Monday, January 22, 2018

रिघामा रु १ लाख भन्दा बढी पुरस्कार राशीको फुटबल प्रतियोगिताको आयोजना !

रिघामा रु १ लाख भन्दा बढी पुरस्कार राशीको फुटबल प्रतियोगिताको आयोजना !
२०७४ माघ ८, सोमबार
गल्कोट नगरपालिका- ११ रिघामा १ लाख रुपयाँ भन्दा बढी पुरस्कार राशीको फुुटबल प्रतियोगिताको आयोजना गरिएको छ ।
युवा तथा खेलकुद बिकास समिति गल्कोट नगरपालिका ११ रिघाले आगमि फागुन १९ गतेदेखि २५ गतेसम्म खुुल्ला फुटवल प्रतियोगिता आयोजना गरेको समितिका अध्यक्ष दान बहादुर श्रीसले बताए ।नाईन ए साईजको ग्राउण्डमा सञ्चालन गरिने प्रतियोगितामा प्रथम हुनेले १ लाख १ हजार १ सय ११ र व्दितिय हुनेले ५५ हजार ५ सय ५५ पाउने श्रीसले जानकारी दिए ।

त्यस्तै सान्त्वना पुरस्कार दुई समुहले १०, १० हजार पाउने छन् । सोहि अवसरमा खुल्ला धनुषबाण प्रतियोगिता समेत राखिएको आयोजकले जनाएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

No comments:

Post a Comment