Saturday, October 7, 2017

बागलुङमा वस दुर्घटना, बालक सहित २ घाईते

बागलुङमा वस दुर्घटना, बालक सहित २ घाईते
बागलुङ बजारबाट पोखरा जाँदै गरेको यात्रुवाहक वस मालढुङ्गा नजिकै दुर्घटनामा परेको छ । दुर्घटनामा एक बालक सहित २ जना घाईते भएका छन् ।
मालढुङ्गादेखि करिब ३ सय मिटर बागलुङतर्फ पर्ने सडक छेउमा रहेको पोलमा ठोक्किएर ना ५ ख २१०६ नम्बरको वस दुर्घटनामा परेको हो ।
घटनामा नवलपरासीको सुनवाल–११ का ९ वर्षीय बालक कृष्ण खत्री र उनकी हजुरआमा सोहि ठाउँकी ५६ बर्षीय हरिकला कार्की घाईते भएका ट्राफिक प्रहरीले जनाएको छ ।उनीहरु दुवै जनाको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भईरहेको छ । खत्रीको अनुहारमा तथा कार्कीको हात र खुट्टामा चोट लागेको छ । दुवै जनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
तिब्रगतिका कारण वस अनियन्त्रित भई बिजुलीको पोलमा ढोक्किएको ट्राफिक प्रहरी बागलुङका प्रमुख छवबहादुर घर्तीले बताए । वसका चालक धनुषा गोदार–१ का पुष्पराज मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैविच बागलुङ बजारदेखि मालढुङ्गातर्फ जाने सडकको गणेश घुम्तीमा जिप र हाईलक्स एक आपसमा ढोक्किएर दुर्घटना भएको छ ।
बुर्तिबाङबाट पोखरा जाँदै गरेको ध १ ज ८६ नम्बरको जिपलाई मालढुङ्गाबाट बागलुङ बजार आउँदै गरेको ग १ च ५६६१ नम्बरको हाईलक्सले ढक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ ।
दुर्घटनामा कुनै मानवि क्षेती नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख छवबहादुर घर्तीले बताए । हाईलक्का चालक मखबहादुर गुरुङले मापसे गरेर सावारी चलाएकाले दुर्घटना भएको उनको भनाई छ । गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

No comments:

Post a Comment