तिहारको मुखैमा प्रहरीले बेनीमा जुवाको खालबाट ७ जना पक्राउ गरेपछी जुवाडेहरु थर्कमान
म्याग्दी, २०७४ असोज २८ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले शनिवार ७ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । उनिहरुलाई बेनी नगरपालिका- ८ पिपलचोकको एक होटेलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।प्रहरीले नियन्त्रणमा लिईएका जुवाडेहरुको नाम सार्वजनिक गरेको छैन । जुवाको खालबाट कति रकम बरामद भएको थियो त्यो विवरण पनि प्रकाशमा आएको छैन ।प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्का जिल्ला प्रहरी कार्यालय म्याग्दीमा सरुवा भएर आएपछि बेनी बजारलाई जुवा मुक्त क्षेत्र बनाउने अभियानको यो दोश्रो सफलता हो ।म्याग्दी आएको लगत्तै प्रनाउ खड्काको सक्रियतामा बेनी नगरपालिका- ७ को बैकरोड नजिकको घरबाट एक महिला सहित ८ जना जुवाडेहरु पक्राउ गरेर कार्बाही चलाईएको थियो ।पछिल्लो समय बेनी बजारमा घरको च्यानल गेटमा लाल्चा लगाएर माथि तलामा जुवाखेल हुने गरेको पाईएको छ । प्रहरीले सुराकीको आधारमा जुवाडेहरुलाई बैँक रोड नजिकको च्यानल गेट लगाएर घरको तीन तलामाथी जुवाडेहरुलार्ई पक्राउ गरेको थियो ।प्रहरीले बेनपा- ७ बाट ८ जना र ८ बाट ७ जना जुवाडेहरुलाई नियन्त्रणमा लिएर कार्बाही सुरु गरेपछी जुवाडेहरु तिहारको मौकामा थर्कमान परेका छन् ।
Sunday, October 15, 2017
तिहारको मुखैमा प्रहरीले बेनीमा जुवाको खालबाट ७ जना पक्राउ गरेपछी जुवाडेहरु थर्कमान
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment