Saturday, January 20, 2018

घुम्टे बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे ८ अाैं वार्षिक साधारणसभा सम्पन्न

घुम्टे बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे ८ अाैं वार्षिक साधारणसभा सम्पन्न
सुरेश छन्त्याल/पाण्डबखानी
माघ-६ सनिवार
घुम्टे बचत तथा ऋण सहकारी संस्था लिमिटेड गलकाेट नगरपालिका १० पाण्डबखानीकाे ८ अाैं वार्षिक साधारणसभा अाज सम्पन्न भएको छ।सहकारीका अध्यक्ष हिमा श्रीसकाे सभापतित्याे गलकाेट नग�पालिका १० पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्ती मगरकाे प्रमुख अातिथियतामा पुर्व सांसद निरज पुन,वरिष्ठ समाजसेवी मानसिह छन्त्याल,वडा सदस्य धनबहादुर सुनार,दिप घर्ती लगाएतले शुभकामना मन्तव्य राखेका थिए।अध्यक्ष प्रधिवेदन लेखा प्रधिवेदन प्रस्तुत गरिएको थियाे।भने अार्थिक वर्ष २०७४ सम्मकाे काराेवार रु.१ कराेड २० लाख ४७ हजार १७४ भएको जानकारी प्राप्त भएको छ।४७९ शेयर सदस्य र बाल बचत ३०२ रहेकाे छ।कार्यक्रममा उपस्थित हुने शेयर सदस्यलाई रु १०० प्रदान गरिएको थियाे।भने कार्यक्रममा विभिन्न तहका व्याक्तिलाइ सम्मान गरिएको थियाे।भने तेजकुमारी पुनकाे स्वागत र अाशा श्रीसकाे संञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे।

No comments:

Post a Comment