पुजा ,यसरी गर्नुस् बिधियुक्त पुजा !
गलकाेट, माघ १५/ सुरेश छन्त्याल
पर्छ । देवीको पूजामा पहेंलो वा सेतो फूल उपयोग गर्नुपर्छ । सरस्वती देवीलाई प्रसादका रूपमा खीर, मालपुवा र मौसम अनुसारको फल चढाउनुपर्छ । अनि दाहिने हातमा जल लिएर मन्त्र भन्नुस् :ऊँ अपवित्रः पवित्रो वा सर्वावस्थां गतोऽपिवा।। यः स्मरेत्पुण्डरीकाक्षं स बाह्यभ्यन्तरः शुचिः ॥ ऊँ पुनातु पुण्डरीकाक्षः पुनातु पुण्डरीकाक्षः पुनातु ।। तीनपटक हातमा जल लिएर मन्त्रोच्चारण गर्दै आफूमाथि र पूजनसामग्रीमाथि जल छर्किनुस् । अनि ऊँ केशवाय नम:, ऊँ माधवाय नम:, ऊँ नारायणाय नम: उच्चारण गर्दै आचमन गर्नुस् । फेरि हात धुनुस् । अनि पुनः आसन शुद्धि मन्त्र पढ्नुुस् : ऊँ पृथ्वी त्वयाधृता लोका देवि त्यवं विष्णुनाधृता। त्वं च धारयमां देवि पवित्रं कुरु चासनम्॥शुद्धि र आचमनपछि निधारमा चन्दन लगाउनुपर्छ । साहिँली औंलाले श्रीखण्ड चन्दन लगाउँदै यो मन्त्र उच्चारण गर्नुस् : ‘चन्द सुमहत्पुण्यम् पवित्रं पापनाशनम्, आपदां हरते नित्यम् लक्ष्मी तिष्ठतु सर्वदा।’
अब पूजनका लागि संकल्प गर्नुस् । हातमा तिल, फूल, अक्षता, मिठाइ र फल लिएर ‘यथोपलब्धपूजनसामग्रीभिः भगवत्यास् सरस्वत्यास् पूजनमहं करिष्ये’ उच्चारण गर्दै हातमा राखिएको सामग्री देवी सरस्वतीका अगाडि राख्नुस् । अब भगवान् गणपतिको पूजन गर्नुस् । हातमा फूल लिएर गणपतिको ध्यान गर्नुस् । मन्त्र यसप्रकार छ :गजाननम्भूतगणादिसेवितं कपित्थ जम्बू फलचारुभक्षणम्। उमासुतं शोक विनाशकारकं नमामि विघ्नेश्वरपादपंकजम्। हातमा अक्षता लिएर गणपतिको आह्वान गर्नुस् र मन्त्र पढ्नुस् : ऊँ गं गणपतये इहागच्छ इह तिष्ठ।। यति भन्दै पात्रमा अक्षता राख्नुस् ।अनि जल लिएर भन्नुस् :एतानि पाद्याद्याचमनीयस्नानीयं, पुनराचमनीयम् ऊँ गं गणपतये नम:।अनि रक्तचन्दन लगाउनुस् : इदम रक्त चंदनम् लेपनम् ऊँ गं गणपतये नमस्।
त्यसैगरी श्रीखण्ड चन्दन भन्दै श्रीखण्ड चन्दन लगाउनुस् । अनि सिन्दूर चढाउनुस् र उच्चारण गर्नुस् : “इदं सिन्दूराभरणं लेपनम् ऊँ गं गणपतये नम: दूबो र बेलपत्र गणेशजीलाई चढाउनुस् । गणेशजीलाई रातो वा पहेंलो वस्त्र चढाउनुस् । इदं पीत वस्त्रं ऊँ गं गणपतये समर्पयामि।गणेशजीलाई प्रसाद अर्पण गर्नुस् : इदं नानाविधि नैवेद्यानि ऊँ गं गणपतये समर्पयामि । मिष्ठान्न अर्पण गर्नका लागि मन्त्र : इदं शर्करा घृत युक्त नैवेद्यं ऊँ गं गणपतये समर्पयामि ।प्रसाद अर्पण गरेपछि आचमन गराउनुस् : इदं आचमनयं ऊँ गं गणपतये नम:। त्यसपछि पान सुपारी चढाउनुस् : इदं ताम्बूल पुगीफल समायुक्तं ऊँ गं गणपतये समर्पयामि। अनि एउटा फूल लिएर गणपतिलाई चढाउनुस् र मन्त्र भन्नुस् : एष: पुष्पान्जलि ऊँ गं गणपतये नम:
गणपति पूजनपछि सूर्य सहित नवग्रहको पूजा गर्नुस् । सरस्वती पूजन आरम्भ:ध्यान :सरस्वती महाभागे विद्या कमललोचने,विश्वरूपे विशालाक्षी विद्यां देहि विद्यांवरे।प्रतिष्ठा:हातमा अक्षता लिएर उच्चारण गर्नुस् : “ऊँ भूर्भुवः स्वः सरस्वती देव्यै इहागच्छ इह तिष्ठ। मन्त्रोच्चारण गरेर अक्षता राख्नुस् । अनि जल दिएर पाद्य र आचमन गराउनुस् : ‘एतानि पाद्याद्याचमनीय(स्नानीयं, पुनराचमनीयम्।” प्रतिष्ठापछि स्नान गराउनुस् ः ऊँ मन्दाकिन्या समानीतैः, हेमाम्भोरुह: वासितैः स्नानं कुरुष्व देवेशि, सलिलं च सुगन्धिभिः।। ऊँ श्री सरस्वतयै नमः।।चन्दन:इदं रक्त चंदनम् लेपनम्… ,सिन्दूर:इदं सिन्दूराभरणं… ,पुष्प:‘ऊँ मन्दारपारिजाताद्यैरनेकैः कुसुमैः शुभैः। पूजयामि शिवे, भक्तया, सरस्वतयै नमो नमः।। ऊँ सरस्वतयै नमः, पुष्पाणि समर्पयामि।’
वस्त्र:इदं पीत वस्त्र समर्पयामि ,प्रसाद: “इदं नानाविधि नैवेद्यानि ऊं सरस्वतयै समर्पयामि” ,मिष्ठान्न :“इदं शर्करा घृत समायुक्तं नैवेद्यं ऊँ सरस्वतयै समर्पयामि” आचमन:इदं आचमनयं ऊँ सरस्वतयै नम:।सुपारी:इदं ताम्बूल पुगीफल समायुक्तं ऊँ सरस्वतयै समर्पयामि। फूल:एष: पुष्पान्जलि ऊँ सरस्वतयै नम:अनि एक फूल लिएर त्यसमा चन्दन र अक्षता लगाएर किताब र कापीमा राख्नुस् । अन्त्यमा देवी सरस्वतीको आरती गरेर प्रसाद वितरण गर्नुस् ।