गलकोट साँस्कृतिक महोत्सव २ दिन लम्बियो, दर्शकको भीड बड्दै
असाेज २८ गते २०७४
थम्मन थापा सन्देश/गलकोट,
समग्र विकासको लागि नयाकक परिकल्पना भन्ने मुल नाराका साथ बागलुङको गलकोटमा असोज १८ गतेदेखि सञ्चालित प्रथम गलकोट सांस्कृतिक महोत्सव २०७४ सकिनै लाग्दा दर्शकको भीड बढ्न थालेको छ । महोत्सवको १० औं दिन सम्म आईपुग्दा २० हजार भन्दा बढि दर्शकले अवलोकन गरेका आयोजकले बताएको छ ।१ करोड बढिको आर्थिक कारोबार भएको महोत्सव मुल समारोह समितिका संयोजक हर्क पाण्डेले बताए । हिमालयन म्युजिकल ईभेन्ट म्यानेजमेन्ट प्रालि पोखराले आयोजना गरेको महोत्सवमा दैनिक रुपमा दर्शकहरुको उपस्थिति बढ्दै गएपछि आयोजक उत्साहित देखिन्छन् । लामो समयपछि गलकोटमा महोत्सव आयोजना गरिएकोले दर्शकको अत्यधिक भीडभाड भएको पाण्डेको भनाई छ ।महोत्सवमा प्रत्येक दिन ख्यातीप्राप्त कलाकारहरुको सांगितिक प्रस्तुति रहेको छ । शुक्रबार चर्चित कलाकारहरु बिमलराज क्षेत्री, मनोज सिङ धामी, ईश्वर सिंह, सुनिता नेपाली, चोलेन्द्र पौडेल लगायतको सांगितिक प्रस्तुति रहेको थियो ।महोत्सवमा शनिबार चर्चित कलाकार रामजी खाँडको साँगितिक प्रस्तुति रहने आयोजकले जनाएको छ । नगद रु १ लाख २ हजार पुरस्कार राशीको खुल्ला पुरुष भलिबल सञ्चालन भए सककगै बिहानै देखि महोत्सवमा आउने दर्शकहरुको घुइँचो रहेको छ । अहिले गलकोट हटिया बजारमा चहलपहल समेत ह्वात्तै बढेको छ । महोत्सवमा अहिले सम्म करिब २० हजार दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ ।त्यसैगरी शुक्रबार मात्रै ३० लाख बढिको कारोबार भएको प्रचार प्रसार संयोजक रामप्रसाद कँडेलले बताए । शनिबार सम्म सञ्चालन गर्ने भनिएको महोत्सव समय अभाव हुने भएपछि दुई दिन थप गरिएको छ । कार्यक्रम आगामी असोज ३० गते हुने आयोजक संस्थाका सचिव मोहन केसीले बताए ।महोत्सवको १० औं दिनको कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघ गलकोट ईकाई अध्यक्ष बिरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । महोत्सवमा खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला डान्स च्याम्पियन, खुल्ला रत्यौली गीत प्रतियोगिता समेत सञ्चालन गरिएको छ । शुक्रबार सञ्चालन गरिएको खुल्ला पुरुष भलिबल प्रतियोगितामा जीवन फेसन हटिया र थ्रिबर्दश अटो वर्कसप हटिया, गलकोट मोडनाईज ऐकेडेमी हरिचौर सेमिफाईनलमा प्रवेश गरेका छन ।शनिबार मनसुन रेष्टुरेण्ट हटिया र भण्डारी अभोरसिज बिच खेल हुने आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न स्टलहरु सँगै मनोरञ्जनको लागि पिङ समेत राखिएको छ । महोत्सवले गलकोट क्षेत्रको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्दन र प्रचार प्रसारमा समेत उल्लेख्य भूमिका खेल्ने आयोजकले बताएको छ ।
Sunday, October 15, 2017
गलकोट साँस्कृतिक महोत्सव २ दिन लम्बियो, दर्शकको भीड बड्दै
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment