Friday, January 26, 2018

गल्कोटलाई पर्यटन उद्योगको रुपमा बिकास गर्न प्रतिवद्ध रहने उपप्रमुख काउचाको उद्घोष

गल्कोटलाई पर्यटन उद्योगको रुपमा बिकास गर्न प्रतिवद्ध रहने उपप्रमुख काउचाको उद्घोष
२०७४ माघ १२, शुक्रबार
गल्कोट घुम्टे पर्यटन बिकास केन्द्र बागलुङको ५ औ साधारण सभा शुक्रवार हरिचौरमा सम्पन्न भएको छ ।
साधारण सभाको उदघाटन गर्दै गल्कोट नगरपालिकाकी उप नगरप्रमुख रेनुका काउचा मगरले गल्कोट प्राकृतिक, सास्कृतिक, सामाजिक र जैबिक बिबिधताले भरिपूूर्ण क्षेत्र भएकाले गल्कोटलाई पर्यटन उद्योगको रुपमा बिकास गर्न आफु सधै लागी पर्ने बताईन ।कार्यक्रममा ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्ती, नेकपा एमालेका जिल्ला सदस्य बुल बहादुर केसी, नेपाली काग्रेसका महाधिबेशन प्रतिनिधि यम बहादुर श्रीस, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य तिर्थसिह थापा, समाजसेवी यम बहादुर श्रीस, सल्लाहाकार सदस्य मञ्जु शर्मा चालिसे लगायतले मन्तब्य व्यक्त गरेका थिए । उक्त कार्यक्रममा सचिव शेर बहादुर थापाले प्रगति प्रतिबेदन, कोषाध्यक्ष ज्ञान कुमारी खत्रीले आर्थिक प्रतिबेदन, लेखा तथा सुपरिबेक्षण समितिका संयोजक पुर्ण बहादुर चोखालले लेखा तथा सुपरिवेक्षण प्रतिबेदन प्रस्तुत गरेका थिए ।कार्यक्रम सस्थाका अध्यक्ष झंक बहादृुर बस्नेतको अध्यक्षता, उपाध्यक्ष राम बहादुर खत्रीको स्वगत मन्तब्य र सचिव शेर बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment