महिला नेतृत्व विकास तथा न्यायमा पहुँच सम्बन्धि १ दिने तालिम पाण्डबखानीमा सम्पन्न।
सुरेश छन्त्याल/पाण्डबखानी
माघ-१३/शनिबार
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा १ दिने महिला नेतृत्व विकास तथा न्यायमा पहुँच सम्बन्धि तालिम अाज सम्पन्न भएको छ।मन्जु शर्मा चालिसेकाे अध्यक्षतामा गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्तीकाे प्रमुख अाथितियतामा महिला जागरण केन्द्रका अध्यक्ष राधिमा पुन,बरिस्ठ समाजसेवी मानसिह छन्त्याल,वडा सदस्य रामप्रसाद वि.क लगाएतले मन्तव्य राखेका थिए।
प्रहरी सेवा केन्द्र गलकाेट नगरपालिकाका अध्यक्ष तालिममा मन्जु शर्मा,हेमन्त भण्डारी र इलाका प्रहरी कार्यालय हरिचाैरमा प्रमुख मन बहादुर वि.क ले तालिम दिनुभएको थियाे।सामुदायिक प्रहरी सेवा केन्द्र गलकाेट नगरपालिकाकाे अायाेजामा प्रहरी कार्यालय हरिचाैरका सदस्य हाेम सुनारकाे स्वागत संगै सुरु भएको कार्यक्रमकाे संञ्चालन रमा चालिसेले गर्नु भएको थियाे ।भने सहभागीहरुलाइ रु.२सय पनि प्रदान गरिएको थियाे।
No comments:
Post a Comment