पीडामा पहिरो प्रभावित
असाेज २ गते २०७४
पाण्डबखानी अनलाइन खबर सम्पाददाता
पहिरोको त्रासले गाउँ छाडेको १५ दिनपछि निसीखोला
गाउँपालिका–१ हुल्दीका पवन सिँजालीमगर सपरिवार घर
फर्कनुभएको छ । पहिरोबाट बच्न उहाँ लगाएत हुल्दीका दर्जनौ परिवारले नजिकको विद्यालयमा आश्रय लिएका थिए । वर्षा घटेपनि हुल्दीबासीको त्रास भने अझै महिना दिन अघिकै जस्तो छ । गत साउन २० गतेको विषण वर्षापछि आएको पहिरोले सिङ्गो गाउँलाई जाखिममा पारेको छ । ‘पानी पर्न कम भएपछि गाउँले घर फर्कदैँ छन्, कोही त अभैmलेकको खर्कमै छन्’ सिँजालीमगरले भन्नुभयो । हुल्दीको समस्या नौलो भने होइन, वर्षेनी गाउँलेहरु पहिरोको चपेटमा छन् । यो वर्ष गाउँको बीच–बीचबाट ठूला पहिरो धसिएपछि डेडसय परिवार प्रत्यक्ष प्रभावित बनेका छन् । जग्गा चिरिने, भासिने, घरगोठ चर्कने हुन थालेपछि मानिसहरु घरबासनै छोडेर सुरक्षित स्थलतर्फ लागेका थिए । घर आएपनि ढुक्क सँग बस्ने अवस्था नरहेको पहिरो प्रभावित बताउँछन् । पहिरोमा आमा र घर गुमाउनुभएका लालबहादुर सिँजालीमगर अहिले दाजुको घरमा बस्दै आउनुभएको छ ।पहिरोमा पुरिएर उहाँकी वृद्ध आमा खगिसराको ज्यान गएको थियो । ‘अहिले पनि पानी प¥यो भने रातभर जाग्रम बस्छौं, कसैका घरपनि सुरक्षित छैनन्’ सिँजालीमगरले भन्नुभयो । भिषण वर्षा र पहिरोले चर्काएका घर पानी पर्नासाथ भत्कन सक्ने उहाँको भनाइ छ । पहिरोका कारण उहाँ सहित अन्य २ परिवारको घर पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ । स्थानीय मोहन राम्जाली र मनबहादुर सिँजालीमगर घर नभएपछि अहिले छिमेकीको आश्रय लिइरहनुभएको छ । पहिरोले निसीखोला
गाउँपालिका–२ बाहुन गाउँमा पनि क्षति पु¥याएको छ । सो वार्डका वस्ती पनि उच्च जोखिममा रहेको बताइएको छ । वर्षेनी पहिरोको त्रास व्यहोर्दै आएका हुल्दीबासीले सरकारसँग सुरक्षित आवासको लागि माग गरेका छन् । उनीहरुले सिङ्गो गाउँलाई नै सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने आवाज
उठाएका छन् । आफ्ना गुनासा र मागलाई सम्बन्धित निकायमा पु¥याउमा गाउँलेले लालबहादुर सिँजालीमगरको संयोजकत्वमा पहिरो पीडित समिति पनि गठन गरेका छन् । वर्षौदेखिको समस्या समाधानका लागि राज्यपक्ष जिम्वेबार नभएको भन्दै गाउँलेहरु आक्रोशित समेत छन् । ‘वर्षेनी यो समस्या निम्तिन्छ, यसको दिर्घकालिन समाधान निकाल्नुपर्छ’ स्थानीय डम्बर बुढाले भन्नुभयो ‘पुरै गाउँ पहिरोले क्षत विक्षत छ ।’ अघिल्ला वर्षहरुको तुलनामा ठूला पहिरा
खसेपछि समस्या झन् गहिरीएको हो । मृतक र घर पूर्ण क्षति भएकाले केही सरकारी राहत पाएपनि अन्य परिवारले राहत पाउन सकेका छन् । पुर्नस्थापनाको माग गरेका उनीहरुले कसैले
समस्याको सुनुवाई नगरेको बताएका छन् । गैरसरकारी क्षेत्रबाट आउने राहत पनि दुर्गम र लेकमा वस्तीमा आउन नसकेको उनीहरुको गुनासो छ । स्थानीय जनप्रतिनिधिले पनि गाउँलेको पुर्नस्थापनाको लागि कुनै कदम नचालेको प्रभावितले आरोप लगाएका छन् । वार्ड नं. १ का अध्यक्ष इन्द्र मल्ले गाउँपालिकामार्फत् जिल्ला दैवी प्रकोप
उद्धार समितिमा पुर्नस्थापनाको लागि माग र ध्यानाकर्षण गराइएको बताउनुभयो । उहाँले गाउँलाई नयाँ सुरक्षित ठाउँमा
स्थानान्तरण गर्नुको विकल्प नरहेको बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी धु्रव गिरीले पुर्नस्थापनाको
लागि प्राविधिक अध्ययनको तयारी भइरहेको जानकारी दिनुभयो । जलउत्पन्न प्रकोप र जिल्ला भू–संरक्षण कार्यालयले
प्राविधिक अध्ययन गरेपछि आवश्यक काम अघि बढ्ने जनाइएको छ । ‘वस्ती नयाँ ठाउँमा बसाउनुपर्ने अवस्था छ, प्राविधिक अध्ययनको प्रतिवेदन आएपछि केन्द्रसँग समन्वय गरेर अघि बढ्छौं’ सहायक प्रजिअ गिरीले भन्नुभयो ।
Saturday, October 14, 2017
पीडामा पहिरो प्रभावित
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment