Wednesday, October 18, 2017

रिघाका एक युवाले मादलकाे व्यापारबाट तीन लाखकाे अाम्दामी गर्दै।

रिघाका एक युवाले मादलकाे व्यापारबाट तीन लाखकाे अाम्दामी गर्दै।
२०७४/कात्तिक/२ विहिबार
दिवान घर्ती मगर/ रिघा
गल्काेट नगरपालिका रिघा ११ बागलुङका  ऋषि नेपालीले मादलको व्यापार गरेर मनग्य आम्दानी गरेका छन् नेपालीहरुको बढ्दो बेरोजगारीको समस्याले विदेश पलायन हुने क्रम नरोकिएको बेला उनी भने इटहरी गइ मादल बनाउने सीप सिकेर गाउँ फर्किए।चाडवाडको समय अहिले उनलाई भ्याइनभ्याई भएको छ।नयाँ मादल किन्न तथा पुराना मादल मर्मत गर्न भनी रिघा वरपर मल्म,काँडेबास्,खर्बाङ्,ग्वालीचौर ,बुर्तिबाङ् साथै गुल्मीको अर्लाङ्कोट,वामी,भुवाचिडी,मुसिकोटदेखी तम्घास सम्मका ग्राहक आउने गरेका छन् ।मादल बनाउन आवश्यक सामाग्रीहरु
इटहरी तथा काठमाडौदेखि ल्याउने गरेका उनले बताए। तिहारको समयमा करिब एक लाख लगानी गरेर तीन लाख सम्मको व्यापार भइरहेको र अन्य समयमा बाँसबाट मूणा समेत बुन्ने गरेको नेपालीले बताएका छन्।नेपाली गरेकाे सिपलाइ हामी मूल्यांकन गर्दै हाम्राे सहयाेग रहनेछ।

No comments:

Post a Comment