पाण्डबखानी रमुवामा जन्मेकि हुन्।उनी सानै देखि लाेक गित सुन्ने र गाउने गर्दथे।पछिल्लो समयमा निकै चर्चित हुन सफल भै धेरै देश तथा विदेशमा पुगेका छन्।भने अवार्ड पनि उत्तिकै पाएका छन्।उनी गाउमै पढ्ने बेलानै चन्चले स्वभावकि थिन्।त्यसैमा मगरकी छाेरी त्यसैले त हाेला स्टेश कार्यक्रममा पनि चन्चले स्वाभमानै गाउने गर्दैछन।उनी बागलुङ्गे काेइली भनेर पनि चिन्ने गरिन्छ।