Saturday, January 27, 2018

सातसय बगाले थापा समाज गलकोट नगरपालिका ७ मल्म बागलुङको चौंथो अधिवेशन नयाॅ नेतृत्व गर्दै आज सम्पन्न

सातसय बगाले थापा समाज गलकोट नगरपालिका ७ मल्म बागलुङको चौंथो अधिवेशन नयाॅ नेतृत्व गर्दै आज सम्पन्न भएको छ । अधिवेशनले दल बहादुर थापाको अध्यक्षतामा १३ सदस्यीय नयाॅ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा घनश्याम थापा, सचिवमा टोप बहादुर थापा, सहसचिवमा शेर बहादुर थापा र कोषाध्यक्षमा अम्मर बहादुर थापा रहनु भएको छ । सदस्यहरुमा भक्त बहादुर थापा, छलि कुमारी थापा, डिल बहादुर थापा, नर बहादुर थापा, गंगा बहादुर थापा, थुमा थापा, खिम बहादुर थापा र सावित्रा थापा रहनु भएको छ । वैकल्पिक सदस्यमा चित्र बहादुर थापा, विर बहादुर थापा, प्रेम बहादुर थापा अमृता थापा र बम बहादुर थापा रहनु भएको छ । सो अवसरमा दल बहादुर थापा (ख) को संयोजकत्वमा ३ सदस्यिय सल्लाहकार समिति चयन गरिएको छ । सदस्यमा टिका बहादुर थापा र लोकबहादुर थापा रहनु भएको छ । अधिवेशन मार्फत छुम बहादुर थापा, दल थापा र हुम थापा रहेको ३ सदस्यिय केन्द्रिय प्रतिनिधि, बम बहादुर थापा र थम्मन थापा सन्देश रहेको ग्रिन बुक प्रकाशन समिति, केहरसिंह थापा संयोजक रहेको ३ सदस्यिय लेखा समिति, ३ सदस्यिय विदेश विभाग, ३ सदस्यीय संरक्षक समिति समेत चयन गरिएको छ । जिल्ला समन्वय समिति बागलुङका सदस्य दल बहादुर थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा समाजका संरक्षक एवं गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा,  केन्द्रिय प्रतिनिधि छुम बहादुर थापा र पुर्व सदस्य नर बहादुर थापाले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम संस्थाको प्रगति प्रतिवेदन सचिव केहरसिंह थापा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष घनश्याम थापाले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सहयोगदाता, जग्गादाता र समाजसेवीलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम सातसय बगाले थापा समाजका अध्यक्ष दल बहादुर थापाको अध्यक्षता, सदस्य छलि कुमारी थापाको स्वागत र सचिव केहरसिंह थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

1 comment: