स्थानीय तहको निर्वाचनमा सरकारबाटै आचारसंहिता उल्लंघन भयो :आयुक्त यादव
निर्वाचन आचारसंहिता उल्लंघनबारे प्रधानमन्त्री, मन्त्रीदेखि शीर्ष नेताहरुलाई एकै ठाउँमा राखेर छलफल गर्छौं .
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन आचारसंहिता नमानेकोबारे प्रधानमन्त्री, मन्त्रीसहित सबै शीर्ष नेताहरुलाई एकै ठाउँमा राखेर बृहत्त छलफल गर्ने स्पष्ट पारेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त यादवले निर्वाचन आचारसंहिता सबैले पालना गर्नुपर्ने बताए । उनले भने,‘कानून सबैले मान्नुपर्छ, प्रभावकारी रुपमाकानुन मान्नुपर्छ, यो नै लोकतन्त्रको सुन्दर पक्ष हो।’
उनले स्थानीयतहको निर्वाचनमा सरकारबाटै आचारसंहिता उल्लंघन भएको गुनासो पोखे । यादवले भने,‘सरकारले आचारसंहिता उल्लंघन गरेको कुरा जनताले हेरिरहेका छन्, यो विषय मिडियाले पनि हेरिरहेको छन्, अब तपाई पत्रकार मित्रहरुले पनि उहाँहरु लाई बोलाएर सोध्नुपर्यो नि, हुन त जनतापनि यसको साँक्षी बनेका छन्।’ सरकारले आचारसंहिता उल्लंघन गरेर गम्भिर गल्ती गरेकोमा आपत्ति प्रकट गर्दै उनले यसको परिणाम कुर्न चेतावनी दिए ।
निर्वाचन आचारसंहिता उल्लंघनमा सरकार नै संलग्नभयो निभन्ने पत्रकार ऋषिधमलाको प्रश्नमा यादवले भने,‘ऋषिजी तपाईले जुन प्रश्न उठाउनुभएको छ यसको लागि म तपाईलाई धन्यवाद दिन चाहन्छु,अब सबैलाई एकै ठाउँमा राखेर हामी आचारसंहिता उल्लंघनबारे बृहत्त छलफल गर्छौं।’ त्यस्तै उनले निर्वाचन आचारसंहिता सम्बन्धी रिपोर्टर्स क्लबले प्रभावकारी बहस गरेको भन्दै धन्यवाद समेत दिए ।
यादवले भने,‘सरकारबाट आचारसंहिता पालनाबारे जे–जे भएयीदुःखद् घट्नाहो, मन्त्रीपरिषद विस्तार नगर्नुहोस् भन्दाभन्दै उहाँहरुले गर्नुभयो, अब निर्वाचन हुन दिनुहोस् न, हुन त १०० सयजना पुर्याएपनि पुर्याउनु, तर निर्वाचन नबिथोलियोस्।’
आगामीमंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि चाहिने आवश्यक कानून तथा ऐनहरु आयोगले पाईसकेको समेत उनले जानकारी दिए । उनले भने,‘हामीले कानून पाईसकेका छौं।’ त्यस्तै उनले संसदको म्यादअझै भएकोले यो बीचमा राष्ट्रपति र राष्ट्रिय सभाको निर्वाचनकोलागि चाहिने कानूनपनि समयमै आउने विश्वास दिलाए ।
त्यस्तै उनले स्थानीयतहको निर्वाचन सफल रुपमा सम्पन्न गर्नको लागि सहयोग पुर्याउने सबै राजनीतिकदल, मिडिया, उम्मेद्धवार र जनतालाई विशेष धन्यवाददिए । उनले भने,‘निर्वाचनप्रक्रिया सुरुभएदेखि मतदानगर्दा र परिणाम आउँदासम्म सहयोग पुर्याउनुहुने सबैप्रतिहार्दिक आभार व्यक्तगर्दछु ।’ स्थानीयतहको निर्वाचनतीन चरणमा सम्पन्न भएपनि एकपछि अर्को निर्वाचन झनै सफल रुपमा सम्पन्नभएको उनको विश्वास थियो । उनले भने,‘यो त राष्ट्र र जनताको लागि गौरवको विषय हो।’
आगामीमंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको तयारीमा आयोग जुटिसकेको बताउँदै यादवले भने,‘आयोग व्यवस्थापकीय तयारीमा जुटिसकेको छ।’ अबहुने निर्वाचनमा राष्ट्रिय स्तरका नेताहरु उम्मेद्धवार बन्ने भएकोले आचारसंहिताको पूर्ण पालना हुनेमा आफू विश्वस्त रहेको उनको भनाई थियो ।
त्यस्तै उनले यो वर्षको दशैं, तिहार, छठ लगायतकापर्वहरुलाई निर्वाचनपर्वको रुपमा बमनाउनुपर्ने बताए । उनले भने,‘यो वर्ष निर्वाचनमय वर्ष हो, सबैले
No comments:
Post a Comment