पानी र हिउँ पर्ने, भाेलिदेखि माैसममा सुधार हुने
गलकाेट, माघ ३
सुरेश छन्त्याल
काठमाण्डाै – अहिले देशका पूर्वी, मध्य र पश्चिमी भेगमा वर्षा र हिमपात भइरहेको छ ।
वायुको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बिहीबारदेखि नै भइरहेको वर्षा र हिमपात शुक्रबार दिनैभरि रहने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनु भयो ।
उहाँका अनुसार शुक्रबार पनि दिनभर पूर्वी मध्य र पश्चिमी क्षेत्रमा सामान्यदेखि मध्यम खालको पानी पर्ने तथा उच्च पहाडी र हिमाली भेगमा हिउँ पर्ने सम्भावना छ ।
शनिबार दिउँसोदेखि भने मौसममा सुधार हुने मौसमविद् प्रधानाङ्गले जानकारी दिनु भयो ।
No comments:
Post a Comment