Monday, January 15, 2018

पञ्चधारा युवा परिवारकाे २१ अाैं वाषिर्कोत्सव सम्पन्न

पञ्चधारा युवा परिवारकाे २१ अाैं वाषिर्कोत्सव सम्पन्न
सुरेश छन्त्याल/पाण्डबखानी
माघ-१साेमबार
पञ्चधारा युवा परिवार गलकाेट नगरपालिका१० पाण्डबखानी,बागलुङकाे २१अाैं वार्षिकोत्सब उट्घाटन संगै सम्पन्न भएको छ।मगरहरुकाे महान चार्ड माघे संक्रान्तीकाे अवसरमा अायाेजित कार्यक्रममा कल्बका सल्लाहकार चन्द्रलाल काउचाकाे सभापतित्याे प्रदेश नम्बर ४ बागलुङ क्षेत्र नम्बर २ (क)का प्रदेश सभा सदस्य चन्द्र बुदा सागर मगर काे प्रमुख अाथितियतामा जापान श्रीस काे स्वागत मन्तब्य संगै साविककाे खुल्ला वडा स्तरीय महिला भलिबलमा प्रथम अायाेजक टिम a
दाेस्राे जैलुङ युवा कल्ब काप्रे
पुरुष भलिबल प्रथम अायाेजक टिम a
दाेस्राे अायाेजक टिम b विजय भएका छन्।
कार्यक्रममा बाेल्दै प्रमुख अथिति चन्द्र बुदा सागर मगरले कला संस्कृति खेलकुद संरक्षण गर्न समाज रुपान्तरणमा युवाहरुकाे ठुलो भुमिका हुन्छ।समाजमा परिवर्तन गर्न युवाहरु विदेश नगै गाउँमै बसेर युवाहरूलाई राेजगारकाे आवश्यक रहेकाे सागरले भन्नू भयाे।त्यस्तै गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्ती मगरले समाजका विकृति हटाउन समाजका जनसमुदाय सक्रिय भएको समाज परिवर्तन हुने र समाज एक जुट भएमा समाजनै परिवर्तन हुने बताउनु भयाे। कार्यक्रममा भजन कृर्तन,पज्चेबाजा अामासमुह स्थानीय कलाकारहरुकाे विजाेर प्रस्तुति रहेकाे थियाे।भने कार्यक्रमकाे संञ्चालन खडक श्रीसले गर्नु भएको थियाे।

No comments:

Post a Comment