हाम्रो हात हाम्रो भविष्य : बरेङको खोल्टेपानीमा हात धुने दिवस
बागलुङ २०७४ असोज २९ ।
बिश्व हात धुने दिवस अक्टोवर १५, बागलुङको बरेङमा पनि बिभिन्न कार्यक्रम गरि मनाईएको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना र बरेङ गा“उपालिकाको आयोजनामा दिवस मनाईएको छ । हाम्रो हात हाम्रो भविष्य भन्ने मुल नाराका साथ खाल्टेपानी रोटेखोला खानेपानी तथा सरसफाई योजना बाटाकाचौर बरेङमा सरसफाई एवं हातधुने सिकाई कार्यक्रम गरिएको छ ।कार्यक्रममा बोल्दै बरेङ ३ का वडाअध्यक्ष पुर्णबहादुर खनालले सरसफाई मानिसको नैसर्किक अधिकार भएकोले हरेक व्यक्ति आफु र समाजलाई सरसफाई युक्त बनाउ तर्फ लाग्नुपर्ने बताए । उनले चेतना मुलक कार्यक्रमको माध्यमबाट आम नागरिकलाई सचेत बनाउनुपर्ने बताए । कार्यक्रमको सहजिकरण वास सहजकर्ता रामप्रसाद शर्मा र प्राविधिक गणेश शर्माले गरेका थिए । खाल्टेपानी रोटेखोला खानेपानी तथा सरसफाई योजना बाटाकाचौर बरेङका अध्यक्ष बलराम पौडेलको अध्यक्षता,सामाजिक परिचालक प्रेम नेपालीको स्वागत र वास कार्यक्रम संयोजक सृजना गौतमको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Sunday, October 15, 2017
हाम्रो हात हाम्रो भविष्य : बरेङको खोल्टेपानीमा हात धुने दिवस
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment