Saturday, October 28, 2017

नेपालि काग्रेसका पुन र मल्ल गलकोटका प्रत्येक घरघरमा

नेपालि काग्रेसका पुन र मल्ल गलकोटका प्रत्येक घरघरमा
नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवारहरुले घरदैलो तथा मतदाता भेटघाटलाई तीब्र बनाएका छन् । क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार नरबहादुर पुन निरज सहितको टोलिले आज गलकोट नगरपालिका वडा नम्बर ८ मल्म र वाड नम्बर १० पाण्डवखानीमा घरदैलो अभियान सम्पन्न गरेको छ । घरदैलो अभियानमा नर बहादुर  पुन निरजले काग्रेसले गलकोटको विकास निमार्णमा महत्वपुर्ण भुमिका खेल्दै आएको बताउनुभयो । उहाँले यसअघि सांसद हुदाँ गलकोटको बिकासका लागी योगदान दिएको स्मरण गराउदै अबको निर्वाचनमा पनि बिजय बनाई अपुरा कामहरु पुरा गर्ने मौका दिन आग्रह गनुभयो । यसैबिच नेपालि काग्रेस बागलुङ क्षेत्र नम्बर २ का प्रदेश सदस्य १ का उम्मेदवार मञ्जेश बम मल्लले ताराखोलामा घरदैलो कार्यक्रम गनुभएको छ । घरदैलो अभियानमा तिलक घर्ति, प्रेमदत्त ढकाल, पवन हमाल र मुक्ति रोका सहभागी हुनुभएको छ । भेटघाट तथा घरदैलो कार्यक्रममा बोल्दै बम मल्लले गणतन्त्रको संस्थागत विकास र संविद्यान निर्माण नेपाली काँग्रेसको नेतृत्वमा भएको भन्दै संविद्यान कार्यान्वय र अवको विकासका लागि नेपाली काँग्रेसका उम्मेद्वारहरुलाई  विजयी गराउन आग्रह गनुभयो छ।

No comments:

Post a Comment