Thursday, January 4, 2018

पाण्डबखानी माविकाे ५७ अाैं वार्षिकोत्सब समापन सुरेश छन्त्याल/पाण्डबखानी

पाण्डबखानी माविकाे ५७ अाैं वार्षिकोत्सब समापन
सुरेश छन्त्याल/पाण्डबखानी
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे पाण्डबखानी माध्यमिक विद्यालयकाे ५७ अाैं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिह छन्त्यालकाे सभापतित्याे गलकाेट नगरपालिका १०पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्तिकाे प्रमुख अाथितियतामा शिक्षक प्रकाश पुनकाे स्वागत मन्तव्य तथा स्वागत गित र नाचबाट दिप प्रचल गरि वार्षिकोत्सबकाे उद्घाटन भएको थियाे।१८ गते देखि सुरु भएको वार्षिकोत्सब २० गते समापन भएको हाे।वार्षिकोत्सबमा अन्तर सदनात्मक दाैड प्रतियोगिता,लङ्ग जम्प प्रतियोगिता,तातो अालु प्रतियोगिता,छात्र छात्रा भलिबल प्रतियोगिता,हाजिरी जवाफ,चन्दाकाे अार्थिक विवरण,विद्यालयकाे अार्थिक प्रतिवेदन,सम्मान कार्यक्रम,र नृत्य भएको थियाे।

भने कार्यक्रमकाे संञ्चालन शिक्षक भक्त काउचा र पुरण घर्तीले गर्नु भएको थियाे।

No comments:

Post a Comment