बागलुङ २०७४ असोज २२ । नेपाली काँग्रेस जिल्ला कार्य
समिति बागलुङले आगामी मंसिर १० गते हुने प्रतिनिधी सभा र
प्रदेश सभा सदस्यहरुको निर्वाचनमा उमेदवार बन्न चाहने
आकांक्षीहरुको नामावली केन्द्रमा पठाएको छ । प्रतिनिधी
सभा सदस्य २ र प्रदेश सभा सदस्य ४ जना गरी ६ जना प्रत्यक्ष र
समानुपातिक तर्फ गाउँ, नगर एवं क्षेत्रीय समितिहरुबाट
सिफारिस भै आएका एक कम सय जना आकांक्षीहरुको
नामावली जस्ताको तस्तै केन्द्रमा पठाएको पार्टी श्रोतले
बताएको छ ।
यसरी सिफारिस भै गएका आकांक्षीहरुका बहालवाला एवं पूर्व
सांसदहरु, बहालवाला पार्टी सभापति एवं पूर्व पार्टी
सभापतिहरु, हालै सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी एवं
पराजीत भएकाहरुसमेतको नाम केन्द्रमा पठाईएको पार्टी निकट
श्रोतले बतायो ।
समानुपातिक सांसद पुन समानुपातिकमा सिफारिस नगर्न र
स्थानीय तह निर्वाचनमा विजयी वा पराजीत कुनै पनि नाम
उमेदवार चयन नगरिने पार्टीकाृ केन्द्रिय निर्णय भएकोले
पठाईएका नामावलीमा केहि संख्या घट्ने भएको छ ।
जिल्ला कार्य समितिले केन्द्रमा सिफारिस गरी पठाएको
आकांक्षीहरुको नामावली हेर्दा आमा छोरा, दाजु भाई, जेठाजु
बुहारीको नाम समेत सिफारिस गरिएको छ ।
जिल्ला कार्यसमितिले होलसेलमा सिफारिस गरी केन्द्रमा
पठाएका केहि आकांक्षीहरुले आफना तस्वीर राखेर सामाजिक
संजाल फेसबुकमा प्रचारबाजी समेत सुरु गरिसकेका छन् । पार्टीले
सिफारिस गरी केन्द्रमा पठाउदैमा उमेदवार भईन्छ भन्ने ग्यारेन्टी
नभएकै अवस्थामा प्रचारवाजी गर्नुलाई जिल्लावासीले
उत्ताउलाहरु भनेर टिप्पणी गर्न सुरु गरेका छन् ।
जिल्लाबाट होलसेलमा सिफारिस भै गएकाहरु टिकटका लागी
नेताहरुको पछी दौडिन सुरु गरिसकेको अवस्थामा पार्टीले
कस्लाई देला त टिकट भन्ने अडकल काट्न थालिएको छ ।
जिल्ला कार्यसमिति बागलुङले सिफारिस गरी केन्द्रमा
पठाएको आकांक्षीहरुको नामावली तपसिल अनुसार छ ।
Sunday, October 8, 2017
बागलुङ काँग्रेसले केन्द्रमा सिफारिस गरी पठाएको आकांक्षीहरुमध्य कसले पाउला टिकट ?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment