Sunday, October 15, 2017

संसदबाट विदा हुँदै चित्रबहादुरले भने– इन्द्रेको बाउ चन्द्रे आए पनि केही लागेन

संसदबाट विदा हुँदै चित्रबहादुरले भने– इन्द्रेको बाउ चन्द्रे आए पनि केही लागेन
२०७४/अाइतबार,२८
पाण्डबखानी अनलाइन खबर/सम्वाददाता
राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलहरुले निर्णायक भूमिका खेलेकै कारण संविधान निर्माण सफल भएको बताएका छन् ।
ब्यवस्थापिका संसदबाट विदा हुँदै गर्दा शनिवार संसदमा विदाइ सम्बोधन गर्दै उनले दलहरुको निर्णायक भूमिकालाई रोक्ने तागत कसैको नभएको बताए ।‘राजनीतिक दलले निर्णायक भूमिका खेलेकै कारणले सविधान निर्माण सफल भयो’, केसीले भने, ‘इन्द्रका बाउ चन्द्र आएपनि सविधान जारी गरेरै देखाई दिए ।’पहिलो सविधानसभामा दलका नेताहरु अलग अलग हुँदा सविधान निर्माण सफल हुन नसकेको पनि उनले स्मरण गरे । सविधान निर्माणको बखत नेताहरुले एकता कायम गरेपछि मात्रै त्यो सम्भव भएको उनले बताए । यति धेरै जनप्रतिनिधिको समर्थनमा संविधान जारी भएको उदाहरण विश्वमा कतै नभएको उनले बताए ।जनमोर्चा अध्यक्ष केसीले राजनीतिक दलका नेताहरुले व्यक्तिगत स्वार्थ त्यागेर देशको स्वार्थमा एक ढिक्का भएपछि मात्र देशले निकास पाएको धारणा राखे ।

No comments:

Post a Comment