गजल
एकै रातलाई सिउदो भरेका छन
पाँच वर्षका बालिका नि परेका छन यँहा॥
फुल्नै नपाई कोपिलामै झरेका छन यँहा॥
न त घरमा सुरक्षा छ न त ईस्कूल क्याम्पसमा,
आफ्नै बाउको शिकार बनी मरेका छन यँहा॥
मेटाउन नसकेर अस्मिताका खतहरू,
नचाहेरै आत्म हत्या गरेका गरेका छन यँहा॥
उपभोगको साधन बनाई उत्पादनको मेसिन ठान्दा ,
मसानघाट मै बसाई सरेका छन यँहा॥
झुटो प्यार् को नाटक देखाई किनबेच हुदा चेलिहरू ,
एकैरातलाई सिउदो भरेका छन यँहा॥
गँगा कोईराला
रैनादेवि छहरा गाउँपालिका सोमादि पाल्पा
No comments:
Post a Comment